मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित ओम चाबो बिरो प्लेट फिड इन्डष्ट्रिजको शौचालयभित्र एक जना ट्रक चालक मृत अवस्थामा बिहीबार भेटिएका छन्।
कुखुराको दाना उत्पादन गर्दै आएको उद्योगको शौचालयभित्र ट्रक चालक भारतीय नागरिक मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ। भारत विहार अररिया घर भएका ४० वर्षीय चालक विनय यादव ६ दिनदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
‘कुखुराको चारो (दाना) उत्पादन गर्ने उद्योगका लागि भारतबाट मकै लिएर आएका चालक यादव भदौ १२ गतेदेखि उद्योगको सम्पर्कमा नरहेको पाइयो,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘सम्र्पकविहीन भएको ६ दिनमा उद्योगको शौचालयभित्र मृत अवस्था फेला परेका हुन्।’ भित्रबाट चुक्कुल लगाएर ढोका बन्द गरिएको शौचालयमा शव लडिरहेको थियो।
घटनाको प्रकृति हेर्दा शौच गर्दागर्दै ढलेको र त्यसपछि उठ्न नसकेको जस्तो देखिने प्रहरीले जनाएको छ। चालकको मृत्युको कारण भने खुलेको छैन। शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको र घटनाको थप अनुसन्धान अघि बढाइसकेको एसपी खड्काले बताए। उद्योगबाट लगभग दुई सय मिटर पर कामदारका लागि तीनवटा अलगअलग शौचालय रहेकोमध्ये बीचको शौचलयभित्र चालक यादवको शव भेटिएको प्रहरीले जनाएको छ।
‘यादव भारतीय नम्बर डब्लुबी ७३ बी ६७६६ को ट्रकमा मकै ‘लोड’ गरी भारतदेखि भदौ ११ गते उद्योगमा आइपुगेका थिए,’ उद्योगका मेनेजर सञ्जय अग्रवालले भने, ‘आएको भोलिपल्टदेखि सम्पर्कविहीन भएका चालकको शव शौचालयभित्र भेटेपछि प्रहरीलाई खबर ग¥यौं।’
यत्रतत्र दुर्गन्ध फैलिएपछि खोजी गर्दा मृत फेला पारिएको अग्रवालले भने। ‘चालक कतै गएका होलान् भनेर ध्यान दिएनौं,’ अग्रवालले भने, ‘शौचालयको ढोका भित्रबाट बन्द भएकाले कोही गएको होला भनेर कसैले ध्यान दिएनन्।’