रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप, १७ जना घाइते
१८ भदौ २०७७
•
४ मिनेट पाठ
रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप, १७ जना घाइते
रौतहटमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएको छ। झडपमा दुई प्रर्दशनकारी सहित १५ जना भन्दा बढी प्रहरी घाइते भएका छन्।  




इलका प्रहरी कार्यालय गरुडास्थित प्रहरी हिरासतमा कुटपिटबाट ज्यान गुमाएका विजय रामको हत्यारालाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय गरुडा अगाडी जारी रहेको धर्ना प्रदर्शनको क्रममा एक्कासी ढुंगामुढा हुन थालेपछि प्रहरी र प्रदर्शनकारी बीच दोहोरो झडप हुँदा दुई जना प्रदर्शनकारी महिलासहित १५ जना प्रहरी घाइते भएका छन्।

गत साउन ३१ गते गरुडा ८ का २२ वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या भएको  थियो। सोही हत्या आरोपमा सात जना पक्राउ परेका थिए। पक्राउ परेकामध्ये २० वर्षीय विजय रामलाई प्रहरीले चरम यातना दिएर हत्या गरेको विरोधमा भदौं ११ गतेदेखि चरणबद्ध रुपमा निरञ्जन राम र विजय राम संयुक्त संघर्ष समिति नै बनाएर दलित अधिकारकर्मीहरु आन्दोलित भएका छन्।  

बिहीबार साँझ साढे ५ बजेको समयमा इप्रका गरुडामाथि आन्दोलनकारीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन लाठी चार्ज गर्दै १२ राउण्ड भन्दा बढी अश्रुरग्याँस समेत प्रहार गरेको छ।

लाठी चार्जबाट अनसनमा बसेकी २ जना महिला घाइते भएका छन्। घाइतेको उपचार गरुडास्थित अनामिका हस्पिटलमा भइरहेको दलित अधिकारकर्मी धर्मेन्द्र पासवानले बताए। आन्दोलनकारी चलाएको ढुँगा, रोडाले १५ जना भन्दा बढी सुरक्षाकर्र्मी घाइते भएका छन्।  झडप उग्र बन्दै गएपछि अवस्थालाई नियन्त्रणमा लिन टियरग्यास प्रहार गरेको प्रहरीले जनाएको छ। टियरग्यास प्रहारबाट प्रदर्शनकारीहरु तितरवितर भएका छन्।  

घाइते प्रहरीको स्थानीय हेल्थ ल्याण्ड अस्पतालमा उपचार भईरहेको छ। प्रदर्शनकारीहरुले एक्कासी सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले आत्म रक्षार्थ लाठी चार्ज र टियर ग्यास प्रहार गरेको रौतहट प्रहरीको भनाइ छ।  

रौतहट प्रहरी प्रमुखको पनि सरुवा 

रौतहटमा पछिल्लो पटक धेरै अपराधिक घटना हुनुका साथै ईलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा रहेका कर्तव्य ज्याम मुद्दाको अभियुक्तलाई प्रहरीले चरम यातना दिएको कारण मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुख एसपी रबीराज खडकालाई काज सरुवा गरेका छन्।  

पछिल्लो तीन साताको समय रौतहट जिल्लामा शान्ती सुरक्षाको अवस्था निकै कमजोर रहेको जताततै हत्या हिंसाको घटनामा वृद्धि हुँदै गएपनि त्यसलाई नियन्त्रण गर्न नसक्दा प्रहरी प्रधान कार्यालय एसपि रबीराज खड्कालाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको हो। उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको छ। गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीबाट पाएको यातना खप्न नसकेर विजय रामको मृत्यु भएको देखाएको छ। अनुन्धान गर्न आदेश दिएका प्रहरी निरीक्षक नविन सिंहलाई गृह मन्त्रालयको सचिव स्तरिय निर्णयबाट ६ महिनाको लागि निलम्बन गरिएको छ भने प्रदेश नं. २ प्रहरी कार्यालयले प्रहरी हवल्दार मुन्नुकुमार सिंह र हिरोज मिया धुनियालाई निलम्बन गरिसकेको छ।

निलम्बित तीनै जना प्रहरी जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत थिए। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार गरुडा हत्या प्रकरणमा एसपी खड्काको कमाण्ड कमजोर नेतृत्व देखिएकोले रौतहटको शान्ति सुरक्षाको स्तर खस्कीदै गएको थियो। प्रहरी प्रधान कार्यालय, नक्सालले गरुडा प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालेएको थियो। हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइसकिएको छ।  

घटना छानविन गर्न प्रदेश २ सरकारले गर्यो ५ सदस्यीय टोली गठन

इलका प्रहरी कार्यालयल गरुडाको प्रहरी हिरासतमा निर्घात कुटपिट गरी चरम यातनाको कारण ज्यान गएको विजय रामको विषयलाई लिएर आन्दोलित रहेका दलितहरुलाई उचित सम्बोधन गर्न प्रदेश २ सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ।  

प्रदेश २ मा पछिल्लो समय निरन्तर रुपमा हत्या हिंसाका घटना बढ्न थालेपछि ति घटनाको बस्तुनिष्ट छानविनको लागि मुख्यमन्त्रि लालबाबु राउतको अध्यक्षतामा गठित जातिय विभेद तथा छुवाछुत अनुगमन समितिको बुधबार बसेको पहिलो बैठकले प्रदेश २ का आन्तरिक मामिला मन्त्रि ज्ञानेन्द्रकुमार यादवको संयोजकमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो।  

रौतहटको गरुडा नगरपालिका र माधवनारायण नपाको पुजारी हत्याकाण्ड घटनाको छानविन गर्न पाच सदस्यीय प्रदेश स्तरी कमिटी गठन गरेको छ।  

छानविन कमिटीले घटनाको यार्थाथ छानविन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने समयसीमा तोकिएको छ। उक्त समितिमा प्रमुख प्रतिपक्षी दल नेकपाका सचेतक एवं अनुगमन समितिका सदस्य सुन्दर विश्वकर्मा, प्रदेशसभा सदस्य सुनितादेवी मोची, प्रमिलादेवी दास र प्रदेश प्रहरीका प्रमुख सदस्य सचिव रहने गरी समिति गठन भएको मुख्यमन्त्री तथा परिषदको कार्यालयले जनाएको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस