रुपन्देहीको भैरहवामा होम आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ। यससंगै रुपन्देहीमा आज एकै दिन कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ। बिहान बुटवलको कोरोना अस्पतालमा बुटवलका एक पुरुषको र बुटवलकै गौतमबुद्ध सामुदायिक मुटु अस्पतलामा भैरहवाकी एक महिलाको मृत्यु भएको थियो।
होम आइसोलेसनमा मृत्यु भएका सिद्धार्थनगर नगरपालिकाका वडा नं. ८ का ४५ वर्षे पुरुषको आज बिहान ८ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक केदारनाथ शाहले बताए। ती पुरुष मिर्गौला रोगी थिए। शाहका अनुसार केही दिनअघि मिर्गौलाको डायलासीस गर्न चितवन गएका बेला त्यहीको अस्पतलामा स्वाब टेष्ट गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।
गम्भीर प्रकृतीको स्वास्थ्य समस्या भएका संक्रमितलाई आइसोलेसन अस्पतालमा पठाउनु पर्ने भएपछि सिद्धार्थनगर नगरपालिकाले भने त्यसमा कुनै चासो दिएन। अस्पतालहरुमा बेड खाली नभएको भन्दै जनप्रतिनिधि र स्वास्थ्यका कर्मचारीले घरमै बस्न भनेको होम आइसोलेसनमा राखिएका ती संक्रमितका आफन्तले बताए।
यसअघि तिलोत्तमा नगरपालिकाले पनि दिर्घरोग समेत भएकी एक संक्रमित महिलालाई आइसोलेसन अस्पताल नपठाइ होम आइसोलेसनमा राख्दा समयमै उपचा नपाएर मृत्यु भएको थियो।