पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबाट थप १४ जनाको मृत्यु भएको जानकारी गराएका छन्।
जसमध्ये महिला ४ जना र पुरुष १० जना रहेका छन्। काठमाडौंका ३ जना, चितवनका १, सप्तरीका २, धनुषाका १, कास्कीका १, नवलपरासीका १, प्युठानका १, रुपन्देहीका १, पाल्पाका १ र सुर्खेतका १ जना गरी जम्मा १४ जनको मृत्यु भएको हो।
शुक्रबार थप १ हजार ३ सय ५९ जनामा संक्रमण देखिएको छ भने सक्रमणमुक्त हुनेको संख्या १ हजार ३ सय ५४ रहेको छ।
देशभर अहिलेसम्म संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ। संक्रमणबाट निको हुनेको संख्या २५ हजार ५६१ रहेको छ।