खेती योग्य जग्गा धेरै बाँझो भएपछि मोरङको कटहरीमा रहेको जीवन विकास समाजले ‘बाँझो जग्गा खेती’ अभियान थालेको छ । जिल्लाको विभिन्न क्षेत्रमा जग्गाको सदुपयोग नगरी बाँझो राख्दा खाद्यान्नलगायत विदेशमा परनिर्भता हुनु परेको छ ।
समाजले सहर तथा ग्रामिण क्षेत्रमा बाँझो जमिन अत्याधिक बढेपछि बाँझो जग्गा खेती गर्ने अभियान शुक्रबारदेखि सुरुआत गरेको हो । सुरुआती समयमा थोरै जग्गाबाट गरे पनि यस वर्ष व्यापक रूपमा बाँझो खेत खोज्ने र समय अनुसारको खेती गर्दै लैजाने योजना रहेको समाजले जनाएको छ । प्लटिङ गरेर त्यसै छाडे होस् वा विभिन्न कारण खेती गर्न नसकी छाडेको जग्गा होस् सबैमा बाली लगाउने योजना रहेको जीवन विकास समाजका अध्यक्ष योगन्द्र मण्डलले जनाकारी दिए ।
कटहरी–२ स्थित समाजकै कार्यालय नजिक रहेको करिब ४ कठ्ठा जग्गामा पछुवा धान रोप्दै अभियानको सुरुवात गरिएको हो । प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजेन्द्र उप्रेती, जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डललगायतले धान रोपेर अभियान थालिन गरेका छन् ।
समाज यस वर्ष करिब ५ सय विघा जमिनमा खेती गर्ने अभियानसहित यो कार्यक्रम सुरु गरिएको मण्डलले जानकारी दिए । खोलाको बगर, व्यक्तिको बाँझो जमिन र अन्य प्रकारका खेतमा यो अभियान चलाइने उनले बताए । खाद्यान्नलगायतका सामग्रीहरूको उत्पादनलाई बढाउन र स्वदेशका जमिनलाई अधिकतम प्रयोग गरी प्रेरणा दिनका लागि यो अभियानको सुरुआत गर्नुपरेको मण्डलले बताए ।
यो कार्यक्रमका लागि विभिन्न मोडलहरू विकास गरिएको छ । कुनै व्यक्तिको जग्गा बाँझो भएमा उसँग अधिया लिएर या भएको उत्पादनबाट नै लागत लिने गरी काम सुरु गरिएको छ । ‘यदी कसैले खेत दिन्छ भने सबै काम संस्थाले गरीदिन्छ र आफ्नो लागत लिएर बढी भएको आम्दानी सम्बन्धित धनीलाई उपलब्ध गराउने छ,’ मण्डलले भने, ‘यदी सरकारको अधिनस्त भएका छन् भने पनि हामी प्रक्रिया पु¥याएर उत्पादनका काम गर्ने छौं ।’
जीवन विकास समाजका वरिष्ठ प्रवन्धक दमोदर रेग्मीकाअनुसार यो बाँझो खेतमा खेती लगाउने अभियानमा समाजका कर्मचारी र स्वयसेवीहरू प्रयोग गरिने छ । अन्य सम्पूर्ण व्यवस्थापन समाजले नै गर्छ । खेतमा मौसम अनुसार धान, मकैलगायतका अनुकूलका बाली लगाइने छ । मन्त्रालयका उपसचिव राजेन्द्र उप्रेतीले यो उदारणीय र प्रभावकारी हुने बताए
उनले यस्ता अभियानले सरकारले चालेको भूमि बैंक र उत्पादन वृद्धिका कामलाई सहयोग पुग्ने बताए । सरकारले ल्याउन लागेको भूमि बैंक सम्बन्धी अवधारणामा सहयोग पुग्ने उनले बताए ।