बालिका अपहरण गर्न एम्बुलेन्सको प्रयोग
२१ भदौ २०७७
•
३ मिनेट पाठ
बालिका अपहरण गर्न एम्बुलेन्सको प्रयोग
मोरङको पथरीशनिश्चरेकी १४ वर्षीया बालिकाको अपहरण गर्न एम्बुलेन्सको प्रयोग गरेको पाइएको छ । नातामा दाई पर्ने पथरी शनिश्चरे–८का सुजन रणपहेलीले दुई लाख रुपैयाँ हात पार्ने उद्देश्यले बालिकाको एम्बुलेन्समा राखेर अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।  




इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले अपहरणमा प्रयोग गरिएका को २ च २८८२ र को २ च ३१२१ नम्बरका दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिइएको जानकारी दिए । एम्बुलेन्ससँगै अपहरणमा संलग्न तीनजनालाई पनि पक्राउ गरेको डीएसपी गिरीले बताए । गिरिका अनुसार बालिका अपहरणमा संलग्न पथरीशनिश्चरे नगरपालिका–८ का २१ वर्षीय सुजन रणपहेली, पथरीशनिश्चरे–६ का २२ वर्षीय रोमन आचार्य र सुनवर्षी नगरपालिका–६ का ३७ वर्षीय पूर्ण तामाङ रहेका छन् ।  

आचार्य को २ च २८८२ र तामाङ को २ च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन् । रणपहेली अपहरित बालिकाको नातामा दाजु पर्छन्  ।  

डीएसपी गिरीले बालिका अपहरणको मुख्य योजनाकार रणपहेली नै रहेको दाबी गरेका छन् । अपहरणपछि बहिनीलाई आमाले राख्न दिएको दुई लाख रुपैयाँ फुत्काउने योजना उनको रहेको  गिरीको भनाइ छ । ‘प्रारम्भिक अनुसन्धानबाट काठमाडौं पु¥याएर बहिनीको साथमा भएको पैसा फुत्काउने योजना रहेको देखिन्छ,’ डीएसपी गिरीले भने, ‘गन्तव्यमा पुग्नै नपाइकन पक्राउ गरिएका कारण त्यसपछि अरु के योजना थिए भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’ 

ज्यान मार्ने तथा परिवारका सबैलाई सखाप पारिदिनेसम्मका धम्की दिँदै अपहरण गरेपछि डरले बोल्न नसकेको र त्यसक्रममा आफूमाथि कुनै गलत गतिविधी भने नभएको बालिकाले प्रहरीलाई बताएकी छन् । तर, उनलाई बीचबीचमा दुईवटा एम्बुलेन्स परिवर्तन गर्दै लगिएको पाइएको छ ।    

अपहरणमा परेकी बालिकालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा साँगा भञ्ज्याङबाट भदौ १७ गते उद्धार गर्दै घटनामा संलग्नलाई पक्राउ गरिएको थियो । उद्धार गरिएकी बालिका  र पक्राउ गरिएकाहरूलाई १८ गते बिहीबार पथरीशनिश्चरे ल्याइपुर्‍याएर अनुसन्धान सुरु गर्दा अपहरणको पुष्टि भएको डिएस्पी गिरीले बताए । 

 

यसरी भएको थियो अपहरण  

भदौ १६ गते मंगलबार बिहानका राति बालिका एकाएक घरबाट हराएकी थिइन् । अभिभावकले दिउँसो प्रहरीमा हुलियासहितको निवेदन दिएपछि खोजी गर्ने क्रममा अपहरण गरेर काभ्रेको साँगा पुर्‍याएपछि प्रहरीले  फेला पारेको  थियो । पथरी बजारकै एउटा माइक्रो फाइनान्सबाट बालिकाकी आमाले दुई लाख रुपैयाँ निकालेर १५ गते बालिकालाई राख्न दिएकी थिइन् ।  

उक्त रकम झिक्नुअघि बालिकाकी आमाले अरु आफन्तसँग गरेको फोन संवाद सुनेका रणपहेलीले पैसा निकालेर छोरीलाई राख्न दिएको चाल पाएका थिए । त्यसपछि मुख थुन्दै विभिन्न धम्की दिएर मंगलबार बिहान आमाले राख्न दिएको रकमसहित बालिकालाई उनले अपहरण गरी लिएर गएका थिए ।  

सुरुमा रणपहेलीले पथरीको मंगलबारे चोकबाट को २ च २८८२ नम्बरको एम्बुलेन्समा चढाएर बालिकालाई सुनसरीको इटहरी पुर्‍याएका थिए । उक्त एम्बुलेन्सका चालक आचार्य रणपहेलीका पुराना साथी हुन् । इटहरीबाट भने परिवर्तन गर्दै अर्को चिनेकै को २ च ३१२१ नम्बरको एम्बुलेन्समा राखेर लगेका थिए । तामाङले चलाएको उक्त एम्बुलेन्सले भने बनेपासम्म पुर्‍याएको थियो । पूर्व योजना अनुसार आचार्यले चलाएको एम्बुलेन्स पनि सँगसँगै गएको थियो ।  

बनेपादेखि भने इहटरीबाट गएको एम्बुलेन्सबाट ओरालेर फेरि आचार्यकै पथरीबाट लगेको एम्बुलेन्समा राखेर बालिकालाई काठमाडौंतिर लग्दै गर्दा साँगामा प्रहरीले फेला पारेको हो।  नातामा बहिनी पर्ने बालिकालाई अपहरण गर्ने रणपहेली लागुऔषध दुव्र्यसनी रहेको  अनुसन्धानबाट खुलेको डिएसपी गिरिले बताए । उनले प्रारम्भिक अनुसन्धानबाट बहिनीसँग भएको पैसा लुट्न कै लागि अपहरण गरेको देखिएको र अपहरणको थप अरु कारण खुल्न बाँकी रहेको जनाए ।  

तर रणपहेलीले भने बहिनीलाई काठमाडौं डुलाउन लिएर गएको बताउँदै आएका छन् । गिरीका अनुसार एम्बुलेन्स लगे वापत आचार्यले १४ र तामाङले २० हजार रुपैयाँ रणपहेलीसँग लिइसकेको खुलेको छ ।  

घटनामा शंकास्पद  देखिए पछि एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएकाले थप कुरा खुल्दै जाने गिरिले बताए । पक्राउ परेकालाई अपहरण तथा ज्यान मास्ने–बेच्ने मुद्दा चलाउन शुक्रबार म्याद थपेर प्रहरीले अनुसन्धान थालेको छ ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस