विराटनगरका एक वृद्धको शनिबार राति कोसी अस्पतालमा मृत्यु भएको छ। ७० वर्षीय विराटनगर–२ तीनपैनीका वृद्ध पुरुषको कोरोनाबाट मृत्यु भएको अस्पतालले जनाएको छ।
कोसी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन डाक्टर चुमनलाल दासका अनुसार विराटनगरका एक वृद्ध पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
‘ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि शनिबार साँझ अस्पताल आएको र उपचार गर्दा गर्दै राति नै मृत्यु भयो,’ डाक्टर दासले भने, ‘उनको मृत्युपछि स्वाब संकलन गरेर पिसिआर परीक्षण गराउँदा आइतबार पोजेटिभ रिपोर्ट आयो।’
मृतक वृद्ध पुरुषको शव व्यवस्थापनका लागि सेनालाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ। विराटनगर महानगरपालिकामा कोरोना भाइरका कारण मृत्यु हुने संख्या १३ पुगेको छ।