भोकको डरले फेरि भारत
२२ भदौ २०७७
•
६ मिनेट पाठ
भोकको डरले फेरि भारत
गौरिफन्टा नाकामा भारततर्फ जान लागेका बालबच्चा सहितका नेपालीहरु। तस्विरः दिलबहादुर छत्याल
कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ७ हरैयाका  भीम बहादुर वोहरा मद्रासमा एउटा घरमा काम गर्थे। भारतमा कोराना संक्रमण फैलिन थालेपछि त्रासले उनी चैत महिनामा घर फर्के। कमाएर ल्याएको सीमित पैसाले केही दिन उनको चुलो बल्यो।  




तर लगातारको लकडाउनले यहाँ कुनै काम पनि नपाइने, भोकभोकै हुदाँ पनि बाँच्ने कुनै उपाय नदेखेपछि उनी मजदुरीको खोजीमा भारततर्फ जान बाध्य भएका छन्। ‘केटाकेटी कसरीे पाल्ने, भोकभोकै छन्। एक छाक खाउ भनेर कसैले दिँदैन।’ उनले पीडा सुनाए, ‘भोकभोकै मर्ने अवस्था भएकाले भारत जानुपर्ने बाध्यता छ।’ पहिलेको ठाउँमा जान नसकिने भएपछि सिमला जान लागेको उनी बताउछन्।

कैलाली लम्की चुहा नगरपालिका वडा नंम्वर ८ कि सुनिता बस्नेत  पनि ५ बर्ष र ७ बर्षका दुई छोरासहित भारततर्फ जान नाकामा लाइनमा थिइन्। मुम्मईमा होटलमा मजदुरी गर्ने श्रीमानसँगै उनी बस्थिन। कोरोना संक्रमण फैलिएपछि दुई महिना पहिले श्रीमानसहित उनी नेपाल फर्केकी थिइन्।‘कोरोनाको त्रासले अब नेपालमै केही काम गरेर बस्ने भनेर बालबच्चासहित घर आएका थियौं’उनले भनिन्,‘यहाँ कुनै रोजगार पाइदैन, लकडाउन मात्र छ, परिवार पाल्न नै समस्या भएर भोकभोकै हुनुपर्ने अवस्था आएपछि सबैैजना उतै जानु परेको छ।’

भारतमा मजदुरी गरेर परिवार पाल्नेहरु दुई तीन महिनामै खान पनि नपाएर भोकभोकै हुने अवस्थाले कत्ती अत्तालिएका छन् भन्ने कुरा दुई छोरा र श्रीमतीलाई समेत केही दिन नकुरेर उनका श्रीमान एक साताअघि भारत पुगिसकेकोले पनि झल्काउन्छ।

माईतीमा आफन्तको मृत्यु भएकाले उनी केही दिनअघि मात्र भारतको मुम्मई गएका श्रीमानसँगै जान पाइनन्। ‘काम गर्ने गरेको होटल बन्द भएर केही दिनअघि मात्र खुलेको हो, ढिलो गएमा काम पाइन्छ कि पाइदैन भनेर हामीलाई पछि आउनु भनेर एक साता अघि जानु भएको हो’उनले भनिन्। गाउँका आफन्तसँग उनी गैरहेकी थिइन्।  

गौरिफन्टा नाकामा एक साता यता भारतबाट प्रवेश गर्नेको भन्दा भारत जानेको संख्या बढी रहेको कैलालीका प्रहरी नयाव उपरीक्षक प्रतिक बिष्टले बताए।‘
कैलाली गोदावरी गोदावरी नगरपालिका वडा नं १२ का महेन्द्र राई मुम्मईमा मजदुरी गर्थे। कोरोना संक्रमण फैलिएसँगै उनी घर आए। एकातिर रोजगारी गुम्यो, अर्कोतिर लकडाउनले यहाँ केही गर्न पनि नमिल्ने भएपछि उनलाई पेट पाल्न नै समस्या भयो।‘पहिले रोजागरी गर्ने ठाउँमा बन्द भयो,पेट पाल्न नै समस्या  भएर भोकै मर्ने अवस्था भएकोले श्रीमती र म मजदुरी गर्न सिमला जाँदै छुँ’उनले भने।

माथिका केही त प्रतिनिधि मात्र हुन। यहाँ बसेर जिविकोपार्जन गर्ने कुनै आयश्रोत नभएको र आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण भारतका बिभिन्न ठाउँमा मजदुरी गर्नेहरु कोरोनाको संक्रमण फैलिएसँगै गत फागुन महिनादेखि घर फर्कन थाले। त्येतीवेला कोरोनाको डरले ज्यान जोगाउन घर फर्केका हजारौ मजदुरहरुलाई यहाँ कुनै पनि आम्दानीको श्रोत नभएको र कुनैबाट राहत समेत उपलब्ध नभएकाले चुल्हो बल्न हुने स्थितिमा पुगेको छ। बालबच्चा र परिवार कसरी पाल्ने भन्ने पिरलोमा उनीहरु छन्। भारतमा पहिले काम गरिरहेको ठाउँमा काम पाइने संभावना भएकाहरु पुरानै ठाउँमा जान थालेका छन् । तर धेरैजसो रोजगारी गुमेकाले उनीहरु समस्यामा परेका छन्। कयौ जना पुरानो काम गरेको ठाउँमा रोजगारीका लागी जान नसकिने र काम नपाइने भएपछि मजदुरीको खोजीमा सिमला लगायतका नयाँ ठाउँमा जान लागेका छन्।

‘भारतबाट फर्केकाहरुलाई पेट पनि पाल्न नसकेर भोकभोकै हुनुपर्ने दयनीय अवस्था देखिन थालेको छ’ ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट भन्छन्,‘तीन तहकार सरकार छन्, सरकारले अहिले अभिभावकको भुमिका खेल्नुपर्नेमा उनीहरु भोकभोकै भएर भारततिर जाने अवस्थाले देशकै बेइज्जती भएको छ।’

भारतबाट फर्केका मजदुरको घरमा पेटपाल्नलाई एक छाक खाना पनि नहुने अवस्था रहेको उनले बताए।‘तीन तहका सरकार छन्, सरकारले तीमीहरुलाई भोकभोकै चाही मर्न दिदैनौ है, राहात दिन्छु भनेर आश्वस्त पार्न सक्नु पर्नेमा चुकेको छ ’उनले भने।  

कैलालीको त्रिनगरसँग जोडिएको गौरिफन्टा नाकामा मजदुरीका लागी भारततर्फ जानलागेका काखे बालक बोकेका महिला, बालबालिका, युवादेखि गालामा चाउरी परेका बृद्धहरुको खचाखाच भरिएको लाम प्रत्येक दिन देखिन्छ। भारतमा कोरोनाको संक्रमण शुृरु भएसँगै त्रासले फागुनको अन्तिम साता देखि नेपालीहरु घर फर्कन थाले। फागनुको अन्तिम सातादेखि सरकारले अन्तराष्ट्रिय सीमा बन्द गरेर प्रवेश निषेध गरेको चैत ११ गते सम्म भारतका बिभिन्न ठाउँबाट मजदुृरी गरि घर फर्कने लाम  देखिन्थ्यो। पछि नाका प्रवेश खुला गरेपछि जेठ र असार महिनामा पनि घर फर्कनेको लर्को नै थियो। दुई महिनामै नाकामा अहिले दृष्य ठीक उल्टिएको छ। त्यतीवेला कोरोनाको संक्रमणले अर्काको देशमा मर्नुभन्दा आफ्नै देशमा दुःख गरेर भएपनि घरपरिवारसँगै बस्न घर फर्केको भनेर उनीहरुको उत्साहित जवाफ मिल्थ्यो। भारतमा कोरोनाको थोरै संक्रमण फैलिएको वेला त्रासले घर आएका उनीहरु भारतमा कोरोना सं्रमण व्यापक भइरहेकै बेला बाध्य भएर त्यहि भुमरीमा पस्न तयार भएर गैरहेका हुन। नाकामा भारततिर गैरहेका सबैैका मुहारमा निराशा र बाध्यताको भाव प्रष्ट देखिन्थ्यो।  

अहिले पेट पाल्ने कुनै उपाय नभएर भोकभोकै मर्ने अवस्था आएकाले भोक मर्नुभन्दा रोगले मरुला भनेर एउटै परिवारका बुुवा, छोरा, श्रीमान श्रीमती मदजुरी गर्न गैरहेको उनीहरु सबैैको एउटै जवाफ छ।  

‘यहाँ लकडाउनले कुनै काम पाइदैन, बालबच्चा केले पाल्ने, पेट पाल्नु त पर्यो, भोक भोकै मर्ने अवस्था आएकाले मजदुरी गर्न बाध्यता भएर जाँन लागेका हुँ’ बालुराज ओझाले भने,‘कोरोना फैलिरहेको यस्तो बेला भारत जान कोलाई रहर होला थियो होला र?।’

आधारकार्ड भएकालाई मात्र भारतमा प्रवेश दिइने भएपनि अहिले आधारकार्ड नभएका सबै युवालाई मजदुरीका लागी भारत जान दिइराखिएको छ।

भारतको सिमलामा अहिले स्याउ बटुल्ने सिजन हो।त्यहाँ नेपाली मजदुरहरु सस्तोमा श्रम गर्ने गर्छन्। सस्तोमा मजदुरी गर्ने पाइने भएकाले स्याउ टिप्ने, बटुृल्ने ठेकेदारले सरकारी निकायको अनुमती लिएर नेपाली मजदुरलाई लिन आफ्नो एजेण्ट नाकासम्म नै पठाएको छ।‘आधारकार्ड भएकालाई र माथिल्लो अधिकारीको अनुमती लिएकालाई हामीले प्रवेश गराइरहेका छौं’गौरिफन्टा नाकामा प्रवेश गराईरहेका भारतीय प्रहरी एस एसबीका एक अधिकारीले भने,‘एक सातादेखि भारत प्रवेश गर्नेको संख्या बढेको छ।’

गौरिफन्टा नाकामा एक साता यता भारतबाट प्रवेश गर्नेको भन्दा भारत जानेको संख्या उल्लेख्य रुपमा बढी रहेको कैलालीका प्रहरी नयाव उपरिक्षक प्रतिक बिष्टले बताए।‘अहिले पहिलेको भन्दा ठीक उल्टो भएको छ , अहिले भारततिर जानेको संख्या ह्वात्तै बढेर गएको छ।’ भदौको शुरुवातदेखि भारत जानेको संख्या बढेको हो।  

भदौ १२ गते यतामात्र सुदूरपश्चिमको गौरिफन्टा र गड्डा चौकीनाकावाट २ हजार भन्दा बढी भारत गएको कंचनपुर प्रहरी कार्यालयका प्रहरी नयाव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।  

‘म बुवासँगै मजदुरी गर्न भारत जादै छुँ’ ९ जनाको समुहमा गैरहेका टिकापुरका आशिष चौधरीले भने,‘हामी ५ जना पहिलो पटक जान लागका हौं, लकडाउनले बाच्नै गाह्रो भएकाले मजदुरी गर्न गैरहेका हौं।’

सुदूरपश्चिमका बिभिन्न जिल्ला, बर्दिया, बाँके लगायतका मजदुरीका लागि सुदूरपश्चिमको नाका भएर भारततर्फ गरहेका छन्।  

आयश्रोत नभएको र आफूसँग भएको जमिनको कमाइले ३,४ महिना पनि खान नपुग्ने भएकाले सुदूरपश्चिमका करिव ७ लाख बढी भारतमा मजदुरी गर्न जाने गरेका छन्। फागुन यता ३ लाख बढी नेपालीहरु घर फर्केका छन्। ‘भारतबाट फर्केकालाई तत्काल भोकभोकै हुन नदिन राहातका कार्यक्रम र दिर्घकालिन रुपमा स्वरोजगार सृजना गर्ने कार्यक्रम ल्याउन सक्नपर्छ’नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्।
अर्को समाचार
कालापानीका कारण बिग्रिएकाे नेपाल-भारत सम्बन्ध भारतीय विदेश सचिवको भ्रमणले सुध्रिएला?
०९ मंसिर २०७७
•
४ मिनेट पाठ
कालापानीका कारण बिग्रिएकाे नेपाल-भारत सम्बन्ध भारतीय विदेश सचिवको भ्रमणले सुध्रिएला?
हर्षबर्धन शृङ्गला
सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभाग समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन्।  




सामारिक महत्वको नेपाली भूमि कालापानी क्षेत्रलाई ६ दशकदेखि आफ्नो दाबी गरिरहेको भारतले गत वर्ष नेपालको भूभाग समेटेर एकतर्फी रूपमा नयाँ नक्सा जारी गर्नाका साथै नेपालको भूमि लिपुलेक भएर तिब्बतको कैलाश मानसरोवर पुग्ने बाटो बनाई उदघाटन नै गरेपछि नेपालले पनि आफ्नो राजनीतिक एवं प्रशासनिक नक्सा अद्यावधिक गरेको वास्तविकताप्रति दुवै देशका जनता जानकार छन्।  

आकार र आर्थिक सामर्थ्यका आधारमा विश्वमान चित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रूपमा स्थापित नेपालले भारतसँगका सबै समस्या वार्ता, संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने मान्यतालाई अङ्गीकार गर्र्दै तदनुरूप नै हुनुपर्ने अभिमत सार्वजनिक रूपमा प्रकट गरिरहेको छ।  

कोरोना महामारी तथा अन्य कारण करिब १ वर्ष टुटेको नेपाल र भारतबीचको औपचारिक कूटनीतिक संवादलाई पाका कूटनीतिक व्यक्तित्व हर्षबर्धन शृङ्गलाको दुईदिने नेपाल भ्रमणले गतिशील तुल्याउने तथा शताब्दीऔं पुरानो द्विपक्षीय सम्बन्धलाई पुरानै लयमा फर्काउने विश्वास गरिएको छ।  

शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै यसलाई दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित गर्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिइरहेका छन्। भारतीय पक्षले पनि पारस्परिक सहयोगलाई अझ सुदृढ तुल्याउँदै भारत–नेपाल सम्बन्ध अझ उन्नत होस् भन्ने चाहना सार्वजनिक रूपमै व्यक्त गरेको छ।

बिहीबार परराष्ट्र सचिव भरतराज पौड्यालसँग एक्लाएक्लै अनि दुवै देशका सचिवबीच हुने प्रतिनिधिमण्डल स्तरीय वार्तामा नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनेछ। राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा, प्रबुद्ध व्यक्ति समूह ९इपिजी०को प्रतिवेदनलगायत विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन्।  

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग हुने शिष्टाचार भेटमा विदेश सचिव शृङ्गलाले नेपालको चाहना र यहाँका सरकार प्रमुखको सन्देश भारत सरकारसमक्ष प्रवाह गर्नेछन् भने भारतको सुरक्षा चासोबारे धारणा पनि उनले प्रकट गर्नेछन्।  

दुई देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भागलिन मन्त्री ज्ञवालीलाई आमन्त्रण गर्नु पनि सचिव शृङ्गलाको भ्रमणको अर्को उद्देश्य हो। भारतमा विदेश मन्त्रालयमा कार्यभार सम्हाल्नेबित्तिकै सचिवले छिमेकी मुलुकको परिचयात्मक भ्रमण गर्ने र ती देशको वास्तविक वस्तुस्थिति बुझ्ने प्रचलनकै निरन्तरताका रुपमा पनि यो भ्रमणलाई लिन सकिन्छ।  

प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबैको साथ, सबैको विकास’ नीति र प्रधानमन्त्री ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न भारतलगायत बाह्य विश्वको नैतिक एवं भौतिक सहयोग अपरिहार्य छ।  

कोरोना महामारीका कारण शिथिल बनेको अर्थतन्त्र उकास्न र सहज ढङ्गले स्वास्थ्य सेवा प्रवाहका निम्ति आवश्यक उपकरण एवं सामग्री जुटाउन पनि भारतका विदेश सचिवको भ्रमण सहयोगी हुने मान्न सकिन्छ।  

गोरखा भूकम्पका बेला तत्काल राहत तथा उद्धारमा भारतले निर्वाह गरेको भूमिका, पुनःनिर्माणका परियोजनामा देखाएको तदारुकता, आवास परियोजनाको शीघ्र निर्माण र कार्यान्वयन, पेट्रोलियम पाइपलाइन निर्माण, नेपालको आर्थिक भूपरिदृश्यमा विशाल रुपान्तरण गर्ने ९०० सय मेगावाट क्षमताको ‘गेमचेञ्जर’ अरुण तेस्रो जलविद्युत् आयोजनामा भइरहेको प्रगति तथा जनकपुर–जयनगर रेलसेवा सञ्चालनको तयारी, नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माणलगायत भारतको सहयोगमा सञ्चालित परियोजनाले पनि दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने जमर्को गरेको सहजै अनुमान सकिन्छ।  

भारत–नेपाल सम्बन्धमा एउटा नयाँ अध्याय आरम्भ गर्ने अभिभाराका साथ हुन लागेको शृङ्गलाको भ्रमणले भारत–नेपाल सम्बन्धको मर्म बुझेर दुई राष्ट्रबीच फेरि प्रगाढ आत्मीयताको ज्योति छर्ने आशा दुवै देशमा जनताले गरेको इपिजीका भारततर्फका सदस्य प्राध्यापक महेन्द्र पी लामाको सार्वजनिक अभिव्यक्ति सत्य साबित हुने अपेक्षा गरिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस