टेकनारायण भट्टराई, पाल्पा, कात्तिक १ - पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दर्लमडाँडा-९ गेजा ठाँटीमा बुधबार बिहान लु १ ज २१६९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। गेजाबाट तानसेन तर्फ आउँदै गर्दा १८ यात्रु सवार जीप सडकबाट तल खसेको हो।
७ जना गम्भीर घाइतेलाई तानसेन मिसन अस्पतालमा भर्ना गरिएको छ। केही यात्रु जिपले च्यापिएका र उनीहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
७ जना गम्भीर घाइतेलाई तानसेन मिसन अस्पतालमा भर्ना गरिएको छ। केही यात्रु जिपले च्यापिएका र उनीहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।