कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुले जनाएको छ।
उनी मिर्गौला र उच्च रक्तचापका बिरामी थिए। उपचारका लागि काठमाडौको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा कोरोना पुष्टि भएको थियो। उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।
यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ६ पुगेको छ।