अस्पतालले उपचार गर्न नमान्दा गर्भवतीको मृत्यु
२६ भदौ २०७७
•
४ मिनेट पाठ
अस्पतालले उपचार गर्न नमान्दा गर्भवतीको मृत्यु
प्रदेश १ को राजधानी विराटनगरका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि भर्ना हुन समस्या भएको छ। यहाँका अस्पतालले समयमा स्वास्थ्य सेवा उपलब्ध नगराउँदा बिरामीको मृत्यु हुन थालेको छ।




कोरोना संक्रमण फैलिएपछि विराटनगरका अधिकांश अस्पतालले सहजै बिरामी उपचार गर्न नमान्दा ठूलो समस्या सिर्जना भएको छ। उपचारबाट बञ्चित भई बिरामीको मृत्यु हुँदासमेत सम्बन्धित निकाय मौन बस्दा अस्पताललाई फाइदा पुगेको छ।

यस्तै बिहीबार विराटनगरको कोसी अस्पताल ‘सरकारी’ले भर्ना गर्न नमान्दा विराटनगरकी एक गर्भवती महिलाले ज्यान गुमाउनु परेको घटना सार्वजनिक भएको छ। चैतयता विराटनगरका अस्पतालमा समयमै उपचार नपाउँदा करिब ६ जना बढीको मृत्यु भइसकेको छ।

केही दिनअघि मात्रै मोरङका प्रमुख जिल्ला अधिकारीले विराटनगरका निजी तथा सरकारी अस्पतालका प्रमुखलाई बोलाएर कुनै पनि बाहनामा बिरामीले उपचारबाट बञ्चित हुनुहुँदैन भनेका थिए। त्यस्तो उपचार गर्न बाहना बनाइ उपचारबाट बञ्चित भए कारबाही गर्ने बताएका थिए।

विराटनगर–६ सुकुम्बासी टोलीकी ३० वर्षीया विमला ऋषिदेव गर्भवतीलाई प्रसूतिका लागि कोसीले भर्ना नलिएपछि बिहीबार बिहान करिब ४ बजे घरमै मृत्यु भएको हो।  

स्थानीय विकेश मुखियाका अनुसार दैनिक ज्यालामजदुरी गर्दै आएका शिवु ऋषिदेवले श्रीमती विमलालाई बिहीबार बिहान १ बजेतिर व्यथा लागेपछि कोसीमा प्रसूतिका लागि लगेका थिए। अस्पतालले बेड अभाव भएकाले अन्य अस्पताल लैजान भनेपछि बिरामीलाई घर फर्काए। घर लगेर बच्चा जन्माउनु अघि नै बिहान करिब ४ बजेतिर महिलाको मृत्यु भयो।  

दैनिक ज्याला मजदुरीबाट जीवनयापन गर्ने शिवु परिवारको आर्थिक रूपमा कमजोर हुँदा अस्पतालले भर्ना लिन नमानेको पीडित परिवारलाई उदृत गर्दै मुखियाले बताए। ‘दुई पटक शल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै अस्पतालले फर्काइ दियो,’ उनले भने, ‘व्यथाले छटपटाउँदा बच्चा जन्माउन नसक्दा गर्भवती महिलाको मृत्यु भयो।’  

अर्का स्थानीय अक्षय सहनीका अनुसार शिवुको घर दुहबी–१० भए पनि कामको सिलसिलामा उनी परिवारसहित विराटनगरमा बस्दै आएका थिए। मृतकका ९ र ३ वर्षका दुई छोरी छन् भने अढाइ वर्षका छोराको दुई वर्षअघि खोलामा डुबेर मृत्यु भएको थियो। सहनीले भने, ‘आर्थिक स्थिति कमजोर भएकोले दाहसंस्कार गर्न पैसा नभई शव घरबाट उठ्न नसक्दा नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले आर्थिक सहयोग गरे।’  

‘दुई पटक शल्यक्रियाबाट प्रसूति भइसकेको हुँदा अब गर्न नमिल्ने भन्दै कोसी अस्पताले फर्काउनु ठूलो विडम्बना हो,’ सचेतक केदार कार्कीले भने, ‘मलाई घटना हुनुअघि जानकारी आएन। विपन्न ऋषिदेव परिवारले रकम जोहो गर्दै गर्दा र अस्पतालले भर्ना लिन नमन्दा दुःखद् घटना हुनु नराम्रो कुरा हो।’ हिजोको दिनमा प्रशासनले बिरामी उपचार गर्न निजी तथा सरकारी अस्पताललाई निर्देशन दिएको बताउँदै, कार्कीले भने, ‘गरिब तथा विपन्नका लागि सरकार कहाँ छ?’  

महिलाको शव घरमै रहेपछि सचेतक कार्की आफै पीडितको घरमा गई आर्थिक र सरसामान दिएका थिए। कार्कीले भने, ‘बिरामी भई अस्पताल पुग्दा आर्थिक अभाव र हेल्चेक्राइँले मृत्यु हुनु हाम्रो स्वास्थ्य अवस्थाको स्थिति उजागर गरेको छ।’

‘अहिलेसम्म कुनै पनि बिरामीलाई फिर्ता पठाएका छैनौं र त्यस्तो गरेको पनि छैन,’ कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर चुमनलाल दासले भने, ‘हाम्रो विशेष प्राथमिकता गर्भवती महिला नै हो। कसरी फिर्ता पठाउँछौं।’ यस विषयमा बिहाननै खबर पाएँ लगत्तै आफैले छानबिन थालेको दासले बताए। ‘त्यसरी उपचार नै नगरी फिर्ता पठाएको पाए कारबाही गर्छु, डाक्टर दासले भने, ‘प्रसूति वार्ड प्रमुखदेखि डिउटीमा रहेका सबैलाई सोधपुछ गरिसकेको छु। अझै यस विषयमा गम्भीर भएर लागेको र मृतक महिलाका आफन्त जो यस अस्पताल आएका हुन् उनलाई सम्पर्क गर्नु अनुरोध गर्छु।’ कोरोनाले गर्दा बिरामीलाई पिसिआर परीक्षणपछि रिपोर्ट अनुसार छुट्टछुट्टै ठाउँमा उपचार गर्ने गरेका छौं, डाक्टर दासले बताए।  

एक साताअघि मोरङको कानेपोखरीकी गर्भवती सविना थापा लडेर समस्या भएपछि उपचार गर्न विराटनगर आउँदा यहाँका कुनै पनि अस्पतालले भर्ना नलिएपछि अन्तिम समयमा धरान गइन्। त्यहाँको गएको केही घण्टामा मृत्यु भयो। बिहीबार नै विराटनगरको विभिन्न ६ वटा अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि खोटाङको दिक्तेल रूपाकोट मझुवागढीका ८१ वर्षीय डिगबहादुर राई विराटनगरबाट हेलिकोप्टर चाटर्ड गरेर घर फर्के। 

उदयपुर चौदण्डीगढी नगरपालिकाकी ६५ वर्षीया डम्बरकुमारी बस्नेत, उदयपुरकै २३ वर्षीय पदम राई, मोरङ पथरीशनिश्चरेकी ६२ वर्षीया सानकुमारी राईलगायतले अस्पतालको उपचार सेवा नपाउँदा मृत्यु भएको थियो।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस