६६ जना डिस्चार्ज भइरहँदा प्रदेश १ मा शुक्रबार १ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा १२ महिला र २० पुरुष, धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षीमा १ पुरुष, बुढीगंगामा १ महिलामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सुनसरीको धरानमा ३ महिला २० पुरुष, दुहबीमा ७ महिला १ पुरुष, इटहरीमा १ महिला ५ पुरुष, कोसी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ।
त्यसैगरी झापाको दमकमा ६ महिला ३ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, कनकाईमा १ महिला, संखुवासभाको चैनपुरमा १ महिला १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १९ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। विराटनगरकी एक महिलाको मृत्यु भएको हो। हालसम्म प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
प्रदेश १ मा शुक्रबार ६६ जना डिस्चार्ज भएका छन्। सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवापीठ चतराधामबाट ३९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन्। हालसम्म २ हजार १९ जना डिस्चार्ज भएका छन्।
प्रदेश १ मा शुक्रबार ९ सय ३० जनाको पिसिआर परीक्षण भएको छ। परीक्षण भएका मध्ये ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ मा हालसम्म १ लाख ५ हजार ७ सय ७४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।