पोखरा महानगरपालिकाले साविक लेखनाथ क्षेत्रका सातवटा तालहरुको मापदण्ड बनाउन अध्ययन शुरु गर्ने छ। मापदण्डको बनाउन अध्ययन टोलीको जिम्मेवारी डा. सोमनाथ सापकोटालाई दिइएको छ। सापकोटाकै संयोजकत्वमा मापदण्ड निर्धारणको लागि अध्ययन टोली बन्ने छ। टोलीले अध्ययन गरेर तयार पारेको प्रतिवेदनलाई महानगरपालिकाले अनुमोदन गर्ने छ। डा. सापकोटा भू–गर्भविद हुन्।
फेवातालको मापदण्ड ६५ मिटर कायम गरिएको छ। तालको किनारदेखि ६५ मिटर कायम गर्न सर्वोच्च अदालतले नै निर्देश गरेको छ। मापदण्ड कार्यान्वयन गर्न पोखरा महानगरपालिकालाई निर्देशन दिएको छ। यद्यपी कार्यान्वयन भने भएको छैन। फेवातालको मापदण्डको विषयमा लामो समय बहस हुँदै आएको छ। कार्यान्वयन गर्दा लेकसाईड क्षेत्र पूर्ण रुपमा मापदण्ड भित्र पर्ने छन्।
महानगरले बेगनास, रुपा, खास्टे, दिपाङ, गुँदे न्युरेनी तथा मैदी तालको मापदण्ड बनाउने जनाएको छ। ‘मापदण्ड बनाउन डा. सोमनाथ सापकोटाको संयोजत्वमा अध्ययन टोली गठन हुने छ’ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने–‘अध्ययन टोलीले अध्ययन गरेर दिएको प्रतिवेदन अनुसार मापदण्ड कायम हुन्छ।’ फेवातालको मापदण्ड संघीय सरकारले तोकेको हो। अन्य तालको मापदण्ड कायम गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको उल्लेख गरे।
फेवातालको ६५ मिटर कायम गर्दा आवश्यक क्षतिपूर्तिको समेत माग स्थानीय गर्दै आएका छन्। फेवातालको ६५ मिटर कायम हुँदा बेगनास र रुपातालको भने १०० मिटर निर्धारण गरिएको स्थानीयले गुनासो गरेका छन्। ‘बेगनास र रुपाको एकसय मिटर कायम गरिएको भन्ने सुन्नमा आएको छ ’ स्थानीयबासी भन्छन्–‘१०० मिटर कायम भएकै कारण ताल किनारको जग्गा रोक्का राखिएको छ।’ रुपाताल किनारमा जग्गा रोक्का राखिदा सर्वसाधारणले फुकुवा गर्न समेत आग्रह गर्दै आएका छन्। रुपातालमा बाँध निर्माण कार्य भईरहेकोले ताल किनारको जग्गा रोक्का राखिएको हो।
रुपा र बेगनास बाहेक अन्य तालको मापदण्ड भने ५० मिटर कायम गरिएको समेत स्थानीयबासीले बताएका छन्। ‘मापदण्ड कडाईका साथ कार्यान्वयनमा हुने गरी मापदण्ड तोक्नुपर्छ’ स्थानीय भन्छन–‘हचुवाको भरमा मापदण्ड कार्यान्वयन गराउनु उचित पनि हुदैन।’ स्थानीयबासिन्दाका अनुसार फेवाको ६५ मिटरको मापदण्ड तर रुपा र बेगनासको किन १०० मिटर भन्ने प्रश्न समेत उब्जिएको छ।
‘रुपा र बेगनासको ५० मिटर कायम हुनुपर्छ’ स्थानीयबासीले भने–‘अन्य तालको भने त्यो भन्दा कम मापदण्ड तोकिनुपर्छ।’ रुपा र बेगनास बाहेक अन्य तालहरुको संरक्षण र सम्बद्र्धन स्थानीय विभिन्न सहकारीले गर्दै आएका छन्। सहकारीले सामूहिक माछापालन समेत गरेका छन्। महानगरपालिकाले ताल सरसफाई तथा सौन्दर्यकरण गर्न १४ लाख रुपैयाँ बजेट रातो किताबमा छुट्टाइएको छ।