रत्ननगर (चितवन), कात्तिक ८- चितवनका भएको छुटाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। पूर्वी चितवनको रत्ननगरस्थित सौराहा चोकमा हिजो भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्।
भरतपुरबाट हेटौंडातर्फ जाँदै गरेको नम्बर नखुलेको बसले ठक्कर दिँदा भारत अदापुर घर भई दाङ बस्ने वर्ष वर्ष ३२ का वर्षीय आलमको ज्यान गएको चितवन प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएको उनको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा ज्यान गएको हो।
चितवनको रत्ननगरमा आफन्त भेट्न आएका बेला उनलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट उनका साथी राम एकवाल शाह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। बसको खोजी भइरहेको प्रहरीले जनाएको छ।
उता चितवनको गीतानगरमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाईते भएका छन्।
हिजो राति पश्चिम चितवनको गीतानगर गाविस वडा नम्वर ५ मा मोटरसाइकल र साइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना १८ प २५८८ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा पश्चिम चितवन शिवनगर गाविस वडा नम्वर ८ का ३९ वर्षीय बाबुराम कोइराला रहेको चितवन प्रहरीले बताएको छ। रासस