रत्ननगर (चितवन), कात्तिक ८- झन्डै एकदशकको अन्तरालमा पूर्व माओवादी लडाकुहरूले यसपटक खुलेरै दसैँ मनाएका छन्। दसैँ नमनाउने पार्टीकै नीति रहेका कारण दसैँ मनाउन नपाएका उनीहरूले यसपटक लामो समयपछि दसैँ मनाउँदा निकै खुसी भएको प्रतिक्रिया दिएका छन्।
'विगतमा परिस्थिति त्यस्तै थियो, अहिले स्वतन्त्र भइएको छ, स्वतन्त्ररूपमा दसैँ मनाउँदा निकै आनन्द लागेको छ,' पूर्वी चितवनको पदमपुरमा रहेका एक पूर्वलडाकु रामचन्द्र मैनालीले भने, 'यसपटक रमाइलोसँग दसैँ मनाउन आमालाई काभ्रेबाट बोलाएको छु।'
काभ्रेबाट आमाले ल्याएको कालो बोको ढालेर दसैँ मनाउन सुरु गरेका उनले आज विजयादशमीको टीका पनि साइतमा लगाएका छन्। श्रीमती सुत्केरी भएपनि पाँच दिनमै चोख्याएर दसैँ मनाएको उनले बताए।
छोरा बुहारीलाई टीका लगाउन नपाएको १० वर्ष भएको बताउँदै आमा चन्द्रिकाले यसपटक भने खुबै रमाइलो लागेको अनुभूति सुनाइन्। चितवनको पदमपुरमै रहेका अर्का पूर्वलडाकु ऋषिराम मरहठ्ठाले पनि यसपालि रमाइलैसँग दसैँ मनाएको बताए। वैशाखमा स्वेच्छिक अवकाश लिएका उनले फूलपातीदेखि दसैँ लागेको अनुभव सुनाए।
पदमपुरको एउटा गाउँ नै पूर्वलडाकुको छ। यहाँ अस्सी घरधुरी लडाकु ऐलानी जग्गा किनेर बस्दै आएका छन्। उनीहरूले एकआपसमा शुभकामना साटासाट गरेर परम्पराअनुसार नै दसैँ मनाइरहेका छन्। रासस