रौतहटमा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार थपिएका संक्रमितमध्ये अधिकांश गरुडा नगरपालिकाभित्रको रहेको पाइएको छ।
पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा सोमबार साँझ गरिएको पिसिआर परीक्षणमा रौतहटका २३ मा कोरोना संक्रमण पुष्टि भएको हो। दुई सय ९० जनाको पिसिआर वीरगंजमा परीक्षण गरिएको थियो।
एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको गरुडास्थित राष्ट्रिय वाणिज्य बैंकका ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी सिभिल बैंकमा कार्यरत ४ जना, एपिएफ कार्यालयमा दुई, इलाका प्रहरी कार्यालय गरुडामा एक र गरुडा नगरपालिकाका विभिन्न वडामा ९ जना संक्रमित देखिएका छन्।
गरुडा बाहेक माधव नारायण नगरपालिकाको वडा नम्बर १ जना, वडा नम्बर ४ मा एक जना तथा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
रौतहटमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंजका प्रवक्ता एवम् चर्मरोग विशेषज्ञ डा. अतुलेशकुमार चौरसियाले जानकारी गराएका छन्।