२०७२ साल बैशाखदेखि पोखराको काहुँकोटमा धर्मकाय बुद्ध मण्डला बनाउने योजना बनाईयो। योजना अनुसार जग्गाको समस्या समाधान गरियो। व्यक्तिगत जग्गालाई सट्टाभर्ना गर्दै समाधान खोजियो। व्यक्तिलाई जग्गाको सट्टा जग्गा नै सट्टाभर्ना गरेरै बुद्ध मण्डलाको लागि व्यवस्थापन गरिएको थियो। मण्डला बनाउन आवश्यक जग्गाको प्रक्रिया टुँग्याईसकिएको छ।
यद्यपी सरकारबाट भने स्वीकृति पाईनसक्दा कामको गतिले भने फड्को मार्न सकेको छैन। १४ सय मिटरको उचाईमा रहेको काँहुकोटमा बुद्ध मण्डला बनाउने ध्येय राखिएको हो। १० रोपनी क्षेत्रफल छ। सट्टाभर्ना गर्दा झण्डै ७ करोड रुपैयाँ खर्च गरिएको धर्मकाय बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका सचिव राजबहादुर गुरुङले बताए।
समथर जमिनसँगै बुद्ध मण्डलाको लाग १७० रोपनी क्ष्ोत्रफल समेत उपयोग गर्नुपर्ने देखिन्छ। उपभोग गर्नुपर्ने जग्गा जंगल क्षेत्र पर्छ। जंगल क्षेत्रको जग्गालाई समितिको नाममा भोगाधिकारको प्रयास भईरहेको छ। ‘वन क्षेत्रको जग्गा भोगाधिकारको लागि सरकार समक्ष पत्रचार गरिएको छ’ उनले भने–‘सरकारी नियमानुसार भोगाधिकार गरिने छ।’ जमिनको रेखांकन भने भईसकेको छ। बुद्ध मण्डला बनाउन विभिन्न व्यक्तिविशेषले भूमीदानको लागि आर्थिक सहयोग जुटाएका थिए। उनका अनुसार बुद्ध मण्डलाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) भने भईनसकेकोले यस्तै बन्ने र लागत यतिनै लाग्छ भन्न सकिने अवस्था छैन।
१४ सय मिटरको उचाईमा बनाईने बुद्ध प्रतिमासहितको धर्मकाय बुद्ध मण्डलाको लागि आवश्यक सर्भे गरिसकिएको छ। वातावरणीय मूल्यांकन, जमिनको भौगर्भिक अवस्थाको समेत प्राविधिक अध्ययन भैसकेको छ। स्थानीय तहमा सार्वजनिक सुनुवाई समेत गरिएको उनको भनाई थियो। ८० फिट अग्लो बुद्ध प्रतिमा राख्ने योजना समितिको छ। काहुँकोट हवाई रुट अन्तर्गत पर्छ। हवाई रुट भएकै कारण अग्लो प्रतिमा राख्न स्वीकृति नहुने सम्भावना प्रवल छ। यसको उदाहरण पुम्दीकोटस्थित निर्माणाधिन शिव मन्दिर हो। १०८ फिट अग्लो शिवमूर्ति घटाई ५१ फिटमा झारिएको छ। ‘नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृतिको लागि महानगर मार्फत पत्रचार गरेका छौं’ उनले भने–‘प्रतिउत्तर केही आएको छैन।’ उनका अनुसार स्वीकृतिको लागि झण्डै एक वर्षदेखि प्रक्रियामै छ।
काठमाडौंस्थित हवाई विभागले स्वीकृति नहुँदा बुद्धको प्रतिमा कस्तो प्रकृतिको राख्ने अन्यौल नै रहेको उनले बताए। अन्तर्राष्ट्रिय हवाई मापदण्ड अनुसार ५ किलोमिटर क्षेत्रभित्र ठूलो संरचना निर्माण गर्न नपाईने प्रावधान छ। धर्मकाय बुद्ध मण्डलाको थिम ‘पोखरालाई भगवान बुद्धले आर्शिवाद’ हो।
धर्मकाय बुद्ध मण्डलाको परिकल्पना भने धर्मगुरु साङ्पा रिम्छोपेको हो। उनले १५ वर्ष अघिदेखि बुद्ध मण्डला बनाउने योजना बनाएका थिए। उनकै पहलमा विदेशमा रहेको नेपालीहरुबाट सहयोग रकम समेत जुटाइएको थियो। जुटाईएको सहयोग रकमबाट जग्गा सट्टाभर्नादेखि अन्य काम गरिएको थियो। पहिला परिकल्पना यशोधरा पार्क थियो। गुरु रिम्छोपेसँगको छलफलपछि धर्मकायबुद्ध मण्डला बनाउने निर्णय गरिएको हो।
बुद्ध मण्डला अन्तर्गत इन्ट्रान्स प्लाजा, टुरिष्ट सेन्टर, पेगौडा शैलीको स्तुपा, बुद्धको प्रतिमा, पोखरा कल्चरल स्टेट, ध्यान केन्द्र, ध्यान गर्ने उद्यान लगायतका पूर्वाधार तयार गरिने गुरुयोजना छ। ‘यो दीर्घकालिन योजना हो’ उनले भने–‘त्यसैले पनि प्रक्रियागत रुपमा अगाडि बढ्दा समय लम्बिएको हो।’ पोखरालाई बुद्ध सर्किटसँग जोड्दै काँहुलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यसहित बुद्ध मण्डलाको योजना अघि सारिएको हो। बुद्ध मण्डला निर्माणले धार्मिक पर्यटनमा नयाँ आयाम थपिने विश्वास समेत लिइएको छ।