काठमाडौँ, कात्तिक २४ (नागरिक) - ठहिटीचोकस्थित थान्का पसलको कुर्सीमा बसी कपडा हेरिरहेको अवस्थामा हिजो साँझ एक्कासी बेहोस भएका फ्रान्सेली नागरिकको मृत्यु भएको छ।
ज्याठास्थित उत्से होटलमा बस्ने फ्रेन्च नागरिक करिव ५५ वर्षका फ्रान्सिस लोङगाप्स्ने हिजो साढे ७ बजे अचानक बेहोस भएका थिए। त्यसपछि महानगरीय प्रहरी प्रभाग जनसेवाको प्रहरी टोलीले उनलाई वीर अस्पताल पुर्याएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
त्यसैगरी नयाँबाटो बस्ने गोकुल बैधको घरमा काम गर्न आएकी हाल सानेपा-३ धोविघाट बस्ने सिन्धुपाल्चोक जिल्ला घर भएकी ५० बर्षीया अम्बिका गिरीको बेहोस भएर मृत्यु भएको छ।
उनलाई हिजो दिउँसो बेहोस भएको अवस्थामा फेला पारिएपछि उपचारको लागि स्टार अस्पताल बल्खु लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।