विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि
०६ असोज २०७७
•
२ मिनेट पाठ
विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि
विपद् व्यवस्थापन कार्यक्रममा सहभागी सिगास गाउँपालिकाका जनप्रतिनिधि । तस्बिरः बिरा/नागरिक
विपद् पूर्व तयारी नहुँदा जिल्लामा विपद्का घटना बढन थालेपछि स्थानीय जनप्रतिनिधि जागरुक हुन थालेका छन्। बाढी, पहिरो आगलागी लगायतका विपद्ले बर्सेनि धनजनको क्षति गर्न थालेपछि विपद् व्यवस्थापन योजना बनाउन थालेका हुन्। विपद् व्यवस्थापन, संरक्षण, आपतकालिन स्वास्थ्य र कोभिड–१९ बारे स्थानीयलाई जागरुक गराउन आवश्यक भएकाले स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी अग्रसर हुन थालेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए।




जनप्रतिनिधिले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई मुख्य सरोकारको रुपमा अघि बढाउनुु पर्ने दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापाले बताए। नगरपालिकाले विपद् व्यवस्थापन योजना बनाएर विपद् न्यूनीकरणका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ। विपद् व्यवस्थापनका लागि नगरस्तरीय विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समितिलाई समेत सक्रिय बनाइएको मेयर थापाले बताए।

विपद् जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत् सञ्चालित बालविवाह अन्त्यको लागि रुपान्तर कार्यक्रमले स्थानीय विपद् व्यवस्थापन समितिलाई एक दिने अभिमुखीकरण कार्यक्रम दिएपछि विपद् व्यवस्थापन योजना बनाउन अग्रसर भएको सिगास गाउँपालिकाका अध्यक्ष धामीले बताए। व्यवस्थापनको योजना नहुँदा विपद् न्यूनीकरणका क्रियाकलाप प्रभावित भएकाले योजना बनाएर अघि बढने उनले जानकारी दिए। दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिकाका र शिवनाथ गाउँपालिकाका विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण दिन लागिएको कार्यक्रम संयोजक कमलापति भट्टले बताए।

बस्ती व्यवस्थापन, वडावडामा बहुप्रकोप नक्सांकन, आपतकालीन कोष, पूर्वसूचना प्रणाली व्यवस्थापन, ग्रामीण अर्थिङ प्रणाली तथा सडक निर्माण मापदण्डलगायतका योजना बनाउन आवश्यक भएको दशरथचन्द नगरपालिकाका विपद् फोकल व्यक्ति बिनोदबहादुर चन्दले बताए। ‘यस नगपालिकामा पटकपटक विपद्ले क्षति पुर्‍याउने गरेकाले हामी यस विषयमा गम्भीर छौं,’ उनले भने, ‘त्यस क्षतिलाई न्यूनीकरण गर्न विभिन्न योजना बनाएर अघि बढेका छौं।’                                     
अर्को समाचार
विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि
१४ चैत्र २०७७
•
३ मिनेट पाठ
विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि
स्थानीय तहमा विपद् पूर्व तयारीका योजना नहुँदा विपद्को समयमा समस्या पर्ने भन्दै दशरथचन्द नगरपालिकाका जनप्रतिनिधि विपद् व्यवस्थापनमा जुटेका छन्। भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्।




विपद् पूर्व तयारी र प्रतिकार्य सम्बन्धी जनप्रतिनिधि लगायत सरोकारवालाहरुले तालिम लिएर वडास्तरसम्म विपद् व्यवस्थापनका योजना बनाउन थालेको दशरथचन्द नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन बिनोदबहादुर चन्दले बताए। नगरपालिकाले रेडक्रसको सहयोगमा नगरपालिकाका ११ वटै वडामा प्रतिकार्य टोलीसमेत गठन गरी उनीहरुले घरघरमा पुगेर विपद् व्यवस्थापनका उपायमा छलफल र जानकारी गराउन थालेका छन्। विपद् बारे सचेतना फैलाउँदै वडामा विपद्का योजना बनाउन सहयोग गर्न थालेको वडा नम्बर ४ का वडाध्यक्ष मोहनबहादुर चन्दले बताए।

विपद् व्यवस्थापन, संरक्षण, आपतकालिन स्वास्थ्य र कोभिड–१९ बारे स्थानीयलाई जागरुक गराउन आवश्यक भएकाले स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी अग्रसर हुन थालेको नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। जनप्रतिनिधिले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई मुख्य सरोकारको रुपमा अघि बढाउनुपर्ने नगरप्रमुख थापाको भनाइ छ। नगरपालिकाले विपद् व्यवस्थापन योजना बनाएर विपद् न्यूनीकरणका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ। विपद् व्यवस्थापनका लागि नगरस्तरीय विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समितिलाई समेत सक्रिय बनाइएको रेडक्रस बैतडीका बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत तेज पाण्डेले बताए। कोरोना भाइरस संक्रमणको जोखिम बढ्न थालेपछि सबै वडाले क्वारेन्टिन व्यवस्थापनदेखि अन्य व्यवस्थापनमा जुट्न आवश्यक भएको उनी बताउँछन्।

व्यवस्थापनको योजना नहुँदा विपद् न्यूनीकरणका क्रियाकलाप प्रभावित भएकाले योजना बनाएर अघि बढ्न आवश्यक भएको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले जानकारी दिए। जिल्लास्तरमै विपद् व्यवस्थापनको योजना बनाएर विपद् घटाउन स्थानीय तहको महत्वपूर्ण भूमिका भएको उनले बताए। नगरपालिकामा रहेका जिर्ण विद्यालयले बालबालिकालाई जोखिम भएकाले नगरपालिकासँग मिलेर भवन निर्माण, मर्मतका काम समेत गरिएको छ। विद्यार्थीहरुलाई विपद्बारे सचेतना, बाल केन्द्रित विपद् अल्पिकरण योजना, सरसफाई योजना, विपद् व्यवस्थापन, स्थान्तरण योजना र सुरक्षित स्थान पहिचान गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए।

बस्ती व्यवस्थापन, वडावडामा बहुप्रकोप नक्सांकन, आपतकालीन कोष, पूर्वसूचना प्रणाली व्यवस्थापन, ग्रामीण अर्थिङ प्रणाली तथा सडक निर्माण मापदण्डलगायतका योजना बनाउन आवश्यक भएको दशरथचन्द नगरपालिकाका विपद् फोकल व्यक्ति चन्दले बताए। ‘यस नगपालिकामा पटकपटक विपद्ले क्षति पुर्‍याउने गरेकाले हामी यस विषयमा गम्भीर छौं,’ उनले भने, ‘त्यस क्षतिलाई न्यूनीकरण गर्न विभिन्न योजना बनाएर अघि बढेका छौं।’  

नगरका ३ सय घरले बनाए विपद् पूर्व तयारी योजना

दशरथचन्द नगरपालिकाभित्रका करिब ३ सय घरले विपद् पूर्व तयारी योजना बनाएका छन्। विपद्बाट सुरक्षित हुने विषयमा परिवारका सदस्यहरु मिलेर पूर्व तयारी योजना बनाएका हुन्। घरको जोखिम, विपद् आउँदा सुरक्षित स्थान पहिचान, झटपट झोला लगायत अन्य सुरक्षाका उपायबारे घरपरिवारमै बसेर विपद् पूर्व तयारी योजना बनाएको दशरथचन्द नगरपालिका–३ का मोहनबहादुर क्षेत्रीले बताए। विपद्को जोखिमबाट बच्न प्रत्येक घरपरिवार सचेत भए मात्र धनजनको क्षति कम हुन सक्ने भएकाले परिवारिक विपद् पूर्व तयारी योजना बनाउन आवश्यक भएको रेडक्रस बैतडीका कार्यक्रम अधिकृत तेज पाण्डेले जानकारी दिए।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस