किशोरीलाई भारत लैजान खोज्ने पक्राउ
०६ असोज २०७७
•
४ मिनेट पाठ
किशोरीलाई भारत लैजान खोज्ने पक्राउ
किशोरीलाई भारत लैजान खोजेको आरोपमा पक्राउ गरेकाहरू । तस्बिर/नागरिक
किशोरीलाई भारत लैजान लागेको आशंकामा विराटनगरबाट तीन जना पक्राउ परेका छन्। विराटनगर नाका हुँदै एक किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।  




पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेका छन्। घटनाको प्रकृति हेर्दा किशोरीलाई बिक्री गर्न वा बलि दिन भारत लैजान खोजिएको हुन सक्ने प्रहरीको आशंका छ।  

सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इस्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको थियो। सोमबार साँझ ७ बजेतिर उनलाई साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको हो।  

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनाका मुख्य योजनाकार सुमित र  प्रदीप उनका सहयोगी रहेको खुलेको छ। सुमितले मनिकालाई प्रयोग गर्दै प्रदीपको पनि सहयोग लिएर किशोरीलाई भारत पुर्‍याउन खोजेको खड्काले बताए। ‘किशोरीलाई भारत लैजान खोज्नेहरूको नियत शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान थालिएको छ,’ उनले भने।  

एसपी खड्काले पैसाको प्रलोभन देखाएर विराटनगर ल्याइएकी किशोरीलाई भारत पुर्‍याउन खोजेको पाइएपछि घटनालाई गम्भीर रुपमा लिइएको बताए।  

यसरी ल्याइयो किशोरीलाई  

प्रहरीका अनुसार दिदीसँग झुम्कामा तरकारी व्यापार गर्दै आएकी मनिकाले चिनजानका आधारमा किशोरीलाई लिएर विराटनगर आएकी थिइन्। झुम्कामा बस्न थालेपछि मनिकाको चिनजान किशोरीको परिवारसँग भएको र किशोरीकी आमाले उनलाई भान्जी भनेर बोलाउने गरेका थिए। किशोरीको तीन/चार वर्षअघि फेसबुकमार्फत सप्तरी घर भएका सुमितसँग चिनजान भएको थियो। सम्पर्क बढेपछि नजिकिएका सुमितले किशोरीलाई विराटनगरसम्म ल्याउन मनिकालाई प्रयोग गरेको पाइएको छ।  

प्रहरी स्रोतका अनुसार सुमितले सिकाए अनुसार मनिकाले आइतबार बिहान ७ बजेतिर विराटनगरमा एउटा पूजामा लैजाने र दुई घण्टापछि फर्किएर आउने भन्दै आमासँग अनुमति मागेर किशोरीलाई घरबाट ल्याएकी थिइन्। मनिकाले किशोरीको परिवारलाई पैसाको प्रलोभनमा समेत पारेकी थिइन्। मनिकाले पूजामा बसेपछि मोबाइल किनिदिने, लुगा कपडा र पैसा पनि पाइने प्रलोभन देखाएकी थिइन्।  

दुई घण्टामा आइपुग्छौं भनेर चिनजानकी युवतीसँग बिहान निस्किएकी छोरी साँझ पर्दा पनि नफर्किएपछि घरमा उनको खोजी सुरु भएको थियो। एक्कासी साना हातहरु नामक संस्थाले सोमबार साँझ फोन गर्दै छोरीलाई सीमा क्षेत्रबाट उद्धार गरिएको जानकारी आमालाई दिएको थियो। त्यस क्रममा किशोरीले मनिकासँगै नचिनेका दुई व्यक्तिले आफूलाई भारत पुर्‍याएको र भागेर नेपाल आउन सफल भएको आमालाई बताइन्।  

भागेर नेपाल आएँ : किशोरी  

सीमा कटाएर भारतीय भूमिमा पुर्‍याएपछि किशोरीलाई एउटा गाडीमा हालेर भारतको फारविसगञ्जतर्फ लगिएको थियो। सीमा कटाएर जोगबनी हुँदै लगिएपछि किशोरीले आफू गाडीबाट हामफालेर भागेको प्रहरीलाई बताएकी छन्। ‘मलाई भारत पुर्‍याएको थाहा पाएपछि गाडीबाट हामफालेर भागें,’ उनले भनिन्, ‘चिच्याउन र कराउन थालेपछि नडराउन आग्रह गर्दै उनीहरु पनि मलाई पछ्याउँदै आए।’ त्यस क्रममा धेरै फकाउने काम उनीहरुले गरे आफूले नमानेको उनले बताइन्।  

प्रहरीका अनुसार सुमितका भिनाजु रणदीर मण्डल भारतको सहरसा जिल्लाको झिट्कियामा बसेर निर्माण सम्बन्धी ठेक्का पट्टाको काम गर्ने गरेको खुलेको छ। भिनाजु र उनका भाइ वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर सुमितले किशोरीलाई भारत पुर्‍याउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार किशोरीलाई लिएर जानेसँग नेपाली नम्बरको सीम मात्रै भएकाले भारतमा सीमले काम गरेन।  

नेपालबाट जानेसँग भारतीय नम्बरको सीम नभएका कारण उनीहरुबीच सम्पर्क हुन सकेन। उनीहरुबीच सम्पर्क टुटेसँगै युवाहरुले शंकास्पद गतिविधि गर्न थालेको चाल पाएर आफू गाडीबाटै हामफालेर उम्किएको किशोरीले बताएकी छन्।  

त्यसपछि किशोरीसँगै विराटनगरतर्फ आएका उनीहरुले इस्लामपुरमा भेट्दा शंकास्पद गतिविधि गरेको देखेपछि सोधीखोजी गर्न थालिएको साना हातहरु नामक संस्थाका मोरङ संयोजक विवश श्रेष्ठले बताए। भारत पुगेर फर्किंदै गर्दा इस्लामपुरबाट प्रहरीको सहयोग लिएर किशोरीको उद्धार गरेको उनले बताए।

किशोरीले आफूलाई कालो कपडा लगाएर पूजामा बस्नु पर्नेभन्दै सिकाएको पनि बताएकी छन्। प्रहरी प्रमुख एसपी खड्काले घटनामा संलग्नहरुको अरु ‘कनेक्सन’ खोतल्न थालिएको बताए। ‘उनीहरुको थप ‘कनेक्सन’ खोतल्दै घटनामा ककसको संलग्नता छ भन्ने बारेमा अध्ययन थालिएको छ’ खड्काले भने।  

एसपी खड्काले पक्राउ गरिएका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान थालेको बताए।
अर्को समाचार
प्रलोभन देखाई किशोरीलाई भारत लैजान खोज्ने युवती पक्राउ
२८ असार २०८३
•
१ मिनेट पाठ
प्रलोभन देखाई किशोरीलाई भारत लैजान खोज्ने युवती पक्राउ
वैदेशिक रोजगारी र आकर्षक रोजगारीको प्रलोभन देखाएर एक किशोरीलाई भारततर्फ लैजाने प्रयास गरेको आरोपमा जुम्लामा एक युवती पक्राउ परेकी छन्।




जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गत असार १८ गते बिहान करिब साढे १० बजे चन्दननाथ नगरपालिका–४ टुडिखेलस्थित डेरामा बस्दै आएकी १४ वर्षीया किशोरीलाई भारत घुमाउन लैजाने तथा ब्युटी पार्लरमा काम लगाइदिने आश्वासन दिँदै भारततर्फ लैजान खोजिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा मुगुको खत्याड गाउँपालिका–९ घर भई हाल चन्दननाथ नगरपालिका–५ कालेखोलीमा बसोबास गर्दै आएकी १९ वर्षीया सुनिता तिवारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीले तिवारीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरेको छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी निर्देश बरालका अनुसार मानव बेचबिखन तथा ओसारपसारजस्ता गम्भीर अपराध नियन्त्रणका लागि प्रहरीले अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कसैलाई बेचबिखन गर्ने वा बेचबिखन गर्ने उद्देश्यले ओसारपसार गरेको कसुर अदालतबाट प्रमाणित भए कसुरको प्रकृतिअनुसार १० वर्षदेखि २० वर्षसम्म कैद तथा ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। नाबालिगलाई लक्षित गरी गरिने मानव बेचबिखन वा ओसारपसारसम्बन्धी कसुरलाई कानूनले गम्भीर अपराधका रूपमा लिएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस