पाँच जनालाई थुनामा राख्न आदेश
१० असोज २०७७
•
२ मिनेट पाठ
पाँच जनालाई थुनामा राख्न आदेश
भदौ १२ गते मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा भएको दुई पक्षीय (ग्याङफाइट)आक्रमणमा एक जनाको मृत्यु भएको थियो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले १९ जनाविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दर्ता गरिएकामध्ये ५ जनालाई पूर्पक्षका लागि थुनामा राख्न र दुई जनालाई धरौटीमा छाड्न शुक्रबार अदालतले आदेश दिएको छ।




मोरङ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले पछि ठहरे बमोजिम हुने गरीभन्दै तत्काल प्राप्त प्रमाणका आधारमा पाँच जनालाई पूर्पक्षका लागि थुनामा कारागार चलान गर्न र दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए।  

घटनामा संलग्न मुख्य अभियुक्त बेलबारी–५ का ३१ वर्षीय विनयकुमार सरदार, बेलबारी–५ का ३२ वर्षीय राजेन भनिने राजेन्द्रथुलुङ राई, ग्रामथान गाउँपालिका– ६ का ३३ वर्षीय वीरेन्द्रकुमार खाँ, ग्रामथान–५ का ३१ वर्षीय दीपेन भनिने दीपेन्द्रकुमार चौधरी र बेलबारी–६ का ३८ वर्षीय विशालकुमार खवास (गच्छदार) थुनामा राख्न भनेको छ भने ग्रामथान–६ का ३४ वर्षीय जितेन्द्रकुमार चौधरीलाई ४ लाख र २० वर्षीय यानव थुलुङ राईलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। जितेन्द्रले धरौटी रकम बुझाएर भने यानव धरौटी रकम बुझाउन नसक्दा कारागार चलान भए।  

घटनामा संलग्न भएका अन्य १२ जना फरार रहेका छन्। ग्रामथान–२ का २७ वर्षीय कृष्णकुमार चौधरी, ७ का २५ वर्षीय प्रभात चौधरी, ६ का ३५ वर्षीय अनोज भनिने अनोदकुमार माझी, ३४ वर्षीय बलराम चौधरी, ४ का  ३७ वर्षीय ओम धामी, ५ का ३४ वर्षीय दिनेश चौधरी माझी र७ का २५ वर्षीय प्रेम चौधरी फरार छन्।  

त्यस्तै सुन्दरहरैँचा–२ का २५ वर्षीय अशोक खवास, ११ का ३३ वर्षीय शम्भु भनिने दिनेश मास्के, २५ वर्षीय राजिन राई, २ का ३५ वर्षीय कचालु भनिने गितार खवास, १ का २४ वर्षीय नलिन खवास फरार छन् भने घटनाका मुख्य योजनाकार र नाइके विनयकुुमार सरदार र कृष्णकुमार चौधरी रहेको प्रहरीले जनाएको छ।

खोलामा लगाइएको बाँसको पुल प्रयोग गर्दा एउटा मोटरसाइकलसँग २५ रुपैयाँ उठाउँदै आएको विषयलाई लिएर उत्पन्न विवाद ज्यानै लिने गरी सामूहिक आक्रमणको घटनासम्म पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको जनाएको छ। आक्रमणमा उत्रिएको समूहले बन्चरो, खुकुरीलगायत घरेलु हतियारले प्रहार गर्दा घाइते भएका ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको थियो। गाउँमा भइरहेको झगडा छुट्याउन गएका उनीमाथि खुकुरी र बन्चरो प्रहार भएको प्रहरीले जनाएको छ।  

त्यही समूहले आक्रमण गर्दा चन्द्रकुमारका दाइ ४२ वर्षीय सइकुमार, भाइ ३२ वर्षीय समुन्द्र र भतिज (सइकुमारका छोरा) १६ वर्षीय गौरव घाइते भएका थिए। प्रहरीका अनुसार पुलको विवादमा उक्त समूहले स्थानीय दिनेश भनिने घनेन्द्र श्रेष्ठलाई कुटपिट गरिरहेको देखेपछि सम्झाउन पुगेका चन्द्रकुमार र उनको परिवारकै अरु सदस्यमाथि आक्रमण भएको प्रहरीले बताएको छ।
अर्को समाचार
हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीनजनालाई थुनामा राख्न आदेश
२४ जेष्ठ २०७९
•
१ मिनेट पाठ
हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीनजनालाई थुनामा राख्न आदेश
रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ। रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिं बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो।  




सोमबार वडाध्यक्षसँगै सोही वडाका निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र उनका भाइ अर्जुन बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पुथा उत्तरगङ्गा गाउँपालिका–१० की ३९ वर्षीया दुँठी बुढा भन्ने जुनमाया बुढाको हत्या आरोपमा निजहरूलाई कारागार चलान गर्ने आदेश भएको बताए।

वैशाख १९ गते पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकसेरामा स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउन जुनमाया बुढा माओवादी कार्यकर्ताले अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।

निजहरूसहित नाम नखुलाइएका २० जनाविरुद्ध २० गते किटानी जाहेरी परेको थियो भने २८ गते तीन जनालाई पक्राउ गरिएको थियो। वडाध्यक्षमा विजयी भएका कुमारसिं बुढा मतदानको अवधिमा पनि प्रहरी हिरासतमै थिए। अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करिब चार किलोमिटरमाथि जङ्गलमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लिएर परीक्षण गरिएको थियो। जेल चलान भएका सिंह गत वैशाख ३० गते भएको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। उनी मतदान हुनुअघि नै पक्राउ परिसकेका थिए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस