काठमाडौं, मंसिर १२(नागरिक) - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देशलाई हिन्दुराज्य बनाउनुपर्ने माग गर्दै दस-दिने रथ यात्रा गर्ने भएको छ। राजधानीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले रथयात्रा जनकपुरबाट सुरु भई लुम्बिनी, पोखरा हुँदै पशुपतिनाथ मन्दिर पुगेपछि सकिने बताए।
'जनकपुर-लुम्बिनी-विध्यवासिनी-पशुपतिनाथ' रथ यात्राको क्रममा बाटोमा पर्ने १८ वटा जिल्लाको १ सय ६० स्थानमा धार्मिक अनुष्ठान गरिने छ। त्यसमा सहभागी हुन विभिन्न धर्मका गुरुहरूलाई आमन्त्रण गरिएको थापाले बताए।
पुस २ मा विवाह पञ्चामीको दिन जनकपुरबाट सुरु हुने रथयात्राका उद्देश्यबारे जानकारी गराउँदै थापाले धार्मिक सद्भाव तथा सामाजिक कुरीतिविरुद्ध प्रस्ताव पारित गरिने बताए।
'हिन्दुधर्मको कलंकको रूपमा रहेको छुवाछूत, मन्दिर प्रवेशमा जातको आधारमा लगाइएको रोक, बालविवाह, लिगभेद, गौहत्या जस्ता विषयमा प्रस्ताव पारित गरिने छ,' थापाले भने।
थापाकाअनुसार रथ यात्राको क्रमम कम्तीमा २ हजार सहभागी निरन्तर रूपमा खट्ने छन् भने कम्ती २० लाख स्थानीय बासिन्दासँग प्रत्यक्ष सम्पर्क गरिने छ।
यात्राको क्रममा कुनै राजनीतिक विषयमा अघि नसार्ने बताउँनै थापाले भने, 'कुनै पनि राजनीतिक दल र नेताविरुद्ध कुनै प्रकारको टिप्पणी हुने छैन।'
उनले धर्मनिरपेक्षता राजनीतिक निर्णयबाट आएको भन्दै हिन्दुधर्म कायम गर्न पनि राजनीतिक निर्णय आवश्यक भएकाले राप्रपा नेपालले त्यो विषयलाई एजेन्डाको रुपमा अघि बढाएको बताए।
संविधानसभाको पहिलो बैठकले देशलाई धर्मनिरपेक्ष घोषणा गरेका थियो। यसअघि हिन्दु धर्म नेपालका राष्ट्रिय धर्म थियो।
पछिल्ला वर्षमा हिन्दुबाट अन्य धर्म परिवर्तन गर्नेको संख्या अत्यधिक बढेको प्रति आपत्ति जनाउँदै थापाले त्यसलाई रोक्न र नेपाललाई हिन्दु राज्यको विश्वव्यापी पहिचान जोगाइराख्न यस्तो अभियान जरुरी भएको जिकिर गरे।
'धर्म परिवर्तनलाई नरोक्ने हो भने यसले हाम्रो पहिलचान र राष्ट्रिय एकतालाई कमजोर पार्ने छ, ' थापाले भने, 'हिन्दुधर्म हाम्रो पहिचानसँग जोडिएको विषय हो।'
गिर्जाघर तथा मदर्सालाई राज्यअन्तर्गत नल्याएको प्रति आपत्ति जनाउँदै भने त्यसलाई अनुगमन गर्न पनि माग गरेका छन्। 'पशुपतिनाथ, लुम्बिनी, जनकपुर जस्तो धार्मिक क्षेत्र सरकार मातहत क्षेत्र छन्,' उनले भने, 'अन्य धार्मिक संस्थाहरु कुनै सरकारी निकायमा दर्ता नभै टोलटोलमा खुलेका छन्।'
उनले राजनीतिमा अल्पसंख्यकलाई खुसी पार्न कार्य शुरु भएको भन्दै त्यस प्रति आपत्ति जनाए।
'हाम्रो राजनीतिमा पनि अल्पसंख्यकवाद सुरु भएको छ। अल्पसंख्यकलाई खुसी पार्ने नाममा निर्णय हुन थालेका छन्,' थापाले भने, 'भारतमा जस्तै नेपालमा पनि समस्या ल्याउने छ।'