चिया विषयको पठनपाठन रोकियो, दक्ष जनशक्ति विदेशबाट भित्र्याइँदै
१३ असोज २०७७
•
६ मिनेट पाठ
चिया विषयको पठनपाठन रोकियो, दक्ष जनशक्ति विदेशबाट भित्र्याइँदै
झापासहित पूर्वी पहाडी जिल्लामा चियाको व्यावसायिक उत्पादन उल्लेखनीय मात्रामा हुन्छ। मुलुकभर उत्पादित चियामध्ये झण्डै दुई तिहाइ हिस्सा यही क्षेत्रमा उत्पादन हुन्छ।  




चिया खेतीमा संलग्न किसान, उद्यमी र श्रमिकको सङ्ख्या पनि बढ्दो छ। कृषिको महत्वपूर्ण हिस्सा भएकाले चियामा लगानीसँगै आम्दानी पनि बढ्दो नै छ। सरकारी र निजी तवरबाट चिया उत्पादन र बजारलाई प्राथमिकता दिइए पनि कृषि क्षेत्रको यस महत्वपूर्ण विषयका शैक्षिक तथा दक्ष जनशक्ति भने उत्पादन गर्न सकिएको छैन।

नेपालमा चिया विषयको पठनपाठन नहुँदा उच्च अध्ययनका लागि अहिले भारत वा तेस्रो मुलुकमा जानुपर्ने बाध्यता छ। त्यस्तै यस विषयको पठनपाठनका लागि शिक्षक पनि विदेशबाटै भित्र्याउनुपर्ने अवस्था छ। नेपालमा चियाको अध्ययन अध्यापन शुरु भए पनि दीर्घकालीन नहुनाले यस्ता समस्या आएका हुन्।  

हाल नेपालको चिया क्षेत्रमा प्रमाणपत्रधारी प्राविधिक निकै थोरै छन्। त्यसमा पनि विदेशमा पढेर आएका नै धेरै छन्। नेपालमा पढाइ नहुने भएपछि एकातिर विदेशमा अध्ययन गर्न जानुपर्ने बाध्यता छ भने अर्कातिर जस्तोसुकै भए पनि यहीँका जनशक्तिलाई नै काममा लगाउनुपर्ने बाध्यता छ। राज्यको आयस्रोतको महत्वपूर्ण हिस्सा ओगट्ने चियामा प्रमाणपत्रधारी शैक्षिक जनशक्ति, विशेषज्ञ वा प्राविधिक नहुनु दुःखद रहेको नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनाली बताउँछन्।  

'निजी क्षेत्रले मात्रै धान्नुपर्ने र सरकारको उपस्थिति कम भएकाले पठनपाठन अगाडि नबढेको हो', मैनालीले भने, 'गुणस्तरीय चिया उत्पादनका लागि त दक्ष जनशक्तिकै खाँचो पर्छ। हामी त्यही काममा चुकेका छौँ।'

नेपालमा चियासम्बन्धी विषयमा पठनपाठन शुरु नभएको भने होइन। पाँच वर्षअघि झापाको मेची बहुमुखी क्याम्पसमा विज्ञान सङ्कायको स्नातक तहमा  अध्ययन शुरु भएको थियो। तर क्याम्पसका आफ्नै विविध समस्याका कारण अध्ययन तीन वर्षभन्दा लामो समयसम्म टिक्न सकेन।  

शुरुमा २४ जनाको कोटामा २४ विद्यार्थीले अध्ययन गरेकामा दोस्रो वर्ष सोही कोटामा १६ जना मात्र विद्यार्थी भर्ना भए। यस्तै तेस्रो वर्ष छ जना विद्यार्थी सहभागी भए भने चौथो वर्षदेखि विद्यार्थी नहुँदा यस विषयको पढाइ नै हुन छाड्यो। 'पहिले पढाइ राम्ररी भइरहेकै थियो तर बीचमा पाठ्यक्रम परिवर्तन गर्नुपर्‍यो, यसले गर्दा पनि समस्या भयो।'

क्याम्पसका पूर्वप्रमुख कमल गुरागाईंले भने, 'यो सबै रकम विद्यार्थीबाटै उठाउनुपर्ने भएकाले खर्चिलो थियो, त्यसैले विद्यार्थी आउन छाडे।' पहिलो क्याम्पसमा बिटिटिएम (ब्याचलर्स इन टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट) विषय पढाइ हुन्थ्यो तर पछि त्यसलाई परिमार्जन गरेर बिएसी टी (ब्याचलर्स अफ साइन्स टी) बनाइएको थियो।  

'पहिले विज्ञान सङ्काय पढेका सबै विद्यार्थीले पढ्न पाउँथे तर पाठ्यक्रम परिवर्तन गरेपछि बायोलोजी पढेकाले मात्र पढ्नु पर्ने भयो', पूर्वक्याम्पस प्रमुख गुरागाईंले भने। चियाको अध्ययन बारेमा शिक्षा नीतिमै स्पष्ट व्यवस्था नभएकाले विद्यार्थीले पढ्न छाडेको पूर्वप्रमुख गुरागाईंको भनाइ छ। 'चियाका बारेमा पढ्दा पनि प्रभावकारी नहुने देखेकाले पढाइ हुन छाड्यो', गुरागाईंले भने, 'प्राविधिक विषय भएकाले कम रकमले यो विषय पढ्नै गाह्रो छ, खर्चिलो छ।'

स्पष्ट शिक्षा नीति र खर्च बढी लाग्ने भएकाले चियामा अध्ययन हुन नसकेको हो। यही कारण अहिले पनि चिया क्षेत्रमा अब्बल प्राविधिकको अभाव छ। चियाका बारेमा अध्ययन नभएकै कारण नेपाली चिया गुणस्तरहीन हुनसक्ने चिया विशेषज्ञ चन्द्रभुषण सुब्बाको भनाइ छ।  

दक्ष जनशक्ति नभएकाले जानकारी नहुँदा चियाको गुणस्तर नसुध्रिने समेत सुब्बाको दाबी छ। 'अध्ययन गरेको जनशक्ति नै छ। यही भएको जनशक्तिले काम गर्दा चियाको गुणस्तरको मात्रामा थाहा नहुन पनि सक्छ', सुब्बाले भने, 'चियाको पढाइ गुणस्तरीय हुन सैद्धान्तिकभन्दा व्यावहारिक पक्षलाई ध्यान दिनुपर्छ। हाम्रोमा पढाइ भए पनि त्यतातिर ध्यान नदिँदा अब्बल विद्यार्थी नहुन सक्छन्।' सुब्बाका अनुसार अहिले पनि नेपालमा प्राविधिक एवं विशेषज्ञ ल्याउँदा विदेशमै सम्पर्क गर्नुपर्ने छ।  

विशेषगरी चियाको अर्गानिक प्रमाणीकरणमा आवश्यक पर्ने अनुसन्धानकर्ता (इन्स्पेक्टर) त नेपालमा दुईदेखि तीनजना मात्र छन्। इन्स्पेक्टर ल्याउन र अर्गानीकरण गर्न खर्चिलो हुने भएकाले धेरै उद्योग अहिले पनि अर्गानीकरणमा गएका छैनन्। 'नेपालमा यो विषयमा पढेका दक्षशक्ति नभएकाले विदेशबाट ल्याउनुपर्छ खर्चिलो हुन्छ। त्यसैले धेरै उद्योगले अर्गानिक सर्टिफिकेट लिएका छैनन्।' सुब्बाका अनुसार अहिले पनि नेपालमा पुरानो तवरले नै चियाको काम गरिने भएकाले सम्बन्धित क्षेत्रले चियाको पठनपाठन अध्ययनमा चासो नदेखाएको हो। नेपालको चिया क्षेत्र (विशेषगरी चिया उद्योग) मा कामकाजी सोचमात्र भएकाले दीर्घकालीन सोच नभएको सुब्बाको भनाइ छ।

चिया उद्योगी र सरकारी पक्षले चासो नदेखाएकाले पनि यो क्षेत्र अहिले पनि गुणस्तरहीन छ। यही कारण अबका वर्षमा पनि चियामा दक्ष जनशक्ति र अनुसन्धानकर्ता भेट्न मुस्किल पर्ने देखिन्छ। समस्यालाई दृष्टिगत गर्दै इलामको सूर्योदय नगरपालिकाले पठनपाठन गराउने भने पनि अझै पनि अघि बढ्न सकेको छैन।

त्यसमा पनि विद्यालयस्तर ९१–८० मात्र नगरमा पढाइ हुने भएकाले प्राविधिक बन्न चाहिँ सम्भव देखिँदैन। 'हामीले स्थानीय पाठ्यक्रमबाट चियाको अध्ययन त गराउने हो तर पहिलो पटक कक्षा ६ सम्म र त्यसपछि वर्षैपिच्छे पढाउँदै कक्षा ८ सम्मको मात्र हो', नगरपालिकाका चिया सचिवालय संयोजक देवेन्द्र शर्माले भने, 'यो पढाइ चियाको आधारभूतमात्र जानकारी हो। प्राविधिक र दक्ष जनशक्ति जन्माउन चाहिँ हाम्रो पढाइ अपुग नै हुन्छ।'  

जिल्लामात्र होइन। देशका कुनै पनि विद्यालय वा क्याम्पसमा चियाको पठनपाठन शुरु भएको छैन। यही कारण एकातिर चियाको विषयमा पढ्न चाहने विद्यार्थी पनि पढ्नबाट वञ्चित छन् भने अर्कातिर चिया क्षेत्रमा दक्ष जनशक्ति अभाव छ। दक्ष जनशक्ति अभाव भएकाले गर्दा नै चिया पेशाका विषयमा विभिन्न क्षेत्रमा प्रभावकारी काम हुन नसकेको चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालको भनाइ छ।  

खनालका अनुसार दक्षशक्ति नभएकै कारण अहिले पनि चिया क्षेत्रले अपेक्षाकृत फड्को मार्न सकेको छैन।

नेपाली चियाको मुख्य बजार भारत वा तेस्रो मुलुक हो। नेपालबाट जाने अधिकांश चिया भारत भएरै तेस्रो मुलुक जान्छ। यसैले पनि समयसमयमा भारतले नेपाली चियालाई समस्या दिइरहन्छ। नेपाली चियामा गुणस्तर भए पनि तेस्रो मुलुकसम्म पहुँच नपुग्दा सकस पर्ने गरेको छ। यसैले पनि चिया क्षेत्रमा दक्ष जनशक्तिको खाँचो पर्दछ। तर अध्ययन नै नभएका कारण सधैँ समस्या पर्ने गरेको नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीको दुःखेसो छ। उनका अनुसार नेपालमा चियाका बारेमा अध्ययन र चासो नहुँदा चिया क्षेत्र पछि परेको हो।  

'सरकारले रकम लगानी गरेर भए पनि स्वदेशमै दक्ष जनशक्ति उत्पादन नगरेसम्म यस्ता समस्या हल हुँदैन', मैनाली भने, 'विद्यार्थीलाई पढाउँदा पनि उद्योगमैत्री वा नेपालको चियाका बारेमा पढाउनुपर्छ।' विगतमा चियाको पठनपाठन भए पनि सैद्धान्तिक ज्ञान बढी दिइएकाले खासै प्रभावकारी नदेखिएको मैनालीको भनाइ छ।  

कृषिका बारेमा पठनपाठन गराइने क्याम्पसमा पनि अहिले चियाको पठनपाठन भएको छैन। नेपालमा यस विषयका शिक्षक नभएकाले पनि कृषिसम्बन्धी क्याम्पसले चासो नदेखाएको प्रस्ट बुझिन्छ। विगतमा चिया विषयका शिक्षक भारतबाट ल्याउनु परेको थियो। बाहिरबाट शिक्षक ल्याउँदा खर्चिलो र झन्झटिलो भएर पनि अध्ययन अघि नबढेको मेची बहुमुखी क्याम्पस झापाका पूर्वविद्यार्थी अशोक खतिवडाको भनाइ छ। आफू पढ्न इलाम छाडेर झापा गए पनि पढाइ नभएकाले विज्ञान सङ्कायकै अन्य विषय पढेको खतिवडाको भनाइ छ। 'चिया पनि मुख्यगरी दुई प्रकारको (अर्थोडक्स र सिटिसी) हुँदो रहेछ', अशोकले भने, 'कुन चियाका बारेमा पढाउने अन्योल हुँदा पढाउनै सकस परेको थियो।'

नेपालमा दक्ष जनशक्तिको अभाव भनिए पनि कति जनशक्ति चाहिन्छ भन्ने तथ्याङ्क भने छैन। नेपालको चियामैत्री दक्ष जनशक्ति उपलब्ध भए प्रत्येक उद्योगले एक÷एकजना प्राविधिक खटाउने चिया सरोकारवालाको भनाइ छ।

त्यसमा पनि सरकारीस्तरबाट ५०/५० प्रतिशत प्राविधिकको खर्च धानेको खण्डमा धेरै जनशक्तिले रोजगार पाउने नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीको भनाइ छ। 'अहिलै पनि ५० भन्दा बढी दक्ष जनशक्ति त यो क्षेत्रमा आवश्यक छ', मैनालीले भने, 'जनशक्ति नभएकाले प्राविधिक ज्ञान नभएकालाई नै काममा खटाउनु परेको छ।'
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस