गण्डकी प्रदेश सभा सदस्य मणिभद्र शर्माले गाँजा (भाँङ) उत्पादन र बिक्री वितरण खुल्ला गर्न माग गरेका छन्। गण्डकी प्रदेश सभाको मंगलबारको बैठकको विशेष समय लिएर बोल्दै उनले राज्यले भाङमा लगाएको प्रतिबन्ध फुकुवा गरी त्यसको उत्पादन र बिक्री वितरण खुल्ला गर्न माग गरेका हुन्। बागलुङ क्षेत्र नम्बर १ मा घर भएका शर्मा समानुपातिक सांसद हुन् भने उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत हुन्।
नेपालमा लागुऔषध (नियन्त्रण) ऐन २०३३ ले गाँजा तथा गाँजाजन्य पदार्थहरुको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। ऐनले गाँजालाई लागुऔषधको रुपमा स्पष्ट किटान गर्दै भनेको छ,–‘गाँजा भन्नाले भाँङ र सिद्धसमेत गाँजा मूलको जुनसुकै बोटको पात र फूल हो।’
सांसद शर्माले गण्डकी प्रदेशको पहाडी भूभागमा उत्पादन हुने भाङ कपडा बनाउने लोक्ता, औषधि, तेल तथा अचारमा छोंप हाल्नसमेत प्रयोग गरिने उल्लेख गरे। विदेशमा भाङलाई औषधिका रुपमा प्रयोग गरिने गरेको उदाहरण दिँदै उनले नेपालमा भने शक्ति राष्ट्रको चंगुलमा फसेर प्रतिबन्ध लगाइएको दाबी गरे।
बाँझो जमिनमा प्रशस्त उत्पादन हुनसक्ने सम्भावना भएपनि सरकारको अदूरदर्शिताका कारण भाँङो उत्पादनमा प्रतिबन्ध लगाएपछि नेपालका आयुर्वेदिक औषधि उत्पादकहरुले आवश्यक कच्चा पदार्थ विदेशबाट ल्याउने गरेको उल्लेख गरे। कयौं आयुर्वेदिक औषधि उत्पादक उद्योगहरु भाँङको कच्चा पदार्थ नपाएर छटपटाईरहेका छन्,‘उनले भने,‘त्यसैले ठूला शक्ति राष्ट्रको दवाबमा भाङमाथि लगाइएको प्रतिबन्ध हटाएर भाङ उत्पादन गर्ने वातावरण बनाउनु पर्छ। पहाडका बाँझो जमिन गुल्जार गर्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ।’
गाँजा (भाँङ) खुल्ला गर्नुपर्छ भनेर अभिव्यक्ति दिने शर्मा पहिलो व्यक्ति भने होइनन्। यसअघि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पनि यस्तै अभिव्यक्ति दिएका थिए। उनले गण्डकी प्रदेशको राजधानी पोखरामा ईञ्जोय जोन बनाएर गाँजा र सेक्स खुल्ला गर्ने तयारी प्रदेश सरकारले गरिरहेको बताएका थिए। तर उनको यो अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले बोली फेरेका थिए।