भूकम्पपछिको पुनर्निर्माण: सर्वाधिक क्षतिग्रस्त सिन्धुमा ७८ हजार घर बने
१४ असोज २०७७
•
३ मिनेट पाठ
भूकम्पपछिको पुनर्निर्माण: सर्वाधिक क्षतिग्रस्त सिन्धुमा ७८ हजार घर बने
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा गैरसरकारी संस्था अक्सफाम र ग्रामीण जनहित सेवा समितिको साझेदारी बनेको २२ घररधुरीको त्याङथली एकीकृत बस्ति । तस्बिर : ध्रुव/नागरिक
बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा निजी आवास निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पपछिका पाँच वर्ष चार महिनामा ८६ प्रतिशत आवास पुनर्निर्माण सम्पन्न भएको हो।  




पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) का व्यवस्थापक भरत आचार्यले आवास पुनर्निर्माण छिट्टै सकिने चरणमा पुगेको बताए। ‘अहिलेकै गतिमा पुनर्निर्माणले तीव्रता पाए बाँकी १४ प्रतिशत आवास पुनर्निर्माण आगामी केही महिनामा सकिने देखिन्छ,’ उनले नागरिकसँग भने।  

जिमालीको तथ्यांकअनुसार मंगलबारसम्म ७८ हजार तीन सय ५० घरको पुनर्निर्माण सम्पन्न भएको छ। यो कुल लाभग्राही संख्याको ८६.१८ प्रतिशत हो। नौ हजार सात सय ७६ घरको पुनर्निर्माण जारी छ। त्यसमध्ये ६ हजार दुई सय ८० आवास पुनर्निर्माण अन्तिम चरणमा पुग्दा झण्डै तीन हजार चार सय ९६ घर भर्खरै बनाउन सुरु गरिएको छ।

पछिल्लो जनगणनामा कायम रहेका र भूकम्पमा भत्किएका घरसंख्याका आधारमा सिन्धुपाल्चोकमा व्यक्तिगत आवास पुनर्निर्माण सम्पन्न भइसकेको छ। जनगणना २०६८ अनुसार जिल्लाको घरधुरी संख्या करिब ६८ हजार मात्र थियो। भूकम्पले त्यसको ९९ प्रतिशत मात्र घरसंरचना क्षति गरेको थियो। यी तथ्यांकका आधारमा १० हजारभन्दा बढी घर बनेका हुन्।    
सिन्धुपाल्चोकमा हाल ९० हजार नौ सय चार लाभग्राही कायम छन्। यसमा रेट्रोफिट (मर्मत) गरिनुपर्ने सात सय दुई घर समेटिएका छन्। ८८ हजार एक सय २६ ले पहिलो र ८४ हजार ६ सय ३० ले दोस्रो र घर पुनर्निर्माण सकेका ७८ हजार तीन सय ५० ले अनुदानको तेस्रो किस्ता लिइसकेका जिमालीको तथ्यांक छ। लाभग्राही कायम दुई हजार सात सय ७८ ले मात्र पुनर्निर्माण सुरु नगरेको देखिन्छ। भूमिहीन, विस्थापित र जग्गा किचलो भएका पीडितले आवास पुनर्निर्माण थाल्न नसकेको जिल्ला आयोजना व्यवस्थापक आचार्य बताउँछन्। ‘विदेश लगायत अन्यत्र रहेका र प्राविधिक त्रुटी भएका कारण कतिपय लाभग्राहीले पनि घर बनाउन सकेका छैनन्,’ उनले भने। जिल्लामा सुकुम्वासी, भूमिहीन र बिस्थापित गरी एक हजार दुई सय ८१ जोखिम बर्गमा समेटिएका लाभग्राही छन्। उनीहरु सबैले जग्गा प्राप्ति गरेर घर बनाउन सकेका छैनन्।

कोरोना महामारीको बीच पनि ६ महिनामा डेढ हजारभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न भएको देखिन्छ। पछिल्ला जनगणनाको घरधुरी संख्याअनुसार भने जिल्लाको पुनर्निर्माण सम्पन्न भइसकेको छ। २०६८ को जनगणनामा जिल्लाको घरधुरी संख्या करिब ६८ हजार मात्र थियो। यो संख्याको १० हजारभन्दा बढी घर बनिसकेको तथ्यांक छ। भूकम्पपछि जिल्लामा लाभग्राहीको संख्या ७९ हजार मात्र थियो। समय–समयमा गुनासो सम्बोधन तथा छुट र पुनःसर्वेबाट ११ हजारभन्दा बढी लाभग्राही थपिएका हुन्। लाभग्राही थपिँदै जाँदा व्यक्तिगत आवास पुनर्निर्माणसमेत लम्बिदै गएको आयोजना व्यवस्थापक आचार्य बताउँछन्।

बिनासकारी भूकम्पको एक वर्षपछि २०७३ वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट निजी आवास पुनर्निर्माण अभियानको थालनी गरेका थिए। त्यसपछिका चार वर्ष चार महिनामै दुई तिहाईभन्दा बढी आवास पुनर्निर्माण भएका हुन्।  

पुनरावेदन गर्नेको भिड

आवास पुनर्निर्माण लाभग्राहीमा पर्नबाट छुटेको भन्दै पुनरावेदन गर्नेको संख्या बढ्दो छ। जनगणनामा कायम र भत्किएका घरको संख्याभन्दा बढी आवास पुनर्निर्माण सम्पन्न भइसक्दा पनि गुनासोमा कुनै कमी आएको छैन। भूकम्पले ९९ प्रतिशत घरसंरचना भत्किएको तथ्यांक थियो।  

प्राधिकरणले विभिन्न गुनासो फर्छ्यौट तथा छुट र पुनःसर्भेबाट गैह्रलाभग्राही ठहर गरिएकाहरुलाई अन्तिम पटक पुनरावेदन गर्ने अवसर दिएको छ। तिनै गैह्रलाभग्राहीबाट पुनरावेदन परिरहेको हो। दैनिक तीन–चार सय पुनरावेदन परिरहेको जिमालीले जनाएको छ। साउनयता मात्रै चार हजार पुनरावेदन परिसकेको व्यवस्थापक आचार्यले बताए। प्राधिकरणले छुट र पुनःसर्भेबाट १९ हजार गुनासो सम्बोधन गर्दा एक हजार नौ सय मात्र लाभग्राहीको रुपमा थपिएका थिए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस