कोरोना संक्रमित इटहरीका एक जना वृद्धको शुक्रबार दिउँसो मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका वडा नं. १२ मा बसोबास गर्ने ९० वर्षे बैजनाथ सिंहको मृत्यु भएको हो।
तीन दिनअघि बिरामी भएर उपचारका लागि सिंह विराट शिक्षण अस्पताल विराटनगर गएर फर्केका थिए। उपचार गर्न जादा सिंहको पीसीआर परीक्षण गरिएका थियो। वडा नं. १२ का वडाअध्यक्ष हिरा दाहालका अनुसार शुक्रबार उपचार गर्न लगेकोमा मृत्यु भएको हो।
‘स्वास्थ्यमा टप जटिल भएपछि उपचार गर्न लगिएकोमा मृत्यु भएको हो,’ उनले भने, ‘अस्पताल लाने बेलामा पोजेटिभ रिपोर्ट आएको जानकारी थिएन, तर बीच बाटोमा रिपोर्ट पोजेटिभ आएको जानकारी प्राप्त भो, त्यसको केही छिनपछि मृत्यु भएको सूचना प्राप्त भएको छ।’ वृद्धमा दम, उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको जानकारी दिइयो। इटहरी क्षेत्रमा सिंहसहित चार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।