रौतहटमा एक युवतीको शंकास्पद मृत्यु भएको छ। गढीमाई नगरपालिका वडा नम्बर १ स्थायी घर भई वृन्दावन नगरपािलका वडा नम्बर ४ मामाघरमा बस्दै आएकी करिब १६ वर्षीया युवतीको उखुको खेतमा शंकास्पद अवस्थामा लाश फेला परेको छ।
बिहान दश बजेतिर घरबाट घाँस काट्न गएकी सीताराम साहकी करिब १६ वर्षकी छोरी अबेरसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो। खोजतलासको क्रममा गाउँदेखि पूर्व रहेको नहर नजिकैको उखुखेतमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा अवस्थामा युवतीको शव फेला परेको हो।
घटना शंकास्पद रहेको र घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले बताएका छन्।
यसैबीच रौतहटको यमुनामाई गाउँपालिका २ भेडियाहीनजिक झाँझ खोलामा पनि एक बालिकाको डुबेर मृत्यु भएको छ। स्थानीय शंकर राय यादवकी १२ वर्षीया छोरी ममिता यादवको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।