एक महिनाअघिसम्म प्रदेश २ का ८ जिल्लामध्ये ५ जिल्ला कोरोनाको ‘हटस्पट’ थिए । अहिले ती सबै जिल्ला ग्रीन जोनतर्फ अग्रसर भइरहँदा सिरहा नयाँ ‘हटस्पट’ जिल्लाका रूपमा प्रदेशमा चुनौती थप्दै छ ।
पछिल्लो एक महिनायता यस प्रदेशका बाँकी जिल्लामा सक्रिय संक्रमितको संख्या घट्दै गए पनि सिरहामा बढ्दै गएको तथ्यांकले देखाउँछ । भदौ १ गते सबैभन्दा बढी सक्रिय संक्रमित पर्सा जिल्लामा १ हजार २ सय ८१ थियो । बारामा ४ सय ८३, रौतहटमा ८ सय १९, सर्लाहीमा ७ सय २६, महोत्तरीमा आठ सय २७, धनुषामा ६ सय ४३, सिरहामा १ सय ५३ र सप्तरीमा १ सय ८९ सक्रिय संक्रमित थिए ।
एक महिनापछि बिहीबारको तथ्यांकअनुसार सबैभन्दा बढी सक्रिय संक्रमित सिरहामा ७ सय ३९ छन् । सप्तरीमा २ सय १९, धनुषामा ४ सय ३०, महोत्तरीमा ३ सय ४९, सर्लाहीमा ५ सय ४८, रौतहटमा ३ सय ७६, बारामा १ सय २३ र पर्सामा ८० जना सक्रिय संक्रमित रहेको तथ्यांक छ ।
यस अवधिमा पर्सामा ४ सय ३७ जना, बारमा १२ सय ३४ जना, रौतहटमा २ सय ८० जना, सर्लाहीमा ४ सय ६० जना, महोत्तरीमा १ सय ९६ जना, धनुषामा ४ सय १७ जना, सिरहामा ८ सय ७१ जना र सप्तरीमा ४ सय ५७ जना संक्रमित थपिएका छन् ।
यस प्रदेशमा सुरक्षाकर्मी, नेपाली सेना, कैदीबन्दी, कर्मचारी, व्यपारी, चिकित्सक, कर्मचारी, जनप्रतिनिधि समुदायका मानिस, स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । एक महिनापछि हटस्पटका जिल्लामध्ये पनि संक्रमणको भयावह मार झेलिरहेको पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका ग्रिन जोनउन्नमुख छ । स्वास्थ्य मन्त्रालयका अनुसार ‘ग्रिन जोन’ भन्नाले सुरक्षित स्थानलाई जनाउँछ । अर्थात् एक महिनासम्म नयाँ संक्रमित नभेटिएको ठाउँ ‘ग्रिन जोन’ हुने भनिएको छ ।
संक्रमणलाई नियन्त्रणको स्थितिमा ल्याउन सबैभन्दा मुख्य काम नै भारतीय सीमामा हुने आवतजावतलाई कडाइ गर्नु रहेको उनीहरुको भनाइ छ । संक्रमण नियन्त्रण गर्ने पहिलो रणनीति नै सीमा कडाइ गर्नु रहेको उनीहरुले जनाए । सरकारले अन्तर्राष्ट्रिय सीमालाई कात्तिक ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
पहिलो प्राथमिकता सीमालाई कडाइ दोस्रो संक्रमितको पहिचान र परीक्षण रहेको प्रजिअ यादवले बताए । सावधानी र कडाइ अपनाएकै कारण यी जिल्लामा संक्रमण दर तीन अंकबाट दुई अंकमा झरेको छ । यी जिल्लामा थपिने संक्रमितको संख्या प्रायः एक अंकमा हुन्छ ।
सिरहामा संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहार, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्रेयाइँ भएको जानकारहरु बताउँछन् ।
‘सीमादेखि गाउँ हुँदै सहरसम्मको अवस्था पहिलाजस्तै सहज भएपछि संक्रमणको समुदायस्तरमा फैलिसकेको लहान नगरपालिकाका स्वास्थ्य संयोजक रामसुन्दर यादवले बताए । सीमादेखि सहरसम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन बढ्दाको नतिजा पछिल्लोसमय बढ्दै गएको संक्रमितको संख्या हो,’ उनले भने ।
गाउँदेखि सहरसम्म समुदायस्तरमै संक्रमण फैलिरहँदा प्रमुख जिल्ला अधिकारी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनतर्फ गम्भीर देखिँदैन । दैनिकजसो जिल्ला संकट व्यवसथापन केन्द्रको बैठक बसेर निर्णय गरे पनि त्यसको कार्यान्वयन भएको पाइँदैन । जिल्लामा ७ सयभन्दा बढी सक्रिय संक्रमित हुँदा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ नगरिनु बिडम्बना भएको सीरहाका बुद्धिजीवी अजय यादवको भनाइ छ ।
संक्रमितको संख्या बढ्दै गएको बेला जिल्लाभरका विद्यालयहरुको पठनपाठन सुचारु गरिदिएपछि झन् भयावह अवस्था निम्तिने खतरा बढेको बरियारपट्टी गाउँपालिकाका रवीन यादवले बताए ।

सिरहामा संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहार, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्रेयाइँ भएको जानकारहरु बताउँछन् ।वीरगन्ज महानगरलाई ‘हटस्पट’ भयावह अवस्थाबाट समान्यतर्फ ल्याउनमा सिडिओ आस्मान तामाङको नीति र महानगरपालिकाको सहयोगले काम गरेको छ । रौतहट जिल्लालाई हटस्पटबाट समान्यतर्फ डोर्याउन पनि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नीति र स्थानीय तहको सहयोगले काम गरेको छ । वीरगन्ज र रौतहटलाई संक्रमणको उच्च जोखिमबाट यो अवस्थामा ल्याइपु¥याउन सिडिओ तामाङ र यादवले परीक्षण, पहिचान र सीमामा गरिएको कडाइलाई कारण मान्छन् ।