राजधानी प्रस्ताव भएपछि पुर्जाको आश
१७ असोज २०७७
•
४ मिनेट पाठ
राजधानी प्रस्ताव भएपछि पुर्जाको आश
पाँच नम्बर प्रदेशको राजधानी केन्द्रका रुपमा सिफारिस गरिएको भालुवाङ बजार ।
पाँच नम्बर प्रदेशको सम्भावित ‘स्थायी राजधानी’ को केन्द्र भालुवाङ स्थायी राजधानीसंगै आफ्नो स्थायित्वको आशामा छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग र प्यूठान जोड्ने सडकको संगमस्थल भालुवाङ बजार लामो समयदेखि पुर्जाविहीन छ। पाँच नम्बर प्रदेश सरकारले प्रदेशको स्थायी राजधानीको केन्द्र भालुवाङलाई तोक्ने निर्णय गरेपछि भालुबाङले सबै भन्दा बढी पुर्जाको आशा गरेको छ।  




‘विकास निर्माणका कुराहरु त हुनेनै भए, तर अहिले सम्म अस्थायी भालुवाङले आफ्नो स्थायित्व पाउनेमा हामी विश्वस्त छौँ,’ स्थानीय होमप्रसाद शर्माले भने ‘वर्षौँसम्म पुर्जाविहीन भालुवाङबासीहरुले स्थायी राजधानीसंगै आफूहरुको समेत स्थायित्वको अवसर पाउनेमा ढुक्क छौँ।’ ३१ बिघा क्षेत्रफल रहेको पुर्जाविहीन भालुवाङ बजारमा अहिले झुपडीदेखि ठूल्ठूला पक्की घरहरु निर्माण भैसकेका छन्। तथापी यो क्षेत्र राष्ट्रिय वनको क्षेत्र हो।  

२०२८ सालअघि नेपाल भारत सीमा क्षेत्रको कोईलावास बजार निकै चल्तीमा थियो। दाङसहित साविक राप्तीका रोल्पा, प्यूठान, रुकुम, सल्यानका नागरिकहरु नुन लिन जाने तथा कृषि उत्पादन बिक्रीका लागि एकमात्रै ब्यापारिक केन्द्र यहि कोईलावास नाका थियो। पहाडी जिल्ला प्यूठान, रोल्पा, रुकुमका नागरिकहरुको कोईलावास ओहोर दोहोर गर्नेहरु यहि भालुवाङ क्षेत्र भएर हिँड्थे। त्यो बेला अहिलेको भालुवाङ क्षेत्र ब्यापारिक केन्द्र कोईलावास आउजाउ गर्नेहरुको विश्रामस्थल थियो। त्यो बेला भालुवाङमा मानिसहरुको चलहलपहल सामान्य हुन्थ्यो।  

‘त्यो बेला भालुवाङ घना जंगल क्षेत्र हो,’ स्थानीय शर्माले भने ‘घोडामा नुन लिन तथा सामान बिक्रीका लागि कोईलावास पुग्ने पहाडी जिल्लाका नागरिकहरुको गतिलो बिश्राम थलो यहि भालुवाङ नै थियो।’  

२०३८ साल तिर पूर्व पश्चिम महेन्द्र राजमार्ग निर्माणका लागि मजदुरहरु भालुवाङमा पाल टाँगेर बसे। यो बेला भालुवाङमा पुल निर्माणका लागि मजदुरहरु देशका विभिन्न स्थानबाट खटिएका थिए। पाल टाँगेर बसेका केहि मजदुरहरु स्थायी रुपमै बसोबास गर्ने योजनामा पुगे। यो देखेर देउखुरीका स्थानीयहरु पनि उक्त क्षेत्रमा बसोबासका लागि खनिए। वनले ढाकिएको यो क्षेत्र फँडानी हुन सुरु भयो। यहाँ बिस्तारै स्थायी बस्ती बस्न सुरु भयो।  

‘वनको जग्गा भएकाले वनले धेरैपटक टहरामा आगो पनि लगाईदिए,’ शर्मा सम्झन्छन् ‘तर त्यहाँ बसेकाहरुले निरन्तर टहरा बनाउन छोडेनन्।’ त्यसको केहि समयपछि भालुवाङ हुँदै प्यूठान/रोल्पा जोड्ने अर्को सडक खुल्यो। तत्पश्चात् भालुवाङले ब्यापारिक केन्द्रको स्वरुप लियो। यो क्षेत्रमा आपसि सहमतिमा जग्गा किनबेच समेत चल्न थाल्यो। जग्गा खरिद गरेर बस्ने क्रम बढ्दै गएपछि भालुवाङमा बस्ती ब्यापक बन्दै गयो। यो क्षेत्रमा सुरुमा बस्ति स्थापना गरेकाहरु अहिले कमै मात्रै छन्। २०५२ यता भालुवाङमा नागरिकहरुको बसोबास झनै बढेर गएको स्थानीयहरु बताउँछन्। ‘२०५२ सालमा माओवादी युद्ध सुरु भएपछि सरकारबाट अनि बिद्रोही पक्षबाट पीडित बनेकाहरुको आश्रय थलो पनि यहि क्षेत्र बन्न थाल्यो,’ शर्माले भने ‘फलतः द्पन्द्वको सुरु भएयता भालुवाङमा बसोबास गर्नेहरुको संख्या झनै बढ्दै गयो।’

अहिले भालुवाङ पूर्वी देउखुरी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको छ। तथापी यो बजार अहिले सम्म पुर्जाविहीन छ, ३१ बिघा क्षेत्रफलमा बसेका २ हजार ५ सय घरधुरी परिवारको बसाई कानुनतः अनाधिकृत छ।  

०५२ मा भालुवाङमा नगर विकास समिति गठन भयो। नगर विकास समितिले बजार क्षेत्रलाई पुर्जा दिलाउनका लागि पटक पटक प्रयास थाल्यो पनि , तर यो सम्भव हुन सकेन। वनले आफ्नो जग्गा भएकाले यसमा सहमति दिन सकेन। ‘नगर विकास समिति मार्फत पुर्जाका लागि सरकारसंग धेरै लामो प्रयास थालियो, तर सम्भव भएन,’ अर्का स्थानीय तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले भने ‘स्थायी राजधानीको निर्णयले अहिले भालुवाङबासीहरुलाई पुर्जाधनी बनाईदिने आशा बेस्सरी चुलिएको छ।’ नगर विकास समितिले जग्गा शोधभर्ना गरेरै भएपनि भालुवाङलाई स्थायी बनाउने प्रयास थालेको थियो। 

२०७०/०७१ ताका नगर विकास समितिले थालेको यो प्रयासलाई तत्कालीन मन्त्री परिषदले सहमति प्रदान गरेको पनि थियो। यसका लागि जिल्लाको पहाडी क्षेत्र कमिरेचौरमा भालुवाङ बजारको बराबर क्षेत्रफल जग्गा खरिद गरेर बनलाई उपलब्ध गराउने र वनले भालुवाङलाई पुर्जा दिनका लागि सहमति दिने भन्ने थियो। ‘जग्गा खरिदका लागि नगर विकास समितिले टेण्डर आह्वान पनि गरिसकेको थियो,’ उद्योग वाणिज्य संघका अध्यक्ष पोख्रेलले भने ‘तर राजनीतिक परिवर्तनले यो निर्णय कार्यान्वयनमा पनि समस्या पैदा गराईदियो।’  

लामो समयसम्म पुर्जाको पर्खाइमा रहेका भालुवाङबासीहरुले आफ्नो थलो राजधानीको केन्द्र बन्ने भएपछि पुर्जा हात पर्ने बिश्वास ह्वात्तै बढेर गएको छ। उनीहरु राजधानी आउनुको पहिलो खुशी यसै विषयमा छन्। ‘लामो समयसम्मको प्रयास निरर्थक बनेपछि निराश भालुवाङबासीहरुका लागि प्रदेश राजधानीको केन्द्र बन्नु हाम्रो स्थायित्वका लागि हो भन्ने बुझाई छ,’ पोख्रेलले भने ‘राजधानी नै आँगनमा आएपछि हामीहरु अवश्यपनि स्थायी हुने छौँ।’
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३७ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस