मार्सी धान भित्र्याउन चटारो
१८ असोज २०७७
•
२ मिनेट पाठ
मार्सी धान भित्र्याउन चटारो
जुम्लाका किसानलाई कालीमार्सी धान काट्न चटारो भएको छ। यहाँका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा सो जातको धान उत्पादन हुन्छ। धान पाक्न थालेपछि किसानलाई कोरोना कहरमै धान काट्न भ्याइ नभ्याइ भएको किसान लक्ष्मी कुमाइले बताइन्।  




यहाँका किसानले लगाएकोे प्रायः सबै खेतको धान यो याममा पाकेर खेतमा झुल्न थालेको किसान बताउँछन्। किसानहरुले गत वर्षभन्दा यसवर्ष धान उत्पादनमा कमी आउने जनाएका छन्। यतिखेर पाक्न थालेको मार्सी धान असोजमै काट्ने थालेको चन्दननाथ नगरपालिकाका रमानन्द आर्यालले जानकारी दिए।

जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए। सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी। यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ। राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुर्‍याउने गरेको यहाँका ज्येष्ठ नागरिकहरु बताउँछन्।

करिब ७०० वर्षअघि जुम्लीहरुका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास गरिन्छ। यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ। मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ। कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन्। त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ। यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन। स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ। मार्सी धानको चामल खैरो रङ्गको हुन्छ।

खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन्। उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग पनि बढी नै हुने गरेको छ। यहाँका किसान बताउँछन्। यो चामलको माग शहरबाट बर्सेनि बढेर आएको छ।
अर्को समाचार
मार्सी भित्र्याउन चटारो : जुम्लामा मार्सी उत्पादन १६ प्रतिशत बढ्ने
०८ कार्तिक २०८३
•
५ मिनेट पाठ
मार्सी भित्र्याउन चटारो : जुम्लामा मार्सी उत्पादन १६ प्रतिशत बढ्ने
जुम्लाका किसानलाई दसैँ सकिएलगत्तै मार्सी धान भित्र्याउन भ्याइनभ्याइ छ। बिहानै खेतमा पुग्ने किसान साँझ अबेरसम्म धान काट्ने र घर भित्र्याउने काममा व्यस्त छन्।




रोगकिराको संक्रमणले उत्पादनमा चुनौती थपिए पनि जुम्ली किसानले पुस्तौँदेखि खेती गर्दै आएको मार्सी धान रोप्न छाडेका छैनन्। जुम्लाको पहिचान, संस्कृति र किसानको आम्दानीसँग जोडिएको मार्सी धानको बजार माग उच्च छ। यस वर्ष मौसम अनुकूल रहेकाले उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ।

सदरमुकाम खलंगामा अहिले मार्सी चामल प्रतिकिलो एक सय ८० रुपैयाँमा किनबेच भइरहेको छ। किसानले उत्पादन गरेको अधिकांश चामल सदरमुकामका कोसेली घरमा बिक्री गर्ने गरेका छन्। कर्णाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले समेत मार्सी चामल कोसेलीका रूपमा लैजाने गरेका छन्। अडिलो, स्वादिलो र पोषिलो मानिने मार्सी चामल ठूला होटलको खान्कीसमेत बनेको छ।

बजारमा राम्रो मूल्य र माग रहेकाले किसान यसप्रति आकर्षित छन्। मार्सी धानको आफ्नै कृषि चक्र छ। चैतमा बीउ राख्ने, जेठ–असारमा रोपाइँ गर्ने, साउन–भदौमा गोडमेल गर्ने र असोज–कात्तिकभित्र बाली भित्र्याउने गरिन्छ। यही चक्रअनुसार अहिले जुम्लाका धानखेतमा किसानको चहलपहल बढेको चन्दननाथ नगरपालिका–४ की देविकन्या चौलागाईंले बताइन्। उनका अनुसार दसैँपछि मार्सी धान काट्ने र थन्क्याउने कामले किसानलाई व्यस्त बनाएको छ।

जुम्लाको तातोपानी, गुठीचौर, पातारासी, चन्दननाथ, सिँजा, कनकासुन्दरी र हिमा गाउँपालिकाका विभिन्न क्षेत्रमा धानखेती हुँदै आएको छ। मार्सीसँगै किसानले कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेका चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ जातका धानसमेत लगाउने गरेका छन्। रोगकिराको संक्रमणका कारण मार्सी उत्पादनमा उतारचढाव देखिए पनि स्थानीय पहिचान र बजारसँग जोडिएकाले यसको खेती निरन्तर भइरहेको छ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा दुई हजार आठ सय ८८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदा छ हजार एक सय २५ मेट्रिक टन उत्पादन भएको थियो। चालु आर्थिक वर्ष २०८३/८४ मा पनि सोही क्षेत्रफलमा धानखेती गरिएको छ।

यस वर्ष सात हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको अधिकारीले बताए। गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन १५ देखि १६ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ। ‘यस वर्ष रोगकिराको ठूलो प्रकोप देखिएको छैन। बाढीपहिरो र असिनाजस्ता प्राकृतिक विपत्तिले पनि उल्लेख्य क्षति नगरेकाले उत्पादन बढ्ने अनुमान गरेका छौँ,’ अधिकारीले भने। उनका अनुसार मौसम र प्राकृतिक प्रकोपको प्रभाव कम हुनु उत्पादन बढ्ने अपेक्षाको मुख्य आधार हो।

मार्सी धानको इतिहास जुम्लाको संस्कृति र परम्परासँग जोडिएको छ। करिब सात सय वर्षअघि जुम्लीका इष्टदेवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास गरिन्छ। राणा शासनका बेला केन्द्रमा रहेका शासकका लागि यही धानको चामल हुलाकमार्फत काठमाडौंसम्म पुर्‍याउने गरिएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य बताउँछन्।

कृषि विवरणअनुसार मार्सी चामलबाट जुम्लामा वार्षिक तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ।जुम्लामा २०२७ सालमा स्थापना भएको कृषि अनुसन्धान केन्द्रले १३ वर्षसम्म स्वदेशी तथा विदेशी जातका धानको बीउमा अनुसन्धान गरेको थियो। मार्सीको सक्कली बीउ अनुसन्धानका लागि केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको बताइन्छ।

समुद्र सतहबाट दुई हजारदेखि तीन हजार ५० मिटर उचाइसम्मका बेँसी, मध्य तथा उच्च क्षेत्रमा धानखेती हुने गरेको छ। पातारासी गाउँपालिका–३ स्थित छुमचौर ज्युलो समुद्र सतहबाट दुई हजार आठ सय ५० मिटर उचाइमा छ, जहाँ मार्सी धान फल्छ। उच्च भूभागमा धान फल्ने यही विशेषताले जुम्ली मार्सीलाई विशिष्ट पहिचान दिएको छ।

मार्सी धानसँगै जुम्लाका किसानलाई पाकेको कोदो, फापर, सिमी, मकै, भटमास र आलुलगायतका बाली भित्र्याउन पनि भ्याइनभ्याइ छ। यतिबेला किसान खेतबारीमा पाकेका बाली संकलन गरेर घर भित्र्याउन व्यस्त रहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताए। तर, मार्सी धानको बजार र मूल्यले किसानलाई उत्साहित बनाइरहेका बेला जुम्लामा परम्परागत कोदोखेतीको क्षेत्रफल भने बर्सेनि खुम्चिँदै गएको छ।

अधिकारीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा जुम्लामा तीन हजार आठ सय ४० हेक्टरमा कोदोखेती भएको थियो। आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा यसको क्षेत्रफल घटेर तीन हजार सात सय हेक्टरमा सीमित भयो। गत वर्ष दुई हजार सात सय ३५ हेक्टरमा कोदोखेती हुँदा तीन हजार आठ सय २१ मेट्रिक टन उत्पादन भएको थियो। चालु आर्थिक वर्षमा कोदोखेतीको क्षेत्रफल थप घटेर दुई हजार सात सय ३३ हेक्टरमा झरेको छ।

जुम्लामा कोदोको पिठो प्रतिकिलो एक सय ५० रुपैयाँ र कोदोको दाना प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ। सिमी दाल प्रतिकेजी २ सय ८०, दाना कालाे २ सय ७० र मिक्स २ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ।

फापरकाे पिठो २ सय ५० रुपैयाँ बिक्री भइरहेको छ। बजारमा राम्रो मूल्य हुँदाहुँदै पनि कोदोखेतीको क्षेत्रफल घट्दै जानुले यसको उत्पादन र संरक्षणमा चुनौती थपिएको देखाउँछ। उपलब्ध विवरणमा चालु आर्थिक वर्षको कोदो उत्पादन र उत्पादकत्व भने खुलाइएको छैन।

मार्सी धानको बढ्दो बजार माग र सम्भावित उत्पादन वृद्धिले जुम्ली किसानलाई परम्परागत खेतीप्रति उत्साहित बनाएको छ। तर, रोगकिराको जोखिम, खेतीयोग्य जमिनको उपयोग र कोदोखेतीको खुम्चिँदो क्षेत्रफलले स्थानीय कृषि प्रणालीको दिगोपनबारे प्रश्न उठाएको छ। जुम्लाका मौलिक बालीको संरक्षणसँगै उत्पादन वृद्धि, रोगकिरा नियन्त्रण र बजार व्यवस्थापनमा ध्यान दिन सके मात्रै कृषि उपजबाट किसानको आम्दानी बढाउन सकिनेछ।
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस