वार्ताका लागि चौतर्फी दबाब, सरकार अझै मौनता साँध्दै
२० असोज २०७७
•
४ मिनेट पाठ
वार्ताका लागि चौतर्फी दबाब, सरकार अझै मौनता साँध्दै
चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल वार्ता गर्न सरकारलाई चौतर्फी दबाब सुरु भएको छ। नेपाली कांग्रेस, राप्रपा, साझा पार्टी तथा नागरिक समाजका विभिन्न तह र तप्काले वार्ताका माध्यमबाट समस्या समाधान खोज्दै उनको जीनवरक्षाका लागि पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।




नेपाल चिकित्सक संघले आइतबार नै ७२ घप्टे अल्टिमेटम दिँदै डा. केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिइसकेको छ। तोकिएको समयभित्र माग सम्बोधन नभए जस्तोसुकै कदम चाल्न संघ तयार रहेको अल्टिमेटममा उल्लेख छ। भदौ २९ गतेदेखि जुम्लाबाट अनशन थालेका डा. केसीको माग सुनुवाइ र जीवरक्षाका लागि सरकारले २२औं दिन बितिसक्दा पनि कुनै चासो देखाएको छैन। चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका बेथिति र सरकारले विगतका आफूसँग गरेको सम्झौता तत्काल कार्यान्वयन गर्न माग राख्दै डा. केसीको अनशन थालेका हुन्। सरकारले बेवास्ता गरेकै कारण उनको ज्यान जोखिममा पर्दै गएको छ।

डा. केसीको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार तत्काल अनशन नतोडाउने हो भने उनको ज्यान जोगाउन कठिन छ। त्रिवि शिक्षण अस्पतालको शड्ढयामा छटपटाइरहेको डा. केसीसँगको वार्ता त परको कुरा, अहिलेसम्म उनलाई भेट्न र स्वास्थ्य अवस्था बुझ्न सरकारका कुनै अधिकारीले शिक्षण अस्पताल जाने हिम्मत गरेका छैनन्। आफैंले गरेको सम्झौता कार्यान्वयन नगर्दा सरकारले जनविश्वास मात्र गुमाएको छैन, सरकार नै माफियाको निर्देशनमा चलिरहेको आरोपसमेत लाग्न थालेको छ। नेपाल कम्युनिस्ट पार्टीले चुनावी घोषणापत्रमा उल्लेख गरेका कुरालाई प्राथमितामा राखेर डा. केसीले अनशन थालेको देखिन्छ। तर त्यही पार्टीको सरकारले आपैंmले गरेको चुनावी प्रतिबद्धताविपरीत डा. केसीले उठाएको अजेन्डालाई दुत्कारेको छ।

नेपाल कम्युनिस्ट पार्टीले चुनावी घोषणापत्रमा उल्लेख गरेका कुरालाई प्राथमितामा राखेर डा. केसीले अनशन थालेको देखिन्छ। तर त्यही पार्टीको सरकारले आपैंmले गरेको चुनावी प्रतिबद्धताविपरीत डा. गोविन्द केसीले उठाएका अजेन्डालाई दुत्कारेको छ।
समाजवादी एजेन्डा बोकेर नागरिकको आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनुपर्छ भन्दै संघर्षको मैदानमा जीवन–मरणको दोसाँधमा लडिरहेको डा. केसीलाई श्वासप्रश्वासमा समस्या देखिन थालेपछि अक्सिजन सपोर्ट दिन थालिएको छ। सत्याग्रहीमाथि दुराशय राखेर उनका मागलाई बेवास्ता गर्दा जीवन तलमाथि भए त्यसको शतप्रतिशत दोषी प्रधानमन्त्री केपी शर्मा ओली हुने पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका कांग्रेस नेता गगनकुमार थापाले बताए। त्यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी उनले दिए। थापाले अनशनरत डा. केसीका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरे।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै नेता थापाले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, डा. गोविन्द केसीले राख्नुभएको कुनचाहिँ माग पूरा नहुने र गर्न नसकिने छ ? कुन माग जनहितविपरीत छ ?’ विगतमा गरिएका वाचा पूरा नगर्दा आज यो अवस्था आएको उनले बताए। ‘प्रधानमन्त्री ओली आफैंले हिजो गरेको वाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ?’ उनले भने, ‘डा. केसीसँग संवाद नै गर्दिनँ भन्ने हठले के तपाईंको मान बढाउँछ ? पूरा गर्न सकिने र गर्नुपर्ने माग छन्, पूरा गर्नुहोस्, यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ।’

यता साझा पार्टीले ‘अनशनरत डा. गोविन्द केसीलाई मार्न खोजेको हो ?’ भन्ने प्रश्न गरेको छ। साझाले सोमबार विज्ञप्ति जारी गर्दै २२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएकोप्रति गम्भीर चिन्ता प्रकट गर्दै सत्याग्रहीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। डा. केसीले १९औं अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् भन्ने प्रश्न गर्दै पार्टीका सहप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वमै बिरलै भेटिने डा. केसीजस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पूरा गर्नुप-यो।’ अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले असंवेदनशीलता प्रकट गरिरहेको साझाको आरोप छ। राप्रपाका अध्यक्ष कमल थापाले पनि डा. केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराए। उनले ट्विटरमार्फत प्रधानमन्त्री केपी ओलीलाई डा. केसीको जीवनरक्षाका निमित्त आग्रह गरेका हुन्।

अक्सिजन सपोर्ट राखिएका डा. केसीलाई कुनै पनि बेला भेन्टिलेटरको आवश्यकता पर्न सक्ने उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्। उनमा छाती दुख्ने र सास फेर्न गाह्रो हुनेलगायत समस्या छन्। सुरुदेखि नै जिउ गल्ने, चक्कर लाग्ने, धड्कन बढ्ने, मांसपेशी दुख्नेलगायत समस्या देखिएको छ। अहिले रगतमा डब्लुबिसी, सुगर, पोटासियमलगायत तŒव पनि कम भएको जनाइएको छ। डा. केसीले आफूले अघि सारेका माग र विगतका सम्झौता कार्यान्वयन नभएसम्म शरीरका लागि अत्यावश्यक तत्व र औषधि नलिने अडान लिएका छन्।

सरकारले अनशनको बेवास्ता गर्दै वार्ताका लागि पहल नगरेको भन्दै विभिन्न समूह, चिकित्सक सडकमै उत्रन थालेका छन्। केसीको अनशनमा समर्थन जनाउँदै आवासीय चिकित्सकहरूले धर्नासमेत सुरु गरेका छन्। अनशनरत केसीको जीवनरक्षा माग गर्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकलगायतले कोभिड र इमर्जेन्सीबाहेकका सेवा छाडेर दिउँसो १ बजेबाट ३ बजेसम्म अस्पतालदेखि महाराजगन्जसम्म ¥याली निकाले।

त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका आवसीय चिकित्सकले सशक्त आन्दोलन घोषणा गरेका छन्।
अर्को समाचार
गेटामा अवरोधपछि धर्मशालामा
३० मंसिर २०८०
•
३ मिनेट पाठ
गेटामा अवरोधपछि धर्मशालामा
डा. गोविन्द केसीले सरकारले विगतमा पटकपटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा उनले तीन दिने सत्याग्रह सुरु गरेका हुन्।




उनले गेटा मेडिकल विश्वविद्यालयमा सत्याग्रह गर्न चाहे पनि अवरोध सिर्जना भएको थियो। गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले डा. केसीलाई भित्र प्रवेश गर्न रोकेपछि उनी धनगढी फर्केर कृष्णमन्दिरको धर्मशालामा सत्याग्रह बसेका हुन्।

सत्याग्रह सुरु गर्न शुक्रबार नै जहाजबाट डा. केसी धनगढी आएका थिए। तर उनको सत्याग्रहमा स्थानीयले अवरोध जनाए।
उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग आफूहरूको मागसँग नमिलेको भन्दै संघर्ष गरिरहेका स्थानीयले गेटामा सत्याग्रहका लागि अवरोध सिर्जना गरेका हुन्।

त्यहाँका स्थानीयले मेडिकल विश्वविद्यालयको माग गरिरहेका छन्। त्यसकारण उनलाई गेटाको मूलगेटभित्रै पस्न दिइएन। गेटामा प्रवेश नपाइएपछि उनी धनगढी फर्केका हुन्। गेटामा अवरोधपछि निर्धारित समयभन्दा दुई घन्टा ढिलाइ गरी डा. केसीले धर्मशालामा अनशन सुरु गरेका हुन्। यो उनको २१औं सत्याग्रह हो। केसीको १० दिनअघि मात्रै शिक्षण अस्पतल महाराजगन्जमा पत्थरीको शल्यक्रिया गरिएको थियो।

स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सबैका लागि गुणस्तरीय, निःशुल्क/सस्तो सुलभ स्वास्थ्य सेवा तथा शिक्षामा समान पहुँच तथा सुशासनका लागि सरकारले विगतमा पटकपटक आफूसँग गरेको कार्यान्वयन नगरेकाले सत्याग्रह गर्न थालेको डा. केसीले बताएका छन्। आफूलाई बारम्बार धोका दिइएको उनको भनाइ छ।

देशमा सबै क्षेत्रमा दण्डहीनता चुलिएर गएको, दण्डहीनता अन्त्य गर्न संविधानले स्थापना गरेका संस्थाहरू आफैं दलीय भागबन्डा र लुछाचुँडीको सिकार बनेर निस्तेज भइसकेको, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानवअधिकार आयोगजस्ता संस्थाहरू पार्टी कार्यकर्ताहरूका भर्तीकेन्द्र बनेर ती संस्थालाई पूर्णतः कर्तव्यच्यूत बनाएको उनको दाबी छ।
राज्यका हरेक अंगमा दलीयकरण भएको, नागरिकको स्वास्थ्य र शिक्षाका लागि राज्यले लगानी गर्नुपर्नेमा सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरूलाई डुबाएर नेताहरू आफैं व्यवसाय गर्नमै लिप्त भएको र नयाँ सरकारी संस्था खोल्न नदिएको केसीको भनाइ छ।

धेरैको रोग लागे घरखेत नबेची उपचार नहुने अवस्था छ भने केटाकेटीको औसत शिक्षाका लागि बाबुआमाको आयले नपुग्ने अवस्था रहेको उनले बताएका छन्।

यस पटकको सत्याग्रहमा डा. केसीले मुख्य दुई माग अघि सारेका छन्। सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया छिटो टुंगोमा पु¥याउनुपर्ने र यसअघि सरकारले आफूसँग गरेका सम्झौता पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने उनका मुख्य माग हुन्।

माओवादी ‘जनयुद्ध’को नाममा राज्य र माओवादीका तर्फबाट साधारण नागरिक, सुरक्षाकर्मी र माओवादी लडाकुलगायत करिब १३ हजार व्यक्ति मारिएको, १३ हजारजति नागरिक बेपत्ता पारिएको, हजारौंलाई घाइते र अंगभंग बनाई यातना दिइएको र हजारौंलाई गैरकानुनी ढंगले बन्दी बनाई अपहरण गरिएको, ठुलो संख्यामा महिला बलात्कृत भएको हुँदा द्वन्द्वकालीन दोषीलाई दण्ड दिनुपर्ने माग सरकारसँग गरिएको डा. केसीले जनाएका छन्।

उनले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै औषधि निःशुल्क पाइने सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेका छन्।
यसअघिका वार्ता तथा सम्झौतामा सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने, १०० शय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रम सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गरी अघिल्लो सम्झौताबमोजिम मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने भनिएको थियो।

त्यसैगरी गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन, जनसंख्या र भौगोलिक स्थितिअनुसार र सम्झौताबमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेज खोल्ने सम्झौता भएकाले तिनको कार्यान्वयनका लागि डा. केसीले जोड दिँदै आएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस