'गोदाबरीको नियती भालुबाङले नभोगोस्'
२२ असोज २०७७
•
५ मिनेट पाठ
'गोदाबरीको नियती भालुबाङले नभोगोस्'
दुई वर्षअघि प्रदेशसभाको दुई तिहाई बहुमत पुर्‍याएर घोषणा गरिएको सुदूरपश्चिम प्रदेशको ‘स्थायी राजधानी’ को भौतिक उपस्थिती अहिले सम्म हुन सकेन। यो प्रदेशसभाले गोदाबरी जंगललाई केन्द्र मानेर स्थायी राजधानीका लागि दुई तिहाई बहुमत जुटाएपनि यो प्रदेशको राजधानी अहिले धनगढीमा अस्थायी रुपमै चलिरहेकै छ। नत तत्काल प्रदेशसभाले स्थायी तोकेको थलो गोदाबरीमा राजधानीको भौतिक उपस्थिती हुने छाँटकाँटै छ। 




फलतः गोदाबरी क्षेत्रमा स्थायी राजधानीको ‘जग’ बसाल्न नसकेको प्रदेशले आफ्नो अस्थायी बसाईलाई निरन्तरता दिईरहेकै छ। आफ्नो स्थायी थलो तोकेको यो प्रदेशलाई गोदाबरी क्षेत्रको बन फाँडानी निर्विकल्प हो। तर सर्वोच्चमा बन फँडानीविरुद्ध परेको मुद्धाले प्रदशेलाई अर्को कानुनी अड्चन समेत आईलागेको छ।  

दुई वर्षअघि स्थायी थलो तोकेर अस्थायी थलोमै आश्रय लिईरहेको छिमेकी प्रदेश सुदूरपश्चिमको यो अवस्थाले गत मंगलबार मात्रै स्थायी थलो तोकेको लुम्बीनी प्रदेशलाई पनि झस्काईरहेको छ। स्थायी राजधानी घोषणाको उल्लाससंगै गोदाबरीको नियती देउखुरी क्षेत्रले पनि भोग्ने त हैन ? भन्ने प्रश्न पनि उब्जन थालेका छन्।  

स्थायी राजधानीको केन्द्र देउखुरीका बासिन्दा भन्छन् ‘गोदाबरीको नियती देउखुरीले भोग्नु नपरोस्।’ देउखुरीको भालुबाङलाई स्थायी राजधानीको केन्द्र तोकेर आफ्नो स्थायी थलो तोकेको यो प्रदेशको भौतिक उपस्थिती बारे अहिले अनेकन बहस सुरु हुन थालेका छन्। सुदूरपश्चिमको गोदाबरी जस्तै नाम मात्रैको स्थायी राजधानी हुन सक्ने खतरा एकातिर औँल्याईन थालिएको छ भने उक्त खतरालाई टार्न तत्कालै देउखुरी क्षेत्रमा स्थायी राजधानीको भौतिक उपस्थिती बनाउने पहलको थालनी अर्कोतिर भैरहेको छ। 

देउखुरी क्षेत्रका जनप्रतिनिधिहरुले त स्थायी राजधानीका लागि आवश्यक पूर्वाधारको अवस्था मूल्यांकन गरेर प्रदेशसभाको कार्यारम्भ स्थायी राजधानीबाटै सुरु गर्नका लागि प्रदेश सरकारलाई सुझाव समेत दिईसकेका छन्। ‘तत्कालै प्रदेशसभासम्म प्रदेशको स्थायी राजधानीबाट सञ्चालन गर्न सकिन्छ, यसको सुरुवात गरौँ भनेर देउखुरी क्षेत्रका जनप्रतिनिधिहरुले मुख्यमन्त्री ज्यूलाई सुझाव दिईसकेका छौँ,’ यो प्रदेशका प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने ‘किनकी तत्कालै प्रदेश राजधानीको भौतिक उपस्थिती जनाउनका लागि देउखुरी क्षेत्रमा अहिलेको भौतिक पूर्वाधारले थेग्न सक्छ।’

तर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल तत्कालै प्रदेशको केन्द्रलाई स्थायी राजधानीमा ल्याउने पक्षमा छैनन्। अहिले पनि अस्थायी रुपमै राजधानीको केन्द्र स्थापना गर्नुपर्ने भएकाले स्थायी थलोमा रहने राजधानीको उपस्थिती पनि स्थायी नै रहने वताउँदै आएका छन्। ‘तत्कालै स्थायी थलोमा केन्द्र राखेर अर्को अस्थायी राजधानी किन बनाउने ?’मुख्यमन्त्रीको भनाई उदृत गर्दै प्रदेश सभा सदस्य चौधरीले भने ‘स्थायी राधजानीमा स्थायी केन्द्र नै हुन्छ, त्यसका लागि स्थायी संरचना तयार पारिने छ, समय लाग्छ।’ मुख्यमन्त्रीको यो भनाईलाई आधार मान्ने हो भने स्थायी थलोमा प्रदेश राजधानीको भौतिक उपस्थिती तत्कालै हुने छाँटकाँट छैन। ‘मुख्यमन्त्रीजिले एक वर्षसम्म स्थायी संरचनाको गुरुयोजना बनाउने र बजेट विनियोजनको काम गर्ने अनि अर्को वर्ष स्थायी केन्द्रको जग बसाल्ने भन्दै आउनु भएको छ,’ अर्का सांसद शंकर गिरीले भने ‘यसर्थ अर्को निर्वाचन ताका प्रदेशको स्थायी मुकाममा प्रदेश राजधानीको उपस्थिती हुने सम्भावना देखेका छौँ।’  

स्थानीय स्तरमा यो प्रदेशको अवस्था गोदाबरीको जस्तै हुने होकि भन्ने आशंकाहरु उब्जीएपनि त्यति धेरै खतरा यो प्रदेशमा हुन सक्ने सम्भावना प्रदेश सांसदहरुले देखेका छैनन्। तर मुख्यमन्त्रीको भुमिकामा यसको निर्भरता रहने तर्क कांग्रेसका प्रदेशसभा सदस्य शंकर गिरीले गरे। स्थायी राजधानी ‘घोषणा’ लाई मात्रै आफ्नो दायित्व सम्झीने अवस्था आए यो प्रदेशको भौतिक उपस्थिती स्थायी थलोमा हुनेमा आशंका गर्ने ठाउँ रहने उनले बताए। ‘मुख्यमन्त्री जिले स्थायी राजधानी घोषणा गरिहालेँ,अब मेरो भुमिका सकियो भन्ने मानसिकता राख्नु भयो भने त्यो समस्या आउन सक्ने देखिन्छ,’ सांसद गिरीले भने ‘तर अहिले सम्म उहाँले देखाउनु भएको तत्परताले उहाँ यो अभियानबाट टाढा रहनु होला भन्ने चाहिँ लागेको छैन।’

त्यसोत, यो प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल प्रदेशबाट केन्द्रीय राजनीतिमा प्रवेश गर्ने चर्चाहरु चल्दै आएका छन्। केन्द्रीय राजनीतिमा तत्कालै उनको प्रवेश भएको खण्डमा प्रदेशको स्थायी मुकाम रिक्तताकै अवस्थामा रहने खतरा देखिन्छ। ‘मुख्यमन्त्री जिले प्रदेशको नेतृत्व त्यागेर केन्द्रीय राजनीतिमा प्रवेश गरेको खण्डमा त्यसका जटिलताहरु स्थायी मुकाममा देखिन सक्ने सम्भावना अधिक रहने छ,’ सांसद गिरीले भने ‘नेकपाभित्र उहाँजस्तो कार्यदक्षता भएको अर्को ब्यक्ति मैले स्थायी मुकामका लागि पहल गर्ने नेकपामा देखेको छैन।’ पोख्रेलले केन्द्रीय राजनीतिमा फड्को मारिहाले नेकपाभित्र आन्तरिक मामीला तथा कानुन मन्त्री कुलप्रसाद केसी नेकपाको निर्णायक तहमा आउने देखिन्छ।

‘तर उहाँलाई शंकर पोख्रेललाई जस्तो सिंगो नेकपाले अग्रणी नेताका रुपमा ग्रहण गर्न सक्ने कि नसक्ने? भन्ने अर्को प्रश्न पनि उब्जन्छ नि,’ प्रदेश सांसद गिरीले भने। यसैगरि नेकपाका महासचिव बिष्णु पौडेलको मौनताले पनि स्थायी मुकाममा स्थायी राजधानीको उपस्थिती माथि शंका गर्ने ठाउँ पनि दिएको छ। स्थायी राधजानी तोक्दा बुटवलमा आन्दोलनको नेतृत्व गरेका उनि आफ्नो थातथलोमा रहेको अस्थायी राजधानी गुम्दा पनि मौन रहे। ‘बिष्णु पौडेलको मौनताले पनि स्थायी राजधानीको भौतिक उपस्थितीमा ठूलो महत्व राख्ने आशंका गर्न सकिन्छ,’ सांसद गिरीले भने ‘कतै राजधानीको केन्द्र जहाँ तोकिएपनि केन्द्र बुटवलमै रहने विश्वास उहाँको मौनता पो होकि ?भन्ने आशंक ागर्न सकिने ठाउँ पनि छ।’

अर्का सांसद ईन्द्रजीत चौधरीले पनि स्थायी थलोमा स्थायी राजधानीको भौतिक उपस्थिती बारे अनेकन बहस सुरु भएको भन्दै राजधानीको उपस्थिती हुने विश्वास व्यक्त गर्छन्। ‘अहिले हाम्रो प्रदेशमा मात्रै हैन, अन्य प्रदेशहरुमा पनि जग्गा प्राप्तीको विषय नमिल्दा स्थायी मुकाम स्थापनामा उल्झन देखिएको छ,’ उनले भने ‘यहाँ पनि यसबारेमा बहस सुरु हुनु नौलो कुरा त हैन, तर पनि अन्य प्रदेशमा जस्तो यहाँ जग्गा प्राप्तीको बिषयमा बिबाद हुने कारणै छैन।’

यता प्रदेशको स्थायी राजधानी केन्द्र तोकिएको भालुबाङका नागरिकहरुले भने राजधानीको भौतिक उपस्थिती जतिसक्यो चाँडो हुने अपेक्षामा छन्। ‘राजनीतिक नेतृत्को पहलकदमीले चाँडै राजधानीको भौतिक उपस्थिती हाम्रो ठाउँमा रहोस् भन्नेमा हामी छौँ,’ स्थानीय होमप्रसाद शर्माले भने ‘यसमा कुनै पनि छलकपट नहोओस्।’
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३७ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस