जुम्लादेखि डोल्पा जोड्ने सडक खण्डको दानसाँघुमा पक्की पुल निर्माण भएपछि जुम्लासंग डोल्पा औपचारिक रुपमा जोडिएको छ। पुल नहुँदा सवारीसाधन वर्षायाममा चल्न सक्दैनथे। हिउँदमा हिउँ र बरफ जम्ने भएकोले यातायातका साथ सञ्चालनमा कठिनाइ थियो। तर दानसाँघुमा पक्की पुल निर्माण भएपछि अहिले सहजै रुपमा डोल्पाको काइगाउँसम्म सवारीसाधन निर्वाध रुपमा चल्नेछन्।
पक्की पुलको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले उद्घाटन गरेपछि डोल्पासंग जुम्ला प्रत्यक्ष रुपमा जोडिएको हो। यसअघि डोल्पा जुम्ला दैनिक उपभोग्य सामान खच्चरबाट ढुवानी हुने गरेको थियो। अब ट्याक्टर र ट्रकबाट पनि उपभोग्य सामाग्री डोल्पा पुर्याउन सहज हुने भएको स्थानीय बताउँछन्।
२०६८ साल असार १५ गते ठेक्का सम्झौता भएर पक्की पुल निर्माणको काम अघि बढेको थियो।
देश संघीयताको मोडलमा गएपछि यो पुल निर्माण कार्य अन्यौलमा थियो। पछिल्लो समयमा पूर्वाधार विकास कार्यालय कर्णाली प्रदेशले जिम्मेवारी लिएपछि पक्की पुल निर्माणको काम सकिएको हो। अहिले सहजै रुपमा सवारीसाधन आवागमन हुने गरेको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावल बताउँछन्। पहिले ६२ लम्बाइ हुने गरि पुलको स्टमेट भएको थियो। तर पछिल्लो स्टमेटमा १५ मिटर थप्नु पर्ने भयो। प्रमुख रावल भन्छन्,‘प्राविधिक कारणले गर्दा पुल समयमै बन्न सकेन। तर ढिलो निर्माण भएपछि निकै गुणस्तरको पुल बनेको छ। अब स्थानीयले उपभोग्य सामान बोकेर लिनु परेन।’
पूर्वाधार विकास कार्यालयले निर्माणको समय थपेर १ करोड १४ लाख रुपैयाँ थपेको थियो। यो पुल जुम्लाको ठूलो पुल हो। निकै पुरानो आयोजना पनि हो।
तत्कालिन जिल्ला विकास समितिले निर्माण कार्य प्रारम्भ गरेको पुलको फेरी डिजाइन गर्नु पर्ने भएकोले ढिलो निर्माण भएको हो। निर्माण व्यवसायी दुई जना फेरिए। जिल्ला विकास समितिले गरेको स्टमेट अनुसार ६२ मिटरको पुल दुई करोड ८८ लाख ३० हजार ८ सय ३ रुपैयाँ ३८ पैसामा निर्माण गर्ने गरि सम्झौता भएको थियो। एसबीएआई बन्दन भगवति जेभी कुपोण्डोल ललितपुरले निर्माणको जिम्मेवारी लिएको थियो। २०७३ साल असार २४ गते १५ मिटरको पुल फेरि १ करोड ५१ लख ४१ हजार ८ सय ७४ रुपैयाँ ९४ पैसा रकम सम्झौता भयो। ईन्जिनियर दिप सागर ढुंगाना भन्छन्,‘पुल निर्माण भएपछि जुम्लाको गुठिचौर गाउँपालिकासहित डोल्पा र जाजरकोट जान सजिलो भईरहेको छ।’
डोल्पा जुम्लासंग जोडिएपछि स्वास्थ्य, शिक्षा र पर्यटनका हिसावले जुम्ला हब हुने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी बताउँछन्। विगतका दिनहरु जस्तो रोग, भोग र गरिबीबाट मुक्त रहेनन्। अब कर्णाली संभावनाको उर्वर क्षेत्र बनेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले भने,‘लामो समयदेखि अधुरो रहेको जुम्ला डोल्पा र जाजरकोट जोड्ने दानसाँघुको पुल निर्माण कार्य सम्पन्न भएपछि कर्णालीको सुखद दिन शुरुवात भएको अनुभव हुन थालेको छ।’
यो पुल साविकको कर्णाली अञ्चलकै ठूलो र नमुना पक्की पुल हो। दानसाँघु एउटा आफैमा धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको छ। यसले जुम्लाका चन्दननाथ नगरपालिका र गुठिचौर गाउँपालिकालाई मात्र राहत पुगेन। डोल्पाका नागरिकहरुको लागि पनि पहुँच पुगेको छ। मन्त्री भण्डारीले थपे,‘डोल्पा जिल्लासंग जोडिएको अन्तर्राष्टिय नाकाहरुलाई पहुँच स्थापित गर्न यो पुलले महत्वपुर्ण योगदान दिनेछ।’ दानसाँघु हुँदै डोल्पा जाने सडकको चोत्र हुँदै डोल्पासम्म सडकलाई स्तरोन्नती गर्न एक अर्ब रुपैयाँ लाग्न सक्ने बताउँदै मन्त्री भण्डारीले त्यसका लागि पहल शुरु भइसकेको बताए।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कर्णाली कै नमुना योग्य पक्कीपुल निर्माण भएको बताए। जुम्लादेखि डोल्पासम्म जोड्ने पक्की पुलले आवतजावतमा सहज हुने बताउँदै प्रमुख जिल्ला अधिकारी थापाले भने,‘अव औपचारीक रुपमा डोल्पा जुम्ला संग जोडिएको छ।’
यो सडक हुँदै जुम्लाको पर्यटकीय क्षेत्र गुठिचौर,चोत्रा होमस्टे हुदैँ डोल्पाको दुनै हुँदै से फोक्सुण्डो यात्राको लागि पनि सहज हुने भएको हो।