राप्तीपारीको विद्युत मुद्दामा ‘अन्तरिम आदेश जारी नहुने’ अदालतको आदेश
२३ असोज २०७७
•
३ मिनेट पाठ
राप्तीपारीको विद्युत मुद्दामा ‘अन्तरिम आदेश जारी नहुने’ अदालतको आदेश
विद्युतीकरण अलपत्र पर्दा प्रयोगमा आउन नसकेको धामपुर विद्युत सब–स्टेशन । तस्बिर: नागरिक
बाँकेको राप्तीपारीस्थित चर्चित विद्युत मुद्दामा ‘अन्तरिम आदेश जारी नहुने’ तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासले आदेश दिएको छ। अदालतका न्यायाधीस पवनकुमार शर्मा(न्यौपाने) र गोकर्ण डाँगीको संयुक्त इजलासले शुक्रबार आदेश जारी गरेको हो। 




ठेकेदार कम्पनी ‘श्रीम उष्मा गौरी पार्वती जेभी’ का तर्फबाट राजेन्द्रकुमार मिश्रले यही असोज १३ गते नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय पाँच नम्बर प्रदेश डिभिजन कार्यालय समेतविरुद्ध अन्तरिम आदेश माग गर्दै मुद्दा दायर गरेका थिए। तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासका सूचना अधिकारी(शाखा अधिकृत)मुन्नासिंह क्षेत्रीका अनुसार ‘निवेदन माग बमोजिमको अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश भएको हो।

जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको ३ वटा वडामा विद्युतीकरण गर्न ठेकेदार उक्त ठेकेदार कम्पनीले २०६९ चैत २१ गते सम्झौता गरेपनि लामो समयदेखी काम अलपत्र परेको थियो। ठेक्का सम्झौताको म्याद गुज्रिएको लामो समयपछि नेपाल विद्युत प्राधिकरणले यही असोज ६ गते ठेक्का तोडेर काम आफै गर्न खोजेपछि ठेकेदार कम्पनीले आफु अन्यायमा परेको जिकिर गर्दै अन्तरिम आदेश मागसहित तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा मुद्दा दायर गरेको थियो।  

अदालतमा मुद्दा दायर भएपछि प्राधिकरणले गर्न लागेको काममा असर पर्ने ठहरसहित राप्तीपारीका स्थानीय बासिन्दाले संघर्ष समिति गठन गरेर केहीदिन यता दवाव मुलक कार्यक्रम गर्दै आएका थिए।  

संघर्ष समितिले राजमार्ग बन्द, ज्ञापन पत्र पेश लगायतका दवाव मुलक कार्यक्रम गरेको थियो। अदालतले अन्तरिम आदेश जारी नहुने आदेश दिएपछि राप्तीपारीका स्थानीय बासिन्दा हर्षित भएका छन्। उनीहरुले अलपत्र विद्युतीकरणको काम गर्न विद्युत प्राधिकरणलाई सहज हुने र चाडै बत्ती बाल्ने पाइने विश्वास गरेका छन्। ‘अदालतले अन्तरिम आदेश नहुने आदेश गरेपछि हामीले न्याय प्राप्त गरेको अनुभुती गरेका छौं, सम्मानित अदालतले हामी राप्तीपारीका जनतालाई न्याय गरेको छ,’ राप्तीसोनारी–४ का स्थानीय हुमाशंकर ओलीले भने।  

विद्युतीकरणको काम सुचारु गर्ने विषयमा प्राधिकरण, ठेकेदार र स्थानीय उपभोक्ता समितिबीच लामो समयदेखि विवाद छ। उक्त विवाद पटक–पटक अदालतसम्म पुग्ने गरेको छ। कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन निर्माणको जिम्मा लिएको सोही ठेकेदार कम्पनीले समयमा काम नगरेको भन्दै प्राधिकरणले यसअघि पनि ठेक्का तोडेको थियो। प्राधिकरणविरुद्ध ठेकेदार कम्पनी र विद्युत उपभोक्ता समितिले छुट्टा–छुट्टै मुद्दा हालेका थिए। विवादका बीच प्राधिकरणले कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईनको काम गतवर्ष आफै सम्पन्न गरिसकेको छ।  

प्राधिकरण प्रदेश पाँच डिभिजन कार्यालय नेपालगन्ज प्रमुख मुनिन्द्र ठाकुरले अदालतको आदेशपछि आफुहरुलाई अलपत्र विद्युतीकरणको काम अगाडी बढाउन धेरै सहज हुने प्रतिक्रिया दिएका छन्। ‘अदालतले अन्तरिम आदेश जारी नहुने’ आदेश दिदाँ हामीलाई अब काम गर्न धेरै सहज हुन्छ,’ उनले नागरिकसँग भने ‘अब साविक बैजापुर र नरैनापुरमा दु्रत गतिमा विद्युतीकरणको काम अगाडी बढ्छ।’ 

यि ठाउँमा प्राधिकरणले आफै सामान उपलब्ध गराउने र श्रमका लागि मात्र ठेक्का लगाउने तयारी गरिरहेको ठाकुरले जानकारी दिए। ‘ठेक्का प्रक्रिया अगाडी बढिसक्यो, अब १५ दिनभित्रमा ठेकेदार छनोट गरेर २० दिनभित्र काम सुरु हुन्छ,’ उनले थपे। एउटै ठेकेदारलाई जिम्मा दिदाँ काममा बिलम्व हुन सक्ने भएकाले विभिन्न ५ वटा ठेक्का दिने तयारी रहेको ठाकुरले बताए।
अर्को समाचार
किन लम्ब्याइँदैछ एनसेल मुद्दा ?
२० मंसिर २०८०
•
३ मिनेट पाठ
किन लम्ब्याइँदैछ एनसेल मुद्दा ?
सर्वोच्च अदालतमा विचाराधीन एनसेलको कर विवादसम्बन्धी मुद्दाको पेसी मंगलबार स्थगितमा पर्‍यो। तीन वर्षअघि अन्तरिम आदेश भएको एनसेलको कर विवाद मुद्दा पेसीमा चढ्नै कठिन छ, पेसी चढे पनि सुनुवाइ हुन सकेको छैन।




अब मुद्दाको अर्को पेसी फागुन १५ गते तोकिएको छ। २०७७ माघ १३ मा दर्ता भएको मुद्दा २०७८ सालमा दुईपटक र २०७९ मा दुईपटक मात्रै पेसीमा चढेको छ। त्यस्तै दुर्ईपटक हेर्न नमिल्ने र नभ्याइनेमा परेको उक्त मुद्दाको पेसी महान्यायाधिवक्ताको कार्यालयले दुई पटक स्थगित गरेको देखिन्छ। 

२०७७ माघ २५ मा सर्वोच्च अदालतले एनसेल आजियाटालाई ठुला करदाता कार्यालयले निर्धारण गरेको संशोधित कर नतिर्न, नतिराउन अन्तरिम आदेश जारी गरेको थियो। त्यही आदेशले हालसम्म निरन्तरता पाएको छ। अन्तरिम आदेश कुनै निश्चित समयका लागि दिइन्छ।

सर्वोच्च अदालतले अन्तरिम आदेशको समयावधि भने तोकेको छैन। आदेश जारी हुँदाको प्रकृति हेरेर मुद्दाको टुंगो नलागेसम्म अन्तरिम आदेश दिन मिल्ने व्यवस्था छ।

अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने वा नपर्ने सम्बन्धमा छलफलका लागि अर्को पक्ष झिकाउने आदेश गर्न, अन्तरिम आदेश सम्बन्धमा छलफल हुँदा आफ्नो हितमा अन्तरिम आदेश जारी भएका कारणले निवेदनको अन्तिम निर्णयपछि अर्को पक्षलाई क्षति पुगेको अवस्था देखिए प्रचलित कानुनबमोजिम क्षतिपूर्ति बेहोर्ने लिखित प्रतिबद्धता व्यक्त गरे सर्तसहितको अन्तरिम आदेश जारी गर्न सक्ने व्यवस्था छ।

निवेदन माग दाबीको विषय यथास्थितिमा नरहे, निवेदनको माग दाबी निरर्थक हुने देखिए त्यस्तो विषय यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गर्न सक्ने व्यवस्था छ। अन्तरिम आदेश निवेदनको अन्तिम टुंगो लागेपछि स्वतः रद्द भएको मानिने व्यवस्था मुलुकी कार्यविधि देवानी संहितामा छ।

अन्तरिम आदेश जारी गर्न वा नगर्न छलफलका लागि पेस भएको निवेदनको विषयमा लिखित जवाफ परिसकेको र अंग पुगिसकेको देखिए अदालतले त्यस विषयमा अन्तिम सुनुवाइ गर्न सक्ने कानुनी व्यवस्था छ। सर्वोच्च अदालत नियमावलीमा पनि अन्तरिम आदेशको विषयमा उल्लेख छ। तीन वर्षअघि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले एनसेल आजियाटाले मागेअनुसार कर नतिर्न÷नतिराउन अन्तरिम आदेश जारी गरेको थियो। ठुला करदाता कार्यालयबाट २०७७ पुस २९ मा आयकर ऐन, २०५८ को दफा १०२ बमोजिम संशोधित कर निर्धारणको सूचना जारी भएको थियो। सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भइसकेको त्यसलाई बेवास्ता गरी ठुला करदाता कार्यालयले संशोधित कर निर्धारण गर्न नपाउने एनसेलको माग थियो।  

ठुला करदाता कार्यालयले २०७४ असार १३ गते एनसेल आजियाटालाई ६० अर्ब रूपैयाँ लाभकर निर्धारण गरेको थियो। आयकर ऐनको दफा ५७ अनुसार कर निर्धारण गरी ठुला करदाता कार्यालयले कर तिर्न पत्र पठाएको थियो। त्यसैविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो। आफ्नो ‘कर दायित्व चुक्ता गरिसकेको ठहर गरी एनसेललाई कुनै कर नलगाउनू, नउठाउनू, नमाग्नू भनी आदेश जारी गरिपाऊँ’ एनसेलको माग थियो। सर्वोच्चले एनसेलको मागबमोजिम अन्तरिम आदेश जारी गरिदिएको थियो।  

मलेसियाली कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर अपारदर्शी ढंगले बिक्री गरेपछि भित्री रहस्यबारे विभिन्न टीकाटिप्पणी हुन थालेका छन्। १ खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको सेयर किनेको मूल्यभन्दा आजियाटाले ९५.३५ प्रतिशत कम मूल्यमा स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको छ। वार्षिक ३५ अर्ब रूपैयाँभन्दा माथि कारोबार गरिरहेको कम्पनीको सेयर जम्मा ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री भएपछि शंकास्पद देखिएको हो। नेपालको कानुनी व्यवस्थाअनुसार ६ वर्षपछि एनसेल स्वतः सरकारको स्वामित्वमा जाने आउँथ्यो। एनसेललाई सरकारको स्वामित्वमा आउन नदिने र करसमेत छलेर आजियाटाले ६ वर्षको निरन्तर मुनाफा लैजाने गरी कारोबार गरेको देखिन्छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस