पानीट्याङ्की (मोरङ), पसु ४ - करेन्ट लगाएर माछा मार्ने एक दम्पतीको करेन्ट लागेर मृत्यु भएको छ। मोरङ डाँगीहाट-१ स्थित स्थानीय कपुर खोलामा बिजुलीको करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका ४२ वर्षीय देवराम राजवंशी र उनीकी पत्नी ३९ वर्षीया शैलेस राजवंशीको मृत्यु भएको हो।
आज बिहानै घरबाट बिजुलीको तार लुकाएर खोलामा पुगेका राजवंशी दम्पतीले करेन्ट हुक गरी खोलामा माछा मार्न थालेका थिए।
खोलामा माछा मर्न थालेको देखेर खोला गएका उनीहरुको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक संजयसिंह थापाले जानकारी गराए । रासस