काठमाडौं, पुस ५ (नागरिक)- सादा पोसाकका ट्राफिक प्रहरीले एक सातामा ट्राफिक अनुशासन उल्लंघन गर्ने ३ हजार सवारी चालकलाई कारबाही गरेका छन्। लेन अनशासन उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका उनीहरूले चालकलाई कारबाही गरेका हुन् ।
ट्राफिक प्रहरी देख्दा नियम पालना गर्ने, नदेखेको अवस्थामा जथाभावी सवारी चलाउने व्यवहारमा परिर्वतन ल्याउन महाशाखाले मंसिर २६ देखि सादा पोसाकका ट्राफिक खटाउन थालेको हो।
महाशाखा प्रमुख उपेन्द्रकान्त अर्यालका अनुसार सादा पोसाकका ट्राफिकले लेन अनुशासन, सवारीसाधनको स्वरूप, ढोका खुला राखेर सवारी चलाउने, रोक्न निषेष स्थानमा पार्किङ, सिटबेल्ट नबाँध्ने, रातो बत्तीमा नरोक्ने, सवारी चलाउँदा मोबाइल फोन चलाउने र आवश्यक कागजपत्र नबोक्ने चालक कारबाहीमा परेका छन्।
मंसिर २६ देखि पुस ४ सम्म १ हजार ६ सय १८ चालक लेन अनुशासन उल्लंघन गरेबापत कारबाहीमा परेका छन्। लेन अनुशासन पालना नगर्ने सवारी चालकका कारण दुघर्टना बढेकाले सादा पोसाकका ट्राफिकले चालकमाथि निगरानी बढाएको महाशाखाले जनाएको छ। रातो बत्तीमा नरोक्ने ३ सय ७१, जथाभावी यात्रु ओराल्ने र चलाउने ३ सय २३, ढोका खुलै राखेर सवारी चलाउने २ सय ५, सवारी चलाउँदा मोबाइल चलाउने १ सय ६, सिटबेल्ट नबाँध्ने ९३, स्वरुप परिर्वतन गर्ने २९ र कागजपत्र नहुने ६३ जना चालक कारबाहीमा परेका छन्। एक सातामा २ सय ५१ सवारीसाधनको नम्बरप्लेट स्प्रे गरिएको छ।
सादा पोसाकका ट्राफिकले कारबाही गरेका सवारी धनीलाई अधिकतम १ हजार रुपैंयाँसम्म जरिवाना गर्दै आएको छ। महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा दैनिक १ सय ट्राफिक सादा पोशाकमा खटिने गरेका छन्। चक्रपथलाई केन्द्रमा राखेर काम सुरु गरिएको र यसलाई पछि विस्तार गरिने महाशाखा प्रमुख अर्यालले बताए।
आधुनिक उपकरणबिनै आँखाले हेरेको भरमा ट्राफिक नियम पालना गराउनु अप्ठ्यारो काम भए पनि सादा पोसाकमा ट्राफिक परिचालनपछि केही सहज भएको उनले जनाए। सादा पोसाकमा प्रहरी खटिए पनि सहरी क्षेत्रमा हुने सवारीजाम घटेको उनको भनाइ छ।