बलात्कार सम्बन्धी मुद्दामा पीडकलाई धरौटीमा छाड्न जिल्ला अदालत मोरङले दिएको आदेशको बचाउमा जिल्लाबार एशोसियसन मोरङले विज्ञप्ति निकालेपछि मोरङ बार विवादमा तानिएको छ। अदालतको विवादित बनेपछि उक्त आदेशको बचाउमा जिल्ला बार एशोसियसन मोरङले विज्ञप्ति निकालेको थियो।
विज्ञप्तिको पक्ष र विपक्षमा बारका पदाधिकारीले धारणा राख्न थालेपछि बारमा विवाद उत्पन्न भएको हो। विज्ञप्तिमा विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति आपत्ती जनाइएको थियो। यस्तै सञ्चारमाध्ययमलाई सूचना दिने अदालतका अधिकारीमाथि कार्वाही गर्नसमेत बारले विज्ञप्तिमार्फत माग गरेको थियो। ‘एक हजार रुपैयाँ दिने सर्तमा सहमतिमै करणी गरेको’ बयान दिएर घटना स्वीकार गरेका मोरङको रतुवामाई नगरपालिका–८ कुखुरेडाँडाका काजीमान श्रेष्ठलाई एक लाख धरौटीमा छाड्न न्यायाधीश राजकुमार कोइरालाको इलजासले आदेश दिएको थियो।
अदालको आदेशलाई आधार मानेर समाचारहरू प्रकाशित भएका थिए। आदेशलाई गोप्य दस्तावेज भन्दै जारी गरिएको पाँच बुँदे विज्ञप्तिमा एशोसिएसनका सचिव नागेश्वरप्रसाद सिंहको हस्ताक्षर छ। तर, समाचारप्रति आपत्ति जनाउँदै र विवादस्पद आदेशको बचाउमा विज्ञप्ति जारी भएपछि मोरङबारमा आबद्ध कानुन व्यवसायीबीच नै फाटो आएको छ। अधिकांश कानुन व्यवसायीले विज्ञप्ति पेशागत मर्म र दायित्वभन्दा बाहिर रहेको बताएका छन्। बारका जिल्ला अध्यक्ष पुनमकुमार गुप्ताले पदाधिकारी वीच आबश्यक छलफल नभई विज्ञप्ति जारी भएको बताए। उनले भने, ‘विज्ञप्ति हेर्दा कसैको स्वार्थ जोडिएजस्तो देखिन्छ।’ गुप्ताले विज्ञप्ति जारी हुनअघि नै काठमाडौं हुँदै आफू भैरहवा गएको बताए। सोमबारसम्ममा विराटनगर आएर विज्ञप्ति जारी भएपछि उत्पन्न पछिल्लो परिस्थितिको समाधान खोज्नेतर्फ आफू लाग्ने उनले बताए। अध्यक्ष गुप्ताले बन्द इजलासको कुनै कागज प्रमाणित गरेर लिनु पर्नेभए पनि अदालतको लिखित आदेश गोप्य हुनै नसक्ने बताए।
बारका सचिव सिंहले आदेशका सवालमा आएका समाचार पच्ने खालको नभएकाले बारबाट निर्णय नै गरेर विज्ञप्ति जारी गरिएको दाबी गरे। ‘कानुन व्यवसायीबीचमा छलफल भएर विज्ञप्ति निकालिएको हो,’ उनले भने, ‘कसैको दबाब र प्रभावमा परेर यो काम गरिएको हैन।’ नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्यले बारको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि नै धावा बोलेको बताए। अदालतको आदेश सार्वजनिक विषयवस्तु भएकाले समाचार प्रकासन हुनु कुनै पनि अपराध नभएको उनको भनाइ छ।
अनुसन्धानका क्रममा र अदालतमै बयान दिने क्रममा प्रतिवादी श्रेष्ठले ‘एक हजार रुपैयाँ’ दिन्छु भनेर सहमतिमै करणी गरेको स्वीकार गरेका छन्। उनैलाई न्यायाधीश कोइरालालको इजलासले असोज १६ गते पूर्पक्षका लागि एक लाख रुपैयाँ धरौटी लिएर छाड्न दिएको हो। घाँस काट्न खेतमा गएका बेला भदौ २३ गते आफूमाथि श्रेष्ठले बलात्कार गरेको भन्दै २३ वर्षीया दलित महिलाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। अदालतको आदेशका कारण अन्यायमा परेर झन् आफू पीडित बन्नु परेको उनको गुनासो छ। उधारोमा करणी गरेको बयान दिएका प्रतिवादी छुटेर घर पुगेपछि आफूलाई छिमेकीले चरित्रहीनको आरोप लगाएर कुटपिटसमेत गरेको पीडितले बताइन्। एक लाख रुपैयाँ लिएर घटना मिलाउनु पर्छभन्दै पैसा लिएर आफू र श्रीमानसम्म पनि दवाब दिनेहरु आइपुगेको पीडितको भनाइ छ।
पीडितको पक्षमा नेपाल सरकारका तर्फबाट सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेल तथा पीडकका तर्फबाट अधिवक्ताहरु भोजराज श्रेष्ठ र मुक्तीनाथ सुवेदीले बहस गरेका थिए। सरकारी वकिल कार्यालय मोरङले चित्त नबुझेकोभन्दै उक्त आदेश बदरको माग गरेर उच्च सरकारी वकिल कार्यालयमार्फत उच्च अदालत विराटनगरमा गत बुधबार निवेदन दर्ता गरिसकेको छ। निवेदनमा जिल्लाको आदेश बदर र प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने माग राखिएको जिल्ला न्यायाधीवक्ता मनोज आचार्यले बताए।