चाँंगुनारायण नगरपालिकाको कार्यालय बन्द
२५ असोज २०७७
•
१ मिनेट पाठ
चाँंगुनारायण नगरपालिकाको कार्यालय बन्द
कर्मचारी र जनप्रतिनिधिहरुलाई कोरोना लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाको कार्यालयमा आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। कार्यालयबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको जानकारी प्रेस विज्ञप्ति प्रकाशित गरी दिइएको छ।  




कार्यालय बन्दसँंगै संक्रमितको नजिक सम्पर्कमा रहेका वा लक्षण देखिएका सबैले परीक्षण गराउन र सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।   संक्रमित कर्मचारीको सम्र्पकमा रहेका सबै जनाको आइतबार बिहानबाट नै कन्ट्रयाक्ट ट्रेसिङ्ग सुरु भएको जनाइएको छ।  

नगर कार्यपालिकाले एक सूचना जारी गरेर सङ्क्रमितसँग नजिक रहेकाहरुको स्वाब परीक्षण सुरु भएकाले आइतबारबाट अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द भएको जानकारी दिएका हो। बताइए अनुसार चाँगुनारायण नगरपालिकाका हालसम्म २ जना जनप्रतिनिधि, २ जना अधिकृत, २ जना स्वास्थ्यकर्मी गरेर ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चाँगुनारायणमा कोरोना भाईरस संक्रमणको कारणले एक जनाको मृत्यु भइसकेको छ।
अर्को समाचार
३३ करोडमा बन्याे चाँगुनारायण नगरको भव्य भवन
२९ मंसिर २०८०
•
१ मिनेट पाठ
३३ करोडमा बन्याे चाँगुनारायण नगरको भव्य भवन
चाँगुनारायण नगरपालिकाको भव्य कार्यालय भवन तयार भएको छ। झण्डै ३३ करोडको लागतमा उक्त भवन तयार भएको हो। नगरपालिकाले आइतबारदेखि नयाँ भवनबाटै कार्यसम्पादन सहित सेवा सुरु गर्ने जनाएको छ।




नगरपालिकाको वडा नं ५ छालिंग घुमाउने खरिपाटीमा बनाइएको भवन सबै वडाहरुको केन्द्रमा रहेको छ। जसले सबै क्षेत्रका सेवाग्रहीहरुलाई आवतजावत गर्न सहज हुने बताइएको छ।

२१ रोपनी ३ आनाको पर्ति जग्गामा बनाइएको भवन कुल ३२ करोड ७३ लाख सालाखालामा बनाइएको नगरपालिकाले जनाएको छ। जसमा जिल्ला समन्वय समिति भक्तपुरबाट ३ करोड र संघीय सरकारबाट दुई करोड प्राप्त भएको जनाइएको छ। बाँकी खर्च भने नगरपालिका आफैले गरेको हो।

ठूलो क्षेत्रफलमा सानाठूला गरी ६ वटा भवनहरू निर्माण गरिएको छ। मुख्य भवन भने साढे तीन तल्लाको रहेको छ। स-साना भवनहरू क्यान्टिन, विपत्कालीन केन्द्र, नगर प्रहरी क्वाटर र अर्को एक भवन कार्यालयकै प्रयोजनका लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ।

चाँगुनारायण नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर विश्वजीत होनाका अनुसार भवनको प्रत्येक तल्लामा सेमिनार हल रहेको छ। उक्त हलको क्षमता झण्डै दुई सय जनासम्मको रहेको उनले बताए। ‘योसँगै एउटा मुख्य नगरसभा हल पनि रहेको छ’ इन्जिनियर होनाले सुनाए।

२०७७ फागुन ७ गते शिलान्यास गरिएको भवन साढे दुई वर्षपछि तयार भएको हो। नवनिर्मित कार्यालय भवनको शुक्रबार एक भव्य समारोहबिच नगर प्रमुख जीवन खत्रीले उद्घाटन गरे।

चाँगुनारायण नगरपालिका वडा नं ५ परिपाटी आर्मी ब्यारेक नजिकैको तीन तल्ले घरको भाडामा रहेको नगरपालिका आइतबार देखि आफ्नै भवनमा सर्नेछ। चार नगरपालिका रहेको भक्तपुरमा आफ्नै भवन बनाउने चाँगुनारायण तेस्रो नगरपालिका हो।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ६ सेकेन्ड अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस