चाडपर्वको बेला अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै बैतडी प्रहरीले सुरक्षा सतर्कता अपनाउन थालेको छ। दसैं, तिहार, छठ पर्व नजिकिदै गरेकाले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको छ। चाडपर्वको समयमा बिभिन्न अपराधिक गतिविधिहरु बढ्न सक्ने भएकोले बिशेष सुरक्षा योजनाहरु बनाएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए।
चाडपर्वको समयमा विभिन्न घटना घट्न सक्ने भन्दै विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको छ। जिल्लाको समग्र शान्ति, सुरक्षाको भरपर्दो व्यवस्थापनको साथै कुनै अप्रिय घटना एवम् दुर्घटनारहित मर्यादित चाडपर्वको लक्ष्य राखि सुरक्षा योजना बनाएको डिएसपी अधिकारीले बताए। दसैंतिहारमा भिडभाड, मदिराकै कारण बढी घटना भएकाले मदिरा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षा सतर्कता बढाएको प्रहरीले जनाएको छ।
कोरोना महामारीले रोजगारी गुमाएर घर फर्किएका युवाहरु पछिल्लो समय विभिन्न अपराधिक गतिविधिमा लागेको भन्दै उनीहरुलाई लक्षित गर्दै विशेष निगरानी राखिने प्रहरीले जनाएको छ। चाडपर्वको समयमा खास गरी नागरिकहरु एक ठाउँबाट अर्को ठाउँमा जाने भएकोले चोरी डकैतीका घटनाहरु हुनसक्ने भन्दै विशेष सर्तकता अपनाउन सचेत गराउँदै प्रहरीले समुदायस्तरमा माइकिङ गर्ने तयारी गरेको छ। महिलाहरुले यात्रा गर्दा गरगहना प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ।
कोरोना महामारी कायमै रहेकाले चाडवाड मनाउदा विशेष सुरक्षा सतर्कता र स्वास्थ्य मन्त्रालय तथा बिश्व स्वास्थ्य संगठनले दिएका मापदण्डहरु पालना गर्न जनचेतना जगाउने प्रहरीले जनाएको छ। साथै यस्तो समयमा यात्रुलाई सास्ती हुने भन्दै विभिन्न सार्वजनिक ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको बैतडी प्रहरी प्रमुख डिएसपी अधिकारीले जानकारी दिए।
जिल्ला सदरमुकामको गोठलापानी बसपार्क, झुलाघाट, देहीमाण्डौ, पाटन, खोड्पे, ढोल्यामोड लगायत धेरै ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जुवातास नियन्त्रणको लागि प्रहरीको विशेष टोली परिचालन गर्ने प्रहरीले जनाएको छ।