होम आइसोलेसनमा बसेका धरानका एक कोरोना संक्रमितसहित ३ जनाको मृत्यु भएको छ। धरान १५ देवकोटा चोकमा ६१ वर्षीय वृद्धको आज बिहान करिब साढे ६ बजे घरमा नै मृत्यु भएको हो।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमण पुष्टि भएपछि मृतक घरमै आइसोलेसनमा बसेका थिए। उनको श्रीमतीलाई पनि संक्रमण देखिएको थियो। राती केही साह्रो भएपछि परिवारजनले अक्सिजन सिलिण्डर लगेर अक्सिजन दिएको तर बिहान मृत्यु भएको जानकारी पाएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए। मृतकको करिब ३ वर्षअघि मुटुको शल्यक्रिया गरिएको थियो।
यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ जना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मोरङको बेलबारी १० का ३७ वर्षीय युवाको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको हिजो साँझ ६ बजेर ४५ मिनेटमा संक्रमितको मृत्यु भएको थियो। उनलाई असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने हिजो असोज २७ गते प्रतिष्ठान भर्ना गरिएको थियो।
प्रतिष्ठानकै आकस्मिक कक्षमा उपचारको क्रममा इटहरीकी एक संक्रमित महिलाको पनि निधन भएको छ। इटहरी ६ का ६० वर्षीया महिलाको आज बिहान ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए। उनलाई असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। महिलालाई मधुमेहको समस्या रहेको प्रतिष्ठानको भनाई छ।