अवैध सामानसहित २ जना पक्राउ
२८ असोज २०७७
•
१ मिनेट पाठ
अवैध सामानसहित २ जना पक्राउ
कोरोना भाइरस संक्रमण फैलिएपछि नेपाल–भारत सीमा क्षेत्र चैतदेखि बन्द गरिए पनि अवैधरूपमा मानिस आवतजावत र चोरी तस्करी रोकिएको छैन।




प्रदेश १ को झापा, मोरङ र सुनसरीसँग भारतको सीमा जोडिएका विभिन्न स्थानमा सुरक्षाकर्मी तैनाथ भए पनि मानिस र मालसामान चोरी तस्करी रोकिएको छैन। कारण कोरोना संक्रमण फैलिन नदिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमाको विभिन्न ठाउँमा सानो टुकी (पोष्ट)बनाउँदै गस्ती गरे पनि आवतजावत रोकिएको छैन।  

अवैध बाटोबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा, रजनिगन्धा, कस्मेटिक र दुई जना मानिसलाई विराटनगरको छुट्टाछुट्टै दुई स्थानबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।  

भारतको जोगबनीबाट अवैधरूपमा ल्याउँदै गरेको लत्ताकपडासहित विराटनगर–१५ का १८ वर्षीय अविनाश साहलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राई जानकारी दिए। साहलाई बुधबार बिहान ३ः४५ बजेतिर जोगबनीतर्फबाट आउँदै गर्दा विराटनगरको महेन्द्र चोकमा पक्राउ गरेको हो। प्रदेश १–०२–००२ ह ८६२१ नम्बरको टेम्पोमा राखेर साहले अवैधरूपमा कपडा ल्याएको र बरामद गरिएको कपडासहित साहलाई विराटनगर भन्सारमा बुझाएको डिएसपी राईले बताए।  

त्यस्तै, विराटनगर–१५ सुडी बस्तीका १८ वर्षीय भोला चौधरीलाई प्रहरीले बुधबार बिहान ४ बजेतिर अवैधरूपमा रजनिगन्धा, तुलसी र कस्मेटिकका सामानसहित पक्राउ गरेको डिएसपी राईले बताए। को २ प १७१४ नम्बरको मोटरसाइकलमा जोगबनीबाट विराटनगरतर्फ सामान ल्याउँदै गर्दा विराटनगर–१४ स्थित जतुवा नहर छेउबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ चौधरीलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार बुझाएको प्रहरीले जनाएको छ।
अर्को समाचार
अवैध किवि र कबाडीका सामानसहित एक पक्राउ
२८ असोज २०८२
•
१ मिनेट पाठ
अवैध किवि र कबाडीका सामानसहित एक पक्राउ
कपिलवस्तु प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट ५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध किवि र कबाडीका सामान बरामद गरेको छ। तस्करीमा संलग्न एक जना पक्राउ परेका छन्।




प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार कृष्णनगर नगरपालिकाको यात्रु गेटबाट भन्सार छली ल्याइएको १ लाख ८५ हजार २ सय ५० रुपैयाँ मूल्य बराबरको ७ सय ४१ केजी किवि बरामद गरिएको हो।

१३ वटा बोरामा राखिएको उक्त किवि बेवारिसे अवस्थामा फेला परेको थियो। बरामद गरिएको किवि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी, प्रहरीले दोहनीबाट गौरातर्फ जाँदै गरेको ना २ ख ९५५२ नम्बरको ट्रकबाट बिलबिजक बिनाको ३ लाख १५ हजार १५० रुपैयाँ मूल्य बराबरको कबाडी सामान बरामद गरेको छ। ट्रकमा ७ हजार ५ सय ३० केजी प्लास्टिकका कबाडी सामान फेला परेको थियो।

प्रहरीले उक्त ट्रकका चालक मायादेवी गाउँपालिका–६ का सुग्रीव केवटलाई नियन्त्रणमा लिएको छ। बरामद कबाडी सामान, करिब १२ लाख मूल्यको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको डीएसपी सिंहले जानकारी दिए।

एक व्यापारी स्रोतका अनुसार भैरहवाबाट ल्याइएका कबाडी सामान मायादेवी गाउँपालिका–४ स्थित गौरा भन्सार नाका नजिकै भण्डारण गरी रातिको समयमा ठेला प्रयोग गरेर भारततर्फ तस्करी हुने गरेको थियो।

उक्त तस्करी हुने स्थान नजिकै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको युनिट पनि रहेको छ। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार बिहान उक्त सामान बरामद गरेको हो।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस