ताप्लेजुङमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको पहिलो पटकको रिपोर्ट र यसअघि नै संक्रमित फक्ताङ्लुङ गाउँपालिकाका २० वर्षे युवाको दोस्रो पटकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो। संक्रमित आफ्ना ८१ वर्षे हजुरबुबाको रेखदेखमा ताप्लेजुङ अस्पतालको आइसोलेसनमा बसेका उनकै नातिको पहिलो पटकको पीसीआर रिपोर्ट पोजेटिभ आएको करिव १० पछि दोस्रो पटक स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको थियो।
दोस्रो पटकको पीसीआर रिपोर्ट पनि पोजेटिभ नै आएको छ। उनका ८१ वर्षे हजुरबुबा भने १२ औं दिनमा कोरोनालाई जित्दै घर फर्किसकेका छन्। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले संक्रमित ति युवासंगै मध्य तमोर जलविद्युत आयोजनामा काम गर्ने २९ चिनियाँ कामदार, फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका, उच्च ज्वरोसहित समस्याका कारण अस्पतालको फिवर क्लिनिकमा भर्ना भएका र कोरोना नियन्त्रण तथा व्यवस्थापनको कार्यमा अग्रभागमा रहेर काम गर्ने १४ सहित ४३ जनाको पीसीआर परीक्षणका लागि पठाएको थियो।
ति मध्ये संक्रमित युवा र प्रजिअ चापागाँइको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो। यो संगै ताप्लेजुङमा अहिले २ जना संक्रमित भएका छन् ।
प्रशासन कार्यालय सिल, दशैं अघि कार्यालय नलाग्ने
प्रमुख जिल्ला अधिकारी चापागाँइलाई कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी सेवाग्राहीसंग प्रत्यक्ष रुपमा रही प्रवाह गरिने सेवा कात्तिक ७ गते सम्मका लागि बन्द गरेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काद्धारा जारी सूचना अनुसार ७ गतेसम्म कोरोना संक्रमणका कारण सेवा प्रवाह बन्द हुने र त्यसपछि दशैं बिदा सुरु हुने भएकोले कात्तिक १३ गतेदेखि मात्र प्रशासनको सेवा साविक अनुसार नै सञ्चालन हुने छ।
प्रशासनले प्रमुख जिल्ला अधिकारीसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन र कोभिड–१९ संग सम्वधित लक्षण देखिएमा तत्काल नजिककको स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरेको छ। प्रशासनले कोभिड–१९ संक्रमण नियन्त्रण सम्वन्धी पूर्ण पालना गर्दै नजिकिदै गरेको बडादशैं, तिहार र छट पर्व मनाउन समेत जिल्लाबासीहरुमा अनुरोध गरेको छ। सेवा प्रवाह बन्दसहितका आम समस्याका कारण सेवाग्राहीमा पर्न गएको असुबिधा प्रति प्रशासनले क्षमायाचना समेत समेत गरेको छ।
केहि समस्या छैन,आत्तिनु पर्दैन
कोरोना संक्रमण पुष्टि भएका प्रमुख जिल्ला अधिकारी चापागाँइले आफूमा कुनै समस्या नरहेकोले आत्तिन नपर्ने बताएका छन्। ‘स्वाब संकलनको अघिल्लो दिन हल्का ज्वरो आएको थियो, त्यो ठीक भइसक्यो’मलाइ कुनै समस्या छैन,न रुखाखोकी न ज्वरो’उनले टेलिफोन सम्पर्कमा भने। बिना समस्या आफूले कोरोनालाई जितेर फर्कने आत्मबिश्वास रहेको उनले बताए। समस्यालाई हल्का रुपमा नलिने तर कोरोनाकै कारण डर नमान्ने उनको भनाइ छ। भने‘यो खास ठूलो समस्या पनि होइन,तर हेलचेक्रयाँई र असावधानी गर्ने बेला पनि होइन।’