प्रदेश २ मा बिहीबार १ सय ४ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ८२ पुगेको छ। कूल संक्रमितको संख्या १४ हजार ५ सय २५ पुगेको छ।
बिहीबार यस प्रदेशको सप्तरी, महोत्तरी र पर्साका तीन जना कोरोना संक्रमितको उपचारको मृत्यु भएको छ। यससँगै मृतकको संख्या १ सय ५७ पुगेको छ।
सामाजिक विकास मन्त्रालयकाअनुसार सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझीयाकी ४६ वर्षीया महिलाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ। महोत्तरीको पिपरा गाउँपालिका ५ का २५ वर्षीय युवकको मानव अंग प्रत्यारोपन केन्द्र भतmपुरमा उपचारको क्रममा मृत्यु भएको छ। पर्साको छपकैया २ का ४५ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ।
बिहीबार यस प्रदेशका धनुषामा १६ जना, महोत्तरीमा १ जना, सर्लाहीमा ३ जना, रौतहटमा ९ जना, बारामा १४ जना, पर्सामा २४ जना, सिरहामा २५ जना र सप्तरीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो दुई साता दोहोरो अंकमा सीमित संक्रमतिको संख्या पुनः बढ्न थालेको छ।
बिहीबारसम्ममा सप्तरीमा २ सय ४४, सिरहामा ६ सय ५८, धनुषामा २ सय २३, महोत्तरीमा २ सय ३५, सर्लाहीमा ६२, रौतहटमा ८८, बारामा १ सय ७ र पर्सामा १ सय ६५ सक्रिय संक्रमित रहेको प्रदेश २, स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले बताए। यस प्रदेशमा सरकारी आइसोलेसनमा भन्दा होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढी छ। १ हजार ९७ जना संक्रमित होम आइसोलेसन छन्। ६ सय ८५ जना संक्रमित सरकारी आइसोलेसनमा रहेको झाले बताए। यस प्रदेशमा हालसम्म १ लाख २९ हजार २ सय ६२ जनाको पिसिआर विधिबाट गरिने परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
जसमध्ये १ लाख १३ हजार ५ सय ८२ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। १४ हजार ५ सय २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १ हजार १ सय ५५ जनाको नतिजा आउन बाँकी छ। १२ हजार ५ सय ८६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
पछिल्लो समय संक्रमित बढ्दै जानुमा सरकारी अड्डाहरुमा हुने भीडभाड, सीमा नाकामा अनियन्त्रीत ओहोरदोहोर र बजारमा स्वास्थ्य सुरक्षा मापदण्डाको पालना नहुनु प्रमुख रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। सरकारले सीमा सील भन्छ तर सीमाको दृश्य हेर्दा उदेकलाग्दो छ सीमावर्ती माडरका स्थानीय अमितकुमार यादवले भने,‘स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने जिल्ला प्रशासन, स्थानीय तहहरुकै अवस्था भयावह छ।
यी निकायले आफ्नै अड्डामा भीडभाड नियन्त्रण गर्न सकेको छैन उनले भने,‘बाहिर के गराउन सक्छ। जनता बेपरवाह र नियन्त्रणकारी निकाय निरीह हुँदा समुदायमा संक्रमणकोे अवस्था भयावह बनेको छ। पछिल्लो समय प्रदेश २ कै हटस्पोट सिरहा बन्नुमा सीमादेखि गाउँसहर र अड्डामा बढ्दो लापरबाही कारण रहेको स्थानीय बताउँछन्।