संचारकर्मी निर्मला मृत्यु प्रकरण: अदालतले धरौटीमा रिहा गरेपछि प्रदर्शन
३० असोज २०७७
•
४ मिनेट पाठ
संचारकर्मी निर्मला मृत्यु प्रकरण: अदालतले धरौटीमा रिहा गरेपछि प्रदर्शन
कैलालीको सुख्खड स्थित कैलाली एफ एममा कार्यरत संचारकर्मी २२ वर्षीया निर्मला पहराईका आफन्त तथा बिभिन्न दलित संघसंगठनले न्यायको माग राखेर शुक्रवार कैलालीको सुख्खडमा प्रदर्शन गरेका छन् । आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ती दिन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन । ‘निर्मलाको हत्या भएका धेरै तथ्य छन्, हत्या गरेको भनेर किटानी उजुरी दिइएकालाई पनि अदालतले धरौटीमा रिहा गर्नु दुर्भाग्य पूर्ण हो’दलित अधिकारकर्मी चक्र बि.क.ले भने,‘दोषीलाई उन्मुक्ती दिने खेल शुरु भएकाले न्यायका लागी आन्दोलनको घोषणा गरेर प्रदर्शन गरिएको हो ।’




पत्रकार निर्मला पहराईका हत्यारालाई कारवाही गर, हत्यारालाई हामी छोड्दैनौं लगायतका नारा लगाएका थिए भने पूर्वराजमार्ग अन्तर्गत सुख्खडमा सडकमा टायर समेत जलाएका थिए ।

‘मेरो बहिनीको हत्या गरिएको हो, हत्यारालाई अदालतले नै धरौटीमा रिहा गरेकाले अव न्याय पाउन काहाँ जाने हो’निर्मलाका दाजु बिशाल पहराईले भने,‘यसैले न्यायका लागि सडकमा आएका हौं ।’

प्रदर्शन अघि बिभिन्न संघ संगठनले धनगढीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको संयुक्त बिज्ञप्तीमा निर्मलाको हत्या नै भएको र निर्मलालाई न्याय दिलाउन वाध्य आन्दोलनका कार्यक्रम घोषणा गर्न वाध्य भएको बताएका थिए ।‘निर्मलालाई न्याय दिलाउन हामी आन्दोलनका कार्यक्रम घोषण गर्न वाध्य भएको जानकारी गराउन्छौं’बिज्ञप्तीमा उल्लेख छ ।

यसैगरि बिज्ञप्तीमा प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार लाश नजिकै चप्पल मिलाएर राखिएको, लेडिज छाता नजिक रहेको,हातको घडी २७ फिट टाढा घडिको फता चुडिएको अवस्थामा फेला परेको, निर्मलाको मोवाईल हाल सम्म फेला नपरेको,खुट्टाको औलामा माटो गडेको तर चप्पलमा कुनै माटो नदेखिएको,कुर्ता च्यातिएको, माथीको कपडा समेटिएको र खुट्टामा रगत देखिएको उल्लेख छ । सुर्खे गाठो नभई दुई तीन वटा हाडेगाठोले दोपट्टाले रुईनाको रुखमा झुण्ड्याइएको अववस्थामा लास फेला परेको उल्लेख छ ।

भिसेरा जाँचको रिपोर्ट नआउदै, निर्मला झुण्डिएको दोपट्टा लगायतका लुगाको ल्याव टेष्ट नगरेको , फिंगर जाँच नगरेको, धेरै प्रमाण अझै संकलन हुन वाँकी रहेको वेला अदालतले धरोटीमा रिहा गरेकोले आर्थिक चलखेल र राजनीतिक शक्ति केन्द्रको प्रभावमा दोषीलाई उन्मुक्ती दिन खोजिएको निर्मला दाजु बिशाल बताउँछन् ।  

पोष्टमार्टम जाँचको रिपोर्टमा पनि आफन्त र दलितअधिकारकर्मीले आशंका व्यक्त गरेका छन ।

बिज्ञप्तीमा जारी गरेर आन्दोलन घोषणा गर्नेमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, मिशन अम्वेडर, दलित मुक्ती मोर्चा, थरुहट, थारुवान राष्ट्रिय मोर्चा, नेपाल दलित पार्टी, उत्पीडित समन्वय मंच, आदीवासी जनजाती महासँघ, नेपाल दलित मुक्ती अभियान, बिश्वकर्मा समाज, दाजु बिशाल पहराई र अधिकारकर्मी किरण पौडेल रहेका छन् ।

पत्रकार सम्मेलनमा थरुहट, थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले भगवान जस्तै मान्ने गरेको अदालत प्रति अविश्वास बढेको बताए । जिल्ला अदालतदेखि सर्वोच्व अदालतसम्म यो अवस्था भएको उल्लेख गर्दै निर्मलाको केसमा पनि अदालतको आदेशले पीडित आन्दोलनमा उत्रने अवस्था आएको उनको भनाई थियो ।

निर्मलाको हत्या गरेको भन्दै उनका दाजुले दिएको किटानी जोहरीका आधारमा उनका प्रेमी भनिएका ललित जाग्री र रिया भनिने धना साँउदका नाममा जिल्ला अदालतमा कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता भएको थियो । बिहीबार न्यायधिश बावुकाजी वानियाको एकल इजालशले थुनछेक बहसमा दुई जनालाई जनही एक लाख धरोटीमा रिहा गर्ने आदेश दिएको थियो ।

कैलाली घोडाघोडी नगरपालिका वडा नम्वर ४ की निर्मला भदौ ३१ गते बिहान साढे ६ बजेको समाचार पढेर घर गएकी थिइन् । त्यसैदिनदेखि सम्पर्कविहीन भएकी थिइन् । तीन दिनपछि भदौ २ गते घोढाघोडी नगरपालिका ५ को फुलबारी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

घटनास्थल नजिकै राजमार्गको छेउ तिर भदौ ३१ गते साढे १२ बजेतिर निर्मला, ललित र धना तीन जनलाई आफूले देखेको स्थानीय राजु भट्टराईले बताएका छन् ।

करिव ६ वर्षदेखि २४ वर्षिय ललित जाग्रीसँग उनी प्रेम सम्बन्धमा रहेको दाजु बिशालले बताए । छ महिना अघि सुदूरपश्चिम दलित पत्रकार सघ गठन भएर निर्मला सहसचिव बनेपछि दलित भएको थाह पाएर ललितले विहे गर्न नसकिने भन्दै आफ्नो बिहनीसँग प्रेम सम्बन्ध तोडेर नयाँ प्रेमिका खोजेको उनले बताए । ‘दलित भएको थाह पाएपछि नयाँ प्रेमिका बनाएका ललितले भदौ ३१ गते घरमा वोलाएकोले बहिनी गएकी हो’उनले भने ।

उनकी मिल्ने साथी लक्ष्मी नेपालीले दलित भएको थाह पाएपछि बिहे गर्दैन भन्दै छ, म त उ सँगै बिहे गर्छु भनेर आफूलाई भनेको बताएकि छन् ।

पूर्वपश्चिम राजमार्ग भन्दा दक्षिण र ललित जाग्रीको घर भन्दा करिव ५ मिटर उत्तर तर्फ झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५५ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस