मर्दी हिमाल पदयात्रामा जाने पर्यटकलाई खुसीको खबर–अबदेखि पदयात्रामा जाँदा संचार सुविधा उपयोग गर्न पाइने भएको छ । नेपाल टेलिकमले मर्दी हिमाल पदयात्राको हाइक्याम्प (४५०० मिटर)मा बिटिएस राखेर मोवाइल र इन्टरनेट सेवा बिस्तार गरेको हो ।
सेवा बिस्तार भएसँगै पदयात्रामा जाने पर्यटकले अब मोवाइल फोन र इन्टरनेट सुविधा उपयोग गर्न पाउनेछन् । टेलिकम पोखराका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा टावर राखिएको छ । टेलिकम पोखराका प्रमुख नरेन्द्रमान सिं महजर्नले विद्युत सेवा समेत नभएको उक्त ठाउँमा सोलार प्रणालिबाट संचालन हुनेगरि बिटिएस टावर राखिएको छ । उक्त क्षेत्रमा अब टेलिकमको टुजी र थ्रीजी मोवाइल सेवा संचालन हुने उनले बताए ।
‘टुजी र थ्रीजी भएपनि इन्टरनेट चलाउन र मोवाइलमा कुराकानी गर्न समस्या छैन,’ उनले भने, ‘प्रयोगकर्ता कम भएकोले पनि अहिलेका लागि कुराकानीमा र इन्टरनेट चलाउन समस्या छैन ।’ मर्दी पुग्न अहिले पोखराबाट सिदिङ(२० किलोमिटर) सम्म मोटरमा जाने र त्यहाँबाट पदयात्रा सुरु हुन्छ । त्यस क्षेत्रमा यसअघि टेलिकमकै सिडिएमएको आक्लझुक्कल बाहेक कुनै सेवा थिएन । सिडिएमए सेवा पनि नियमित नहुँदा स्थानीय पर्यटन व्यवसायी र पदयात्रामा गएका पर्यटकलाई समस्या थियो ।
कास्कीकै अन्नपुर्ण गाउँपालिकाको अन्नपूर्ण पदमार्गको देउरालीमा रहेको सिडिएमए टावरबाट मर्दी क्षेत्रमा आक्कलझुक्कल सेवा पुगेपनि त्यो नियमित थिएन । तर अबदेखि अन्नपुर्ण पदमार्गका अन्य क्षेत्रमा पनि सेवा बिस्तार हुने उनले बताए ।
वडाअध्यक्ष दुर्गाबहादुर गुरुङका अनुसार वर्षमा करिब ४५ हजार पर्यटक त्यस क्षेत्रमा जान्छन् । छोटो दुरीको पदयात्रा भएकोले आन्तरिक पर्यटक बढीमात्रामा त्यो क्षेत्रको पदयात्रामा जान्छन् । प्राकृतिक रुपमा मनोरम दृष्यावलोकन गर्न सकिने भएकोले पनि पर्यटक यो क्षेत्रमा पदयात्रामा जान रुचाउँछन् । पदयात्राका लागि पर्यटक जाने भएकोले पनि उनीहरुलाई सञ्चार सेवामा सहज भएको उनले बताए । ‘मर्दी बेसक्याम्प क्षेत्रमा राम्रो नेटवर्क थिएन । अब यो सेवाले सहज भएको छ,’ गुरुङले भने, ‘संचार सेवा नहुँदा पर्यटक बेला बेला हराउने समस्या पनि थियो । हराएका ती पर्यटकलाई खोज्न पनि सास्ती थियो । अब त्यो अवस्था नआउनेमा हामी आशावादी छौ ।’ मर्दी पदमार्गमा मात्र करिब ५० वटा होटल छन् ।
स्थानीय पर्यटन व्यवसायी सुदीप गौतमले सेवा बिस्तार भएपछि पर्यटक र व्यवसायीलाई सबैभन्दा बढी सहज हुने बताए । ‘यहाँ आएका पर्यटक संचार सेवा नपाउँदा बेलाबेला चिन्तित हुन्थे । पदयात्रा रमाइलो हुँदाहुँदै पनि संचारसेवा उपयोग गर्न नपाउँदा पाहुना खिन्न बन्थे,’ गौतमले भने, ‘तर अब यहाँ आएका पर्यटकले संचार सेवा पाउँदा उनीहरुलाई लाभ पुग्नेछ ।’