चाँदनी हमाल, सौराहा,पुस १४ - पूर्वी चितवनका १३ वर्षिय अविनाश भण्डारी(नाम परिवर्तन) लाई जर्मन नागरिक ६१ वर्षीय मेनफ्रिटले हात्ती दौडको उद्घाटनका दिन बाघमारा चौरमा भेटे। उनको फोटो खिच्ने र माया गरेजस्तो गर्न थाले। 'अबदेखि हामी साथी भयौं ' उसले पाँचकक्षा पढ्दै गरेका बालक भण्डारीलाई फकाए।
हात्ती दौडको दोस्रो दिन बिहीबार भण्डारीको घर खैरहनीको बुढ्यौलीसम्म पुगे मेनफ्रिट। अविनाशका बाबु कमाउन विदेश गएकाले आमामात्र घरमा थिइन। एक्कासी विदेशीलाई छोरासँग देख्दा छक्क परिन। साथी बनाएको र उसलाई सहयोग गर्ने भन्दै त्यो दिन फर्के। 'शुक्रबार भेट्ने भन्ने कुरा भाथ्यो,' अविनाशले भने, 'मलाई साँझ घरै आएर लिएर आयो।'
'साँझ सौराहाकै एक रेष्टुरेन्टमा म:म खुवायो अनि होटलको कोठामा लिएर गयो,' अविनाश भन्दैगए, 'अब नुहाउ भनेर लुगाखोल्न लगायो। उसले पनि खोल्यो मैले खोल्न मानिन् अनि जबरजस्ती फुकाल्न अह्रायो।'
बालक सहित बसेका मेनफ्रिटको भुईतल्लेकोठामा ठाक्राक ठुक्रुक गरेपछि आशंका लागेर होटल संचालक डम्बर केसी सहितका व्यक्तिहरुले ढोका ढक्ढकाए।
आत्तिएका बालक अविनाश ढोका खोलेर नांगै बाहिर निस्के। केसीले भने भित्र मेनफ्रिट पनि बालकजस्तै नाङगै थिए।
सर्वाङग नाङगो जर्मन नागरिक फ्रेटले मानिसलाई कोठामा देख्नेवित्तिकै क्यामराका मेमोरीहरु जुत्ताको मोजा र स्लिपिङ व्यागमा लुकाएका थिए।
राति करिब दशबजे इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक देवेन्द्र पाल सहितको टोलीले होटल पुगेर जर्मन नागरिकलाई नियन्त्रणमा लियो। मेनफ्रिटले भने आफुमाथी बालयौन दुराचारको चार्ज नलाग्ने दाबी गरे। 'नो नो आईएम नट चार्ज फ्रम दिस,' उनले भने।
प्रहरीले राती नै मेनफ्रिट रहेको भ्यु पार्क होटल स्थित ३ नम्बरकोठाको खानतलासी गरिक्यामरा,भिडियो टेप,मेमोरी सहितका १३ थरी सामाग्री नियन्त्रणमा लिएका छन्। बच्चासँगै फेला परेकाले अनुसन्धानका लागि थुनामा राख्न लगिएको प्रहरी निरिक्षक देवेन्द्र पालले बताए। उसँग भेटिएका सामाग्री र बालकको बयानका आधारमा आवश्यक कारबाही अगाडी बढ्ने उनलो जानकारी दिए।