कोरोनाले छेकेन तिम्बु यात्रा
०१ कार्तिक २०७७
•
२ मिनेट पाठ
कोरोनाले छेकेन तिम्बु यात्रा
तिम्बु पोखरी पुगेको टोली ।
कोरोना भाइरस (कोभिड–१९) को त्रास चलिरहँदा पनि पूर्व पर्यटकीय गन्तव्य तिम्बु पोखरी जाने क्रम भने रोकिएन। सिजनको सुरुवातमा कम भएपनि अहिलेसम्म उल्लेख्य संख्यामा यो क्षेत्रमा मानिसहरु घुम्न गइरहेका छन्।




यो पटक पनि आन्तरिक पर्यटकको लर्को तिम्बु पोखरी पुगेको हो। बाह्य पर्यटक न्यून संख्यामा मात्र आउने यो ठाउँमा यो पल्ट पनि आन्तरिक पर्यटक भरीभराउ भएका छन्। पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङबा गाउँपालिकाको सिमानामा रहेको यो पोखरी क्षेत्रको भ्रमण अत्यन्त रमाईलो हुने गर्छ।

तिम्बु पोखरी क्षेत्रका प्राकृतिक सुन्दर, उच्च पहाडी तथा हिमाली क्षेत्रको दृष्यावलोकन  गर्नेहरु भेटिन्छन्। चौरी गोठमा बस्दै तिम्बु पोखरी जानेको संख्या यो पल्ट पनि ठूलो भएको यो क्षेत्रका बासिन्दा डिल्लि ओलीले बताइन्। फलैचाको बेतेनी भन्ने ठाँउमा बसेर तिम्बु पोखरी यात्रीलाई पथप्रदर्शन गर्ने ओलीका अनुसार यो सिजनमा आन्तरिक पर्यटकको भिड धेरै हुन्थ्यो। यो वर्ष घुम्न आउनेको संख्या न्यून होला भन्ने अनुमान लगाइएपनि उल्लेख्य संख्यामा यहाँ घुम्नेहरु आएको उनले सुनाइन्।

यो सिजनमा पाँचथर, ताप्लेजुङ, इलाम, तेह्थमु, झापाबाट घुम्न जानेको संख्या बढी थियो। आसपासका जिल्लाका सरकारी कार्यालय, बैँक तथा वित्तिय संस्था लगायतमा काम गर्ने कर्मचारी पनि यो क्षेत्रको आर्कषक दृष्यमा रमाउँछन्।

समुद्र सतहदेखि ४ हजार ४ सय ८० मिटरमा रहेको पोखरीमा जानेको संख्या पछिल्ला वर्षमा ह्वातै बढेको छ। प्रचार–प्रसार तथा यो क्षेत्रको दृष्यमा लोभिएर घुम्न जानेको संख्या बढेको स्थानीय बताउँछन्। पाँचथर सदरमुकाम फिदिमदेखि गणेशचोकसम्म मेची राजमार्ग, गणेश चोकदेखि च्याङ्थापु÷फलैचासम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग भएर गाडीमा जानुपर्छ। त्यहाँदेखि दुई दिनको पदयात्रा गर्दा पुगिने तिम्बु पोखरी क्षेत्र निक्कै आर्कषक छ।  

सरकारले लकडाउन हटाएपछि तिम्बु पोखरी जानेको संख्या ह्वातै बढ्यो। प्राकृतिक रुपमा सुन्दर रहेको क्षेत्र पुग्दा गजबै रमाईलो तथा आनन्द भएको इलामबाट हालै तिम्बु पोखरी पुगेर फर्किएका खेशेवा सा खान्द्रुङेले सुनाए। दृष्यले मोहित तुल्याएको उनको भनाई छ।  

तिम्बु पोखरी आफैमा आर्कषक छ। केन्जो लगायका बनस्पति उत्तिकै महत्पूर्ण छन्। कुमारी डाँडाहरुमा रमाईला छन्। चौरीको गोठमा बस्दै तिम्बु पोखरी जानु पर्ने हुन्छ। तिम्बु पोखरी यात्रा गर्दा केही कठिन भएपनि रमाईलो तथा फेरि जाउ जाउ लाग्ने अनुभव भएको पाँचथरको थर्पुकी मनिषा पोखरेलले बताइन्। उनी पनि हालै यो क्षेत्रमा पुगेर आएकी हुन्।

तिम्बु पोखरी क्षेत्रमा गोठ सञ्चालन गर्ने भीम भण्डारीका अनुसार यो क्षेत्रमा घुम्न आउनेको संख्या वर्षेनी बढ्दै गएको छ।
अर्को समाचार
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
३० सेकेन्ड अघि
•
१ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
मोरङ । जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ। जापान सरकारको २ अर्ब २९ करोड रुपैयाँ (जापानी येन) अनुदान सहयोगमा निर्माण सम्पन्न भएको उक्त आयोजना शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो। आयोजनाबाट विराटनगरका करिब एक लाख नगरवासीलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको छ।




विराटनगर–५ मा आयोजित आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खानेपानी सुधार आयोजना विराटनगरको खानेपानी समस्या समाधानका लागि दीर्घकालीन महत्त्वको परियोजना भएको बताए। उनले महानगरका १५ वटै वडाका बासिन्दालाई स्वच्छ खानेपानीको सुविधा पुर्‍याउन आयोजनाले महत्त्वपूर्ण योगदान गर्ने बताए।

आयोजनाबाट विराटनगरका करिब एक लाख नागरिक लाभान्वित हुने र महानगरका १५ वटै वडाका बासिन्दाले स्वच्छ खानेपानीको सुविधा पाउने गरी दोस्रो चरणको आयोजना सञ्चालन गर्न जापान सरकारसँग कोइरालाले आग्रह गरे।

नेपालका लागि जापानी राजदूत तारो मादाले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइरहेको वर्षमा आयोजना सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए। जापान लामो समयदेखि नेपालको विकास साझेदार रहँदै आएको उल्लेख गर्दै उनले मेलम्ची खानेपानी आयोजना र पोखरा खानेपानी सुधार आयोजनामा समेत जापानले सहयोग गरेको स्मरण गरे।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रतिनिधि इन्डो केइले सुरक्षित र भरपर्दो खानेपानी मानव जीवन तथा समाजका लागि अपरिहार्य रहेको बताए। खानेपानीले जनस्वास्थ्यमा सुधार ल्याउनुका साथै नागरिकको जीवनस्तर उकास्न र दिगो सहरी विकासमा समेत योगदान पुर्‍याउने उनको भनाइ थियो।

नेपाल खानेपानी संस्थानले पाइप जडानको काम पूरा गरेपछि प्रणाली औपचारिक रूपमा सञ्चालनमा आउने र विराटनगरको कुल जनसङ्ख्याको करिब ४० प्रतिशत अर्थात् ९३ हजार नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानी पाउने उनले बताए।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले आयोजनाबाट विराटनगरको खानेपानी आपूर्तिमा सुधार आउने विश्वास व्यक्त गर्दै बाँकी वडालाई समेत समेटेर दोस्रो चरणको आयोजना अघि बढाउन आग्रह गरे।

सन् २०२४ जुन २५ मा निर्माण सुरु भएको आयोजना सन् २०२६ अक्टोबर १४ मा सम्पन्न भएको हो। जाइकाको आर्थिक सहयोगमा जापानको एमएआरएस सिमिजु कर्पोरेसनले आयोजना निर्माण गरेको हो।

आयोजनाअन्तर्गत विराटनगरमा ५६ दशमलव २६ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। ¥यापिड स्यान्ड फिल्टर प्रविधिमा आधारित चारवटा खानेपानी प्रशोधन केन्द्र, चारवटा पानी भण्डारण ट्याङ्की, तीनवटा पम्प भवन, एउटा ओभरहेड ट्याङ्की र एउटा प्रशासनिक भवन निर्माण गरिएको छ।

त्यसैगरी, आयोजनाअन्तर्गत १ हजार १९८ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ। आयोजना सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाल खानेपानी संस्थानले गर्नेछ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस