धार्मिक संस्थाको जग्गा बेच्ने दाउ
०२ कार्तिक २०७७
•
४ मिनेट पाठ
धार्मिक संस्थाको जग्गा बेच्ने दाउ
देउखुरी गढवाको धार्मिक पर्यटकीय क्षेत्र जंगलकुटि मन्दिरको झण्डै १५ बिघा जग्गा ब्यक्ति बिशेषले बिक्री वितरणको प्रकृया थालेका छन्। उक्त धामको झण्डै १५ बिघा मन्दिरका महन्थ तथा उनका तीन छोराहरुले बिक्रीका लागि कागज गरिसकेको र मालपोतबाट पास हुन मात्रै बाँकी रहेको स्थानीयले बताएका छन्। धामका पुजारी देबीसिङले समेत उक्त जग्गा बिक्री भैसकेको र पास हुन मात्रै बाँकी रहेको बताए। ‘मेरा तीन छोरा र मेरो नाममा रहेको जग्गा बिक्री भैसकेको हो, बयाना पनि बुझिसकेका छौँ,’ उनले भने ‘यो जग्गा बिक्री गर्नु पर्छ भनेर केहि ब्यक्तिले सल्लाह दिए अनि बिक्री गरेका हौँ।’ यो जग्गा सुरु देखिनै मन्दिरको पुजारीहरुको नाममा रहँदै आएको थियो।  




जंगलकुटि थारु समुदायको पवित्र धार्मिकस्थल हो। अहिले यो देउखुरीकै पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिँदै आएको छ। आफ्नो पवित्र धार्मिक थलोलाई त्यस क्षेत्रका थारु समुदायले पुस्तौँदेखि संरक्षण तथा प्रवर्धन गर्दै आएका थिए। यो धाममा सुरुमा बाघनाथ बाबा भनेर चिनिएका एक पुजारी थिए। जानकारहरुका अनुसार त्यो बेला उनै बाघनाथ बाबाले मन्दिरको थैलीबाट केहि जमिन जोरजाम गरे भने स्थानीय एक महिलाले पवित्र धार्मिक स्थललाई २५ बिघा जग्गा दान गरेकी थिईन्। 

‘मेरो हजुर आमाले उक्त मन्दिरका नाममा २५ बिघा जग्गा दान गर्नु भएको थियो,’ स्थानीय राजेन्द्र चौधरी भन्छन् ‘यो सहित मन्दिरका महन्थले मन्दिरको थैलीबाट खरिद गरेको गरि करिब ७५ बिघा जमिन जंगलकुटीका लागि जोडिएको थियो।’ तर यो बेला उक्त मन्दिर दर्ता थिएन। फलतः उक्त जग्गा मन्दिरको नाममा दर्ता हुन सकेन। अनि स्थानीयहरुको सहमती बमोजिम उक्त जग्गा मन्दिरको नाममा दर्ता नहोउन्जेलसम्मका लागि महन्थकै नाममा पास गर्ने भयो। ‘त्यो बेला मन्दिर दर्ता थिएन, अनि मन्दिरको नाममा जग्गा दर्ता हुन सकेन,’ राजेन्द्र भन्छन् ‘मन्दिरको नाममा पछि दर्ता गर्ने सहमती बमोजिम मन्दिरको पुजारी जो छ उसैको नाममा पास गर्ने सहमती भएको थियो।’ 

मन्दिरका सुरुका पुजारी बाघनाथ बाबाको देहान्त भयो। अनि मन्दिरमा अर्कि एक महिला पुजारी बनेर मन्दिरमा भित्रिईन्। बाघनाथ बाबाको नाममा दर्ता भएको जग्गा ति महिलाको नाममा नामसारी भयो। बाघनाथ बाबाको देहान्त पश्चात मन्दिर भित्रिएकी ति महिला पुजारीबाटै उक्त जग्गामा खराब नजर लाग्न थाल्यो। ति महिला पुजारीले आफ्ना छोरी ज्वाईँको नाममा जग्गा पास गरिदिईन्। ‘महिला पुजारी आएपछि मन्दिरको जग्गा आफ्ना ज्वाईँको नाममा नामसारी गरिदिईन्,’ अर्का स्थानीय हरिशचन्द्र चौधरीले भने। ति महिला पुजारीको पनि निधन भएपछि मन्दिरमा मोहनदास नाम गरेका अर्का पुजारी भित्रिए। महिला पुजारीका ज्वाईँका नाममा पास भएको उक्त जग्गा तत्कालीन मन्दिर संरक्षण समितिले मोहनदासको नाममा पास गरायो। उनले आफ्ना कान्छा छोरा देबीसिङ (हालका पुजारी) का नाममा उक्त जग्गा पास गरिदिए। देबीसिङले आफूसहित तीन छोराको नाममा जग्गा भागबण्डा गरेर पास गरिदिएको स्थानीयको दाबी छ। 

उक्त जग्गा अहिले देविसिङसहित उनका तीनै छोरा यो जग्गा बिक्रीको अन्तिम चरणमा छ। मन्दिरका पुजारीका अनुसार जग्गा यो जग्गा बिक्री वितरणमा केहि उच्च ओहदाकै व्यक्तिहरु समेत संलग्न रहेको बताए। ‘तपाईहरुले जग्गा बिक्री गर्नुपर्छ भनेर मलाई केहि ठूलै मान्छेले भने,’ उनले भने ‘चल्तीको मूल्य भन्दा यो जग्गामा सस्तो मूल्य लागेको छ।’  तर यो भन्दा अगाडीका पुजारीका पालामा जग्गाको पोत समेत नतिरेका कारण जग्गा अव्यवस्थित बनेको र आफूहरुले उक्त जग्गा खरिद गरेको दाबी बिक्रीकर्ताहरुको छ। ‘यो जग्गा अघिल्ला पुजारीको ज्वाईँसंग मैले नगद हालेर किनेको हो,’ पुजारी देबीसिंले भने ‘मैले मेरो जग्गा बिक्री गर्न किन नपाउने?’

यो मन्दिर दर्ता भैसकेपछि ब्यक्तिको नाममा पास हुँदै आएको जग्गा मन्दिरकै नाममा दर्ता गर्ने प्रकृया मन्दिर संरक्षण समितिले थालेको थियो। यसअघिको मन्दिर संरक्षण समितिका अध्यक्ष समेत रहेका राजेन्द्र चौधरीले भने ‘तर प्रकृया हुँदै थियो, मेरो कार्यकाल सकियो, अनि दर्ता प्रकृया थाँती रह्यो।’ मन्दिरको जग्गाका बारेमा जानकारहरुले सुरुमा यो मन्दिरको नाममा रहेको जग्गा झण्डै ७५ बिघाको हाराहारीमा रहेपनि पछि घटेर १६ बिघासम्म झरेको बताउँछन्। तर यो जग्गा मोहि समेत लागेको भन्दै मोहि कट्टी गर्दा जग्गा घटेको तर्क पनि गरिएको छ। यो जग्गा लीजमा लिएको दाबी गर्ने प्रकाश महरा भन्छन् ‘०५५ मा यो जग्गाको मोहि कट्टा गरिएको हो।’ उनले भने उक्त जग्गा बिक्री नभएको दाबी गरे। ‘मैले २० वर्षका लागि जग्गा लीजमा लिएको हो,’ प्रकाशले भने ‘तर बिक्री गरेको भन्ने कुरा गलत हो।’

किसान रुष्ट

जंगलकुटको यो जग्गा त्यहाँका किसानहरुले उपभोग गर्दै आएका छन्। उनीहरुले उक्त जग्गा बिक्री गर्न लागेको बिरोध गरिरहेका छन्। धार्मिक संस्थाको जग्गा ब्यक्ति बिशेषले बिक्री गर्न नपाउने भन्दै उनहिरुले आफूहरुले उपभोग गरिरहेको जग्गामा आफूहरुको पनि अधिकार किन नरहने त ? भन्ने प्रश्न तेस्र्याएका छन्। ‘हामी थारु समुदायहरुको पवित्र धार्मिकस्थलको जग्गा कोहि ब्यक्ति विशेषले पुजारी भएकै आधारमा बिक्री गर्न पाउने? अनि हामीहरुले वर्षौँदेखि जोतभोग गर्दै आयौँ, हामीहरुको अधिकार झन किने नहुने त ?’एक किसानले भने ‘तर हामीहरु जग्गा पाउनु पर्छ भन्ने भन्दा पनि यो जग्गा जोगियोस् भन्ने पक्षमा छौँ।’
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
४४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस