जिल्ला प्रशासन कार्यालय रौतहटले डिजे बाजा र दशैँमा भीडभाड गर्न प्रतिबन्ध लगाएको भए पनि दुवै रोकिएको छैन। दशैंको समयमा डिजे बाजा जताततै बजेको देखिएको छ भने शक्तिपीठ तथा दुर्गा पूजा पण्डालहरुमा व्यापक भीडभाड देखिएको भए पनि प्रशासन निरीह देखिएको छ।
प्रहरी कार्यालयहरुको नजिकै विभिन्न शक्तिपीठ तथा पण्डालहरुमा व्यापक भीडभाड देखिएको छ। कैयौँ किलोमिटरसम्म बज्ने हर्न तथा डिजेको व्यापक मात्रामा प्रयोग गरिएको छ।
दशैंको पहिलो दिन घटस्थापनाका लागि हजारौँको सहभागितामा कलशयात्रा गरिएको थियो। दोस्रो दिन पनि शक्तिपीठ तथा पण्डालहरुमा बिहान र बेलुकी पूजा तथा दर्शन गर्नेहरुको अनियन्त्रित भीड देखिएको छ।
जिल्लामा कोरोना संक्रमण बढिरहेको र मृतकको संख्या पनि बढिरहेको भए पनि प्रशासनले भीड नियन्त्रणको लागि खासै पहल गरेको देखिएको छैन। आइतबार मात्रै रौतहटमा कोरोना संक्रमितको संख्या १७ ले बढेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले भीडभाड नगर्न र चर्को आवाजमा डिजे बाजा तथा हर्न नबजाउन विभिन्न पक्षसित पटक पटक छलफल गरिसकेको छ तर व्यापक मात्रामा भीडभाड बढ्दा पनि निरोधात्मक उपाय गर्न नसकेको देखिएको छ।
शक्तिपीठ तथा पण्डालहरुमा श्रद्धालुहरुको अत्यधिक भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालित गरी स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड गराउनुपर्ने बुद्धिजीवीहरुको भनाइ रहेको छ। सर्वसाधारण पूरे लापरवाहीपूर्वक भीड गरिरहेकोले भीडको व्यवस्थापन गर्नुपर्ने बुद्धिजीवीहरुको सल्लाह रहेको छ।