शैक्षिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सीड फाउण्डेशनले ग्रामीण क्षेत्रका विद्यालयको शैक्षिकस्तर बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गैर सरकारी संस्थाको रुपमा रहेको फाउण्डेशनले कास्कीका विभिन्न गाउँहरुमा विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिकस्तर बढाउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।
कोरोना कहर व्याप्त छ । कहरकै बीचमा फाउण्डेशनले रुपा गाउँपालिका–६ स्थित ज्योति प्रकाश आधारभूत विद्यालयका अध्ययनरत विद्यार्थीलाई स्वीटर, हातधुने सावुन, मास्क तथा १३ परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । सीड फाउण्डेशनका अध्यक्ष दामोदर भक्त थापाका अनुसार कोरोना कहरले अप्ठ्यारोमा परेका सर्वसाधारणलाई राहत प्रदान गरिएको हो ।
‘कोरोनाले सबै क्षेत्र त्रस्त छ । यस्तो अवस्थामा विद्यालयलाई दिदैं आएको दिवा खाजा उपलब्ध गराउन सकिएन’ उनले भने–‘विद्यालय बन्द छ । त्यसैले दिवा खाजा स्थगित भएको छ ।’ उनले दिवा खाजाको सट्टामा विद्यालयमा अध्ययन विद्यार्थीलाई स्वीटर लगायतका सामानहरु हस्तान्तरण गरिएको सुनाए । ३० जना विद्यालयलाई स्वीट्र वितरण गरिएको थियो भने विद्यार्थीका १३ परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरिएको अध्यक्ष थापाले बताए ।
हस्तान्तरणमा रुपा गाउँपालिकाका वडा नं ६ का वडाध्यक्ष नारायण गुरुङ, शिक्षा प्रमुख सन्दिप पौडेल लगायतको उपस्थिति थियो । सीड फाउण्डेशनलाई सहयोग प्रदान गर्ने बातावरण इजावेल र उनको टिमले उपलब्ध गराएको अध्यक्ष थापाको भनाई थियो ।
फाउण्डेशनले रुपा गाउँपालिका, मादी तथा लेखनाथ क्षेत्रकै विद्यालयको छानो हाल्नेदेखि दुई चार कोठे ढलान कोठा समेत निर्माण गरिसकेको छ । विद्यालयलाई आवश्यक पर्ने फर्निचर तथा पुस्तकालय स्थापनाको लागि समेत सहयोग गरेको उनको भनाई थियो । पछिल्लो समय फाउण्डेशनले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले बीचैमा विद्यालय आउन छोडेपछि नियमित रुपमा विद्यालय पठन पाठन गराउने बातावरणको लागि दिवा खाजा कार्यक्रम गर्दै आएको छ ।